Author: admin

चितवन , जेठ ३२ – चितवनको माडी स्थित जनकल्याण माध्यामिक बिद्यालयमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको छ । अघिल्लो हप्ताहरूमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरु लाई आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको हो । अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने बाल विकास कक्षादेखि कक्षा १०सम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।पुरस्कार बितरण कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , प्रधानाध्यापक रामबहादुर जिसी र सहायक प्रधानाध्यापक सुवाश बुढाले संयुक्तरूपमा टीका र पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसै गरी मङ्गलबार र शुक्रबार सदनात्मक पोसाक लगाएर विद्यालय आउने पुरानै कार्यतालिका अनुसार आज गरिएको सर्वेक्षणमा…

Read More

स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन्। उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ । दुई दशकअघि गाउँकै वयोवृद्धा यज्ञप्रसाद लामिछानेको प्रेरणा पाएपछि शिक्षण पेसा बीचमै छाडेर हुमनाथ व्यावसायिक तरकारी खेतीमा लागेका थिए । उनले गोलभेँडा, काउली, बन्दा, काँक्रो, सिमी, बोडी, अकबरे खुर्सानीलगायतका तरकारी फलाउँदै आएका छन् । उनको फार्ममा पाँच सय ५० बोट सुन्तला, तीन सय बोट कफी, १८ घार माहुरी र गड्यौलासमेत छन् । उनले फार्मबाट वार्षिक रु १२ लाखको कृषि उपज बिक्री हुने गरेको जनाउँदै खर्च कटाउँदा रु आठ लाख बचत…

Read More

पूर्वी नवलपरासी- बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ । शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो । प्रदर्शनमा उत्रिएकाहरू र नगरपालिकाको कार्यालयका उपप्रमुख फूलकुमार थनेतसहितको उपस्थितिमा भएको वार्तामा १० बुँदे सहमति जुटेको हो । सहमतिअनुसार आक्रोशित भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले कयौँ राउन्ड हवाई फाय गरेको छ । त्यतिकै संख्यामा अश्रुग्यास पनि प्रदर्शनकारीतर्फ हानिएको छ । माटोको ढिस्कोमा पुरिएर मृत्यु भएका तीन जना महिलाको परिवारलाई नगरपालिका कार्यालयले जनही १० लाख रुपैयाँ दिने भएको छ । जसमा प्रतिपरिवार मृतकका…

Read More

अमेरिका – आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य…

Read More

स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय तोकेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा…

Read More

काठमाडौं । देशको शोधनान्तर स्थिति र विदेशी मुद्रा संचिती हालसम्मकै उच्च रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०।८१ को पहिलो १० महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती हालसम्मै उच्च अर्थात ३ खर्ब ९२ अर्ब रुपैयाँले बचतमा रहेको छ । यो बचत गत आर्थिक वर्षको सोही अबधिको तुलनामा १ खर्ब ८३ अर्ब रुपैयाँले बढी हो । यसैगरी सो अबधिमा आईपुग्दा कुल विदेशी विनिमय सञ्चिति समेत हालसम्मकै उच्च रहन पुगेको छ । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिशतले वृद्धि भई २०८१ बैशाख मसान्तमा १९ खर्ब ४२ अर्ब…

Read More

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा नेपालका भुक्तानी प्रणालीहरुबाट साढे ४ सय खर्बको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न प्रणालीमार्फत ४ सय ४९ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो । यसअवधिमा यस्तो भुक्तानी १ अर्ब ११ करोड पटक भएको देखिन्छ । तथ्यांकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी भुक्तानीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत भएको देखिन्छ । यो प्रणालीमार्फत चालु आवको साउनदेखि बैशाखसम्म ७ लाख २८ हजार पटक गरी २ सय ८६ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । खासगरी सरकारी ठुला भुक्तानीहरु यो…

Read More

नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकारको र सरोकारवालाको भुमिकाको बारेमा अन्तरसम्वाद गरेका छन् ।नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन र किशोरी र बालबालिकाहरु सग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले किशोरीहरुका लागि लगानी र नितिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजना अनुसारको बजेट कटौती गर्ने हुँदा आशातित काम गर्न नसकेको समेत बताउनुभयो ।अन्तरसम्वाद कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानिको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड…

Read More

चितवन,जेठ २८- अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले सबै विद्यालय चार दिनका लागि बिदा दिएको छ । महानगरपालिकाले सोमबार सूचना जारी गर्दै जेठ २९ गतेदेखि ३२ गतेसम्म सबै विद्यालयमा बिदा दिएको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यले एक विज्ञप्ती जारी गर्दै बर्षे बिदा कट्टा हुनेगरी बिदा दिइएको जनाएका छन । बिदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीहरूमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन महानगरले बिज्ञप्ती मार्फत आग्रह गरेको छ । चितवनमा पछिल्लो साता अत्याधिक गर्मी हुदाँ जनजिवन प्रभावित भएको छ ।

Read More

काठमाडौं । अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् ।  प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ । फेसन मात्र होइन, आँचल अहिले सबैभन्दा ब्यस्त अभिनेत्रीमध्ये पर्छिन् । उनीसँग आधादर्जन फिल्मको लाइनअप छ । ‘नाइँ नभन्नू ल’को पछिल्लो सिक्वेल नचले पनि आँचललाई पछि फर्केर हेर्नुपरेको छैन । गतसाता ‘डिग्री माइला’को छायांकन टुंग्याएकी उनले पछिल्लो साता एक्सन फिल्म ‘पिताम्बर’ साइन गरिन् । उनको लाइनअपमा सहारा शर्माको ‘एक मुट्ठी बादल’देखि ‘राजमहल’ र मिलन चाम्सको ‘वर एण्ड वधु’ छन् । आँचलको अभिनय करिअरले गत वैशाखमा सात वर्ष पूरा गरेको छ । अभिनेत्री बनेर नाम…

Read More