Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    November 29, 2025

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित
    • चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    • माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा
    • अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न
    • चितवनको व्यापारिक नेतृत्व सिरीष पन्ततिर उन्मुख : निर्माण सामग्री व्यवसायी संघको सर्वसम्मत सिफारिस
    • माडी जेसिजका अध्यक्ष ईश्वर रानाभाट दोस्रो पटक अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित
    • मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की
    • ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Trending»बीजेपीको ४०० सीट पार नहुने निश्चित: नतोडिने भयो भारतीय चुनावमा कंग्रेस कीर्तिमान
    Trending

    बीजेपीको ४०० सीट पार नहुने निश्चित: नतोडिने भयो भारतीय चुनावमा कंग्रेस कीर्तिमान

    adminBy adminJune 1, 2024No Comments2 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । लगालग दुई पटक चुनाव जितेर सत्तामा रहेको भारतीय जनता पार्टी (बीजेपी)को सन् २०१४ को चुनावी मुद्दा थियो- अबका बार मोदी सरकार । सन् २०१९ को नारा थियो- सबका साथ सबका विकास ।

    चुनाव २०२४ को लागि भने बीजेपी नेताहरुले नयाँ नारा लगाए- ४०० पार । ५४३ सीट भएको भारतको लोकसभामा ४०० सीट कटाउने नारा थियो यो । तर, आज भएको अन्तिम चुनावी दिनपछि आएका एक्जिट पोलहरुले बीजेपीको ४०० पार गाह्रो भएको देखाएका छन् ।

    उसो त सात चरणमा हुने भारतीय चुनावको गत अप्रिल १९ मा भएको प्रथम चरणको चुनावपछि नै बीजेपी नेताहरुले ४०० पारको कुरा सार्वजनिक रुपमा गर्न छोडेका थिए । अर्थात् बीजेपी र एक्जिट पोल दुवैबाट ४०० पार नहुने पक्कापक्की संकेत आएका छन् । भारतीय चुनावी इतिहासमा ४०० पारको कथा नभएको भने होइन ।

    कहिले भएको थियो ४०० पारको चुनाव ?

    भारतीय चुनावी इतिहासमा एक पटक मात्रै ४०० पार भएको उदाहरण छ । त्यो पार गर्ने दल हो भारतीय राष्ट्रिय कंग्रेस । सन् १९८४ को चुनावमा कंग्रेसले एकल ४१४ सीट ल्याएको थियो ।

    भारतकी चर्चित तथा शक्तिशाली महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको दुई महिनापछि भएको चुनाव भएकोले धेरैको साथ थियो । सन् १९८४ अक्टोबर ३१ मा इन्दिराको हत्या भएको थियो । त्यसको ठीक दुई महिनामा भएको चुनावमा कंग्रेसको ४०० पार सीट आएको थियो । ४१४ सीट भनेको खसेको मतको ४८.१२ प्रतिशत मत हो ।

    आमा इन्दिरा गान्धीको हत्या भएपछि अन्तरिम सरकारका प्रधानमन्त्री भएका राजीव गान्धी नै पछि चुनाव जितेर शक्तिशाली प्रधानमन्त्री भएका थिए । यद्यपि, राजिव गान्धी सरकारले राम्रो काम गरेन । त्यो समयमा प्रमुख विपक्षी २२ सीट ल्याएको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी थियो । बलियो जनमत र कमजोर विपक्षी हुँदाहुँदै राजीव गान्धीले राम्रो काम गरेर जनताको मत जित्न सकेनन् । त्यही भएर कार्यकाल सकिएपछिको सन् १९८९ को चुनावमा भारी मतले पराजित भयो, जसमा कंग्रेसले १९१ सीटमात्रै ल्याउन सकेको थियो । जनता दलको सरकार बनेको थियो ।

    सन् १९८४ मा भएको ४०० पारको ४८.१२ प्रतिशत बोकेको एकल दल भारतमा नयाँ आएको छैन । सन् १९८४ पछिका चुनावमा ४० प्रतिशत मत ल्याएको उदाहरण पनि छैन । सन् २०१९ मा मोदी सरकारले ३७.७ प्रतिशत मतमात्रै ल्याएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    मंसिर १० गतेसम्म सबै दल आयोगमा दर्ता गर्नू, निर्वाचन बहिष्कार गरेर अराजकता नरोज्नू: प्रधानमन्त्री कार्की

    November 19, 2025

    ‘मोन्था’ चक्रवातको प्रभाव : कोशी र बागमतीका यी नदी ‘उल्लेखीय बढ्ने’, यी जिल्लामा बाढीको धेरै प्रभाव

    October 30, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,589

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,143

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024568

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025465
    Don't Miss
    News
    News

    माडी जेसिज बर्ष २०२६ को अध्यक्षमा प्रकाश सुवेदी निर्वाचित

    By Laxman GautamNovember 29, 2025

    चितवन , मंसिर १३ – माडी जेसीज बर्ष २०२६ को अध्यक्ष पदमा प्रकाश सुवेदी निर्वाचित…

    चितवनमा अन्तरमावि नाटा रनिङशिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    November 28, 2025

    माडी जेसीजको अध्यक्षमा जेसी प्रकाश सुवेदीको उम्मेदवारी घोषणा

    November 28, 2025

    अयोध्याधाममा विवाह पञ्चमीको भव्य उत्सव, १४ समूहबीच रत्यौली प्रतियोगिता सम्पन्न

    November 25, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.