Author: admin

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेदरल्याण्ड्सवीरुद्ध खेल्दै छ । खेलकुद मन्त्रालयकाे समन्वयमा महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ । विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का,…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणमा आफूलाई जोडिएको विषयमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा गिरिबन्धी टिस्टेटको बिषयमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले आक्रोशित हुँदै भने, ’बालेनलाई सोध्नू ।’ एमालेप्रति आक्रमक रुपमा प्रस्तुत हुँदै आएको बालेनले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका थिए । उनले लेखेका थिए, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू। झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं…

Read More

काठमाडौं । बैंकिङ प्रणाली निक्षेप थुप्रिने क्रम जारी रहेको छ। कर्जाको माग भने बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेर ६२ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन जेठ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब १२ अर्ब रुपैयाँ थियो। उता बैंकहरुको कर्जा प्रवाह भने बढ्न सकेको छैन। जेठ १६ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ५१ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा जेठ १७ गते पनि उति नै रहेको छ। निक्षेप थुप्रिनु र कर्जा प्रवाह नबढ्नुले बैंकहरु औसत अन्तरबैंक दर…

Read More

काठमाडौं । लगालग दुई पटक चुनाव जितेर सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सन् २०१४ को चुनावी मुद्दा थियो- अबका बार मोदी सरकार । सन् २०१९ को नारा थियो- सबका साथ सबका विकास । चुनाव २०२४ को लागि भने बीजेपी नेताहरुले नयाँ नारा लगाए- ४०० पार । ५४३ सीट भएको भारतको लोकसभामा ४०० सीट कटाउने नारा थियो यो । तर, आज भएको अन्तिम चुनावी दिनपछि आएका एक्जिट पोलहरुले बीजेपीको ४०० पार गाह्रो भएको देखाएका छन् । उसो त सात चरणमा हुने भारतीय चुनावको गत अप्रिल १९ मा भएको प्रथम चरणको चुनावपछि नै बीजेपी नेताहरुले ४०० पारको कुरा सार्वजनिक रुपमा गर्न…

Read More

काठमाडौं । आज भारतको सातौं चरणको अन्तिम दिनको लोकसभा निर्वाचनको मतदान सकिएको छ । ४० दल मिसिएर बनेको भारतीय जनता पार्टी (भाजपा)विरोधी इण्डिया गठबन्धनले २९५ सीट ल्याउने दाबी सार्वजनिक गरेको छ । यो भनेको ५४३ सीट भएको लोकसभाको सामान्य बहुमत २७२ भन्दा धेरै हो । यद्यपि, यो चुनावी दाबी हो । यसमा विश्वास गर्न पनि सकिन्छ, नगर्न पनि । तर, विभिन्न भारतीय चुनावी गणितमा अधिकांश समय सफल हुँदै आएका तथा बीबीसीले पनि सफल चुनावी रणनीतिकार भनेर चित्रण गरेका भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरले पछिल्ला विभिन्न सार्वजनिक बोलीहरुमा आँकलन गरेका छन् । उनले गरेको दश आँकलन भारतको बिजनेस टुडेले सार्वजनिक गरेको छ ।…

Read More

एजेन्सी । भारतको लोकसभा चुनावको सातौं चरणको मतदान हुनुभन्दा एक दिन अगाडि अर्थतन्त्रमा ठूलो उपलब्ध भएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०२३-२४ को चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन वृद्धि दर ७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ६.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०२४ को अन्तिम त्रैमासिकमा भारतको कूल गार्हस्थ उत्पादन(जीडीपी) तीव्र गतिमा बढेको छ। निर्वाचनको नतिजा आउनुअघि नै जीडीपीको तथ्याङ्क सार्वजनिक भएको छ । भारतको जीडीपी मार्च क्वार्टरमा ७.८ प्रतिशतमा बढ्यो र केन्द्रले अब आर्थिक वर्ष २०२४ को लागि ८.२ प्रतिशतको समग्र वृद्धि दर अनुमान गरेको छ। तथ्याङ्क तथा…

Read More

काठमाडौं । सिभिल सहकारीबाट पीडित बचतकर्ताहरुले ऋण लिएका व्यक्ति र संस्थाहरुबाट उठाएर आफूहरुको बचत फिर्ता गरिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले थुनामा छन् । थुनामा रहेका तामाङ सिभिल सहकारीका ऋणीसमेत हुन् । बचतकर्ताहरुका अनुसार सुनधारास्थित सिभिल मलमा सिभिल सहकारीको ५० प्रतिशत शेयर छ । उक्त मलको बाँकी ५० प्रतिशत शेयर लालकाजी गुरुङ र उनकी श्रीमती मिनाको नाम छ । आधा लगानी सहकारीको भएपनि अहिलेसम्म मलको आम्दानी सहकारीलाई नदिइएका उनीहरुले बताए । सहकारीलाई मलको आम्दानी दिने हो भने साना बचतकर्ताको रकम फिर्ता गर्न…

Read More

काठमाडौं– अर्थमन्त्री बर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०८१–८२ को बजेट मार्पmत महासंघको माग अनुरुप नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिवद्धतालाई महासंघले सकारात्मक रुपमा लिएको छ । महासंघले २०८० असोज २५ गते वृहत् आर्थिक बहस आयोजना गरि पहिलोपटक विद्यमान आर्थिक सुधार एवं दीर्घकालीन बिकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम लागु गर्न आयोग गठन गर्न माग प्रस्तुत गर्दै यसका लागि निरन्तर पैरवी गरिरहेको थियो । उक्त आयोगमा निजी क्षेत्रको समेत सहभागिता भै नीतिगत सुधार र स्थायित्वका लागि विशेष योजना बन्ने विश्वास महासंघले लिएको छ । यसैगरि महासंघको प्रवर्द्धनमा साना व्यवसायी समेतको बचत संकलन गरि लगानी…

Read More

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम सम्म आइपुगेको जनाएको छ । विभागले शनिबार मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ’, भनेको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ ।

Read More

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। ‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो,’ ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि? जस्तो अलि बढ्ता देखिन गएको छ। र रकमको बाँडफाँड…

Read More