Author: admin

अमेरिका – आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य…

Read More

स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा…

Read More

काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को पहिलो १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती हालसम्मै उच्च अर्थात ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा रहेको छ । यो बचत गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १ खर्ब ८३ अर्ब रुपैयाँले बढी हो । यसैगरी सो अबधिमा आईपुग्दा कुल विदेशी विनिमय सञ्चिति समेत हालसम्मकै उच्च रहन पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब…

Read More

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा नेपालका भुक्तानी प्रणालीहरुबाट साढे ४ सय खर्बको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न प्रणालीमार्फत ४ सय ४९ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो । यसअवधिमा यस्तो भुक्तानी १ अर्ब ११ करोड पटक भएको देखिन्छ । तथ्यांकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी भुक्तानीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत भएको देखिन्छ । यो प्रणालीमार्फत चालु आवको साउनदेखि बैशाखसम्म ७ लाख २८ हजार पटक गरी २ सय ८६ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । खासगरी सरकारी ठुला भुक्तानीहरु यो…

Read More

नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकारको र सरोकारवालाको भुमिकाको बारेमा अन्तरसम्वाद गरेका छन् ।नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन र किशोरी र बालबालिकाहरु सग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी र नितिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजना अनुसारको बजेट कटौती गर्ने हुँदा आशातित काम गर्न नसकेको समेत बताउनुभयो ।अन्तरसम्वाद कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानिको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड…

Read More

चितवन,जेठ २८- अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले सबै विद्यालय चार दिनका लागि बिदा दिएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै जेठ २९ गतेदेखि ३२ गतेसम्म सबै विद्यालयमा बिदा दिएको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यले एक विज्ञप्ती जारी गर्दै बर्षे बिदा कट्टा हुनेगरी बिदा दिइएको जनाएका छन । बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन महानगरले बिज्ञप्ती मार्फत आग्रह गरेको छ । चितवनमा पछिल्लो साता अत्याधिक गर्मी हुदाँ जनजिवन प्रभावित भएको छ ।

Read More

काठमाडौं । अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् ।  प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । फेसन मात्र होइन, आँचल अहिले सबैभन्दा ब्यस्त अभिनेत्रीमध्ये पर्छिन् । उनीसँग आधादर्जन फिल्मको लाइनअप छ । ‘नाइँ नभन्नू ल’को पछिल्लो सिक्वेल नचले पनि आँचललाई पछि फर्केर हेर्नुपरेको छैन । गतसाता ‘डिग्री माइला’को छायांकन टुंग्याएकी उनले पछिल्लो साता एक्सन फिल्म ‘पिताम्बर’ साइन गरिन् । उनको लाइनअपमा सहारा शर्माको ‘एक मुट्ठी बादल’देखि ‘राजमहल’ र मिलन चाम्सको ‘वर एण्ड वधु’ छन् । आँचलको अभिनय करिअरले गत वैशाखमा सात वर्ष पूरा गरेको छ । अभिनेत्री बनेर नाम…

Read More

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेट सुन्दरताको परम्परागत बुझाइ नै बदल्न लागि परेकी पात्र हुन् । ‘प्लस साइज’ शरीरमा निर्धक्क र्‍याम्पमा हिँडेर २३ वर्षीय दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड बजारको सौन्दर्यको परिभाषा पनि फेरिदिइन् । ३६–२४–३६ साइजको शरीरलाई मात्र सुन्दर मान्ने मान्यतालाई चुनौती दिँदै मिस युनिभर्सको शीर्ष २० सम्म पुगेकी उनी मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।

Read More

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१–८२/२०८५–८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०–८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ । पाँच वर्षपछि अर्थात् आव २०८५–८६ मा जिडिपीको आकार गत आव २०७९–८० को मूल्यमा रु ८० खर्ब १९ अर्ब ७६ करोड र प्रचलित मूल्यमा एक सय…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनको भारत भ्रमण शुक्रबार बसेको मन्त्रिपरिषद बैठक स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने भ्रमण टोलीको पनि टुंगो लागेको छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।

Read More