Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
चितवन – प्रभु बैंक र चितवन मिट टाउन रिसोर्ट (सिएमटि) बिच व्यवसायीक सम्झौता भएको छ । दुई संस्थाबिच व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले आइतबार प्रभु बैंकका तर्फबाट लायन्सचोक शाखाका शाखा प्रवन्धक गोविन्द प्रसाद शर्मा र सिएमटि रिसोर्टका म्यानेजिङ डाइरेक्टर मदन घिमिरेले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पछि प्रभु बैंकका सेवाग्राहीले सो होटेलबाट सेवा लिएबात १० प्रतिशत र प्रभु बैंकका कर्मचरीले १५ प्रतिशत छुट् प्राप्त गर्ने बैंकका सम्बन्ध अधिकृत राजेन्द्र शर्माले जानकारी दिनुभयो । ‘कर्मचारीले खानाका लागि १२ प्रतिशत र बस्ने कोठाका लागि १५ प्रतिशत छुट पाउने छन्,’ शर्माले भन्नुभयो ‘यो सम्झौता जेठ २० गतेबाट लागु भएको…
काठमाडौँ । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकामा खेल जारी रहँदा नेपालमा समर्थकहरूमा ठुलो क्रेज देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सर्वसाधारण खेल हेर्न व्यस्त छन् ।
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक निकाय राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको हो । पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार छानबिनको क्रममा रहेको हुँदा ती संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्काे निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले हिजो निकालेको सूचनामा उल्लेख छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेदरल्याण्ड्सवीरुद्ध खेल्दै छ । खेलकुद मन्त्रालयकाे समन्वयमा महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ । विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का,…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा आफूलाई जोडिएको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा गिरिबन्धी टिस्टेटको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै भने, ’बालेनलाई सोध्नू ।’ एमालेप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएको बालेनले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका थिए । उनले लेखेका थिए, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू। झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं…
काठमाडौं । बैंकिङ प्रणाली निक्षेप थुप्रिने क्रम जारी रहेको छ। कर्जाको माग भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेर ६२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन जेठ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब १२ अर्ब रुपैयाँ थियो। उता बैंकहरुको कर्जा प्रवाह भने बढ्न सकेको छैन। जेठ १६ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा जेठ १७ गते पनि उति नै रहेको छ। निक्षेप थुप्रिनु र कर्जा प्रवाह नबढ्नुले बैंकहरु औसत अन्तरबैंक दर…
काठमाडौं । लगालग दुई पटक चुनाव जितेर सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सन् २०१४ को चुनावी मुद्दा थियो- अबका बार मोदी सरकार । सन् २०१९ को नारा थियो- सबका साथ सबका विकास । चुनाव २०२४ को लागि भने बीजेपी नेताहरुले नयाँ नारा लगाए- ४०० पार । ५४३ सीट भएको भारतको लोकसभामा ४०० सीट कटाउने नारा थियो यो । तर, आज भएको अन्तिम चुनावी दिनपछि आएका एक्जिट पोलहरुले बीजेपीको ४०० पार गाह्रो भएको देखाएका छन् । उसो त सात चरणमा हुने भारतीय चुनावको गत अप्रिल १९ मा भएको प्रथम चरणको चुनावपछि नै बीजेपी नेताहरुले ४०० पारको कुरा सार्वजनिक रुपमा गर्न…
भारतका चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोरका १० आँकलन- बीजेपीको ३०३ पुग्छ, कंग्रेसको सय पुग्दैन
काठमाडौं । आज भारतको सातौं चरणको अन्तिम दिनको लोकसभा निर्वाचनको मतदान सकिएको छ । ४० दल मिसिएर बनेको भारतीय जनता पार्टी (भाजपा)विरोधी इण्डिया गठबन्धनले २९५ सीट ल्याउने दाबी सार्वजनिक गरेको छ । यो भनेको ५४३ सीट भएको लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । यद्यपि, यो चुनावी दाबी हो । यसमा विश्वास गर्न पनि सकिन्छ, नगर्न पनि । तर, विभिन्न भारतीय चुनावी गणितमा अधिकांश समय सफल हुँदै आएका तथा बीबीसीले पनि सफल चुनावी रणनीतिकार भनेर चित्रण गरेका भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले पछिल्ला विभिन्न सार्वजनिक बोलीहरुमा आँकलन गरेका छन् । उनले गरेको दश आँकलन भारतको बिजनेस टुडेले सार्वजनिक गरेको छ ।…
एजेन्सी । भारतको लोकसभा चुनावको सातौं चरणको मतदान हुनुभन्दा एक दिन अगाडि अर्थतन्त्रमा ठूलो उपलब्ध भएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०२३-२४ को चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०२४ को अन्तिम त्रैमासिकमा भारतको कूल गार्हस्थ उत्पादन(जीडीपी) तीव्र गतिमा बढेको छ। निर्वाचनको नतिजा आउनुअघि नै जीडीपीको तथ्याङ्क सार्वजनिक भएको छ । भारतको जीडीपी मार्च क्वार्टरमा ७.८ प्रतिशतमा बढ्यो र केन्द्रले अब आर्थिक वर्ष २०२४ को लागि ८.२ प्रतिशतको समग्र वृद्धि दर अनुमान गरेको छ। तथ्याङ्क तथा…
काठमाडौं । सिभिल सहकारीबाट पीडित बचतकर्ताहरुले ऋण लिएका व्यक्ति र संस्थाहरुबाट उठाएर आफूहरुको बचत फिर्ता गरिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले थुनामा छन् । थुनामा रहेका तामाङ सिभिल सहकारीका ऋणीसमेत हुन् । बचतकर्ताहरुका अनुसार सुनधारास्थित सिभिल मलमा सिभिल सहकारीको ५० प्रतिशत शेयर छ । उक्त मलको बाँकी ५० प्रतिशत शेयर लालकाजी गुरुङ र उनकी श्रीमती मिनाको नाम छ । आधा लगानी सहकारीको भएपनि अहिलेसम्म मलको आम्दानी सहकारीलाई नदिइएका उनीहरुले बताए । सहकारीलाई मलको आम्दानी दिने हो भने साना बचतकर्ताको रकम फिर्ता गर्न…
