चितवन , जेठ ३२ – चितवनको माडी स्थित जनकल्याण माध्यामिक बिद्यालयमा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको छ । अघिल्लो हप्ताहरूमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरु लाई आज शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको हो । अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगितामा उत्कृष्ट हुने बाल विकास कक्षादेखि कक्षा १०सम्मका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो ।
पुरस्कार बितरण कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल , प्रधानाध्यापक रामबहादुर जिसी र सहायक प्रधानाध्यापक सुवाश बुढाले संयुक्तरूपमा टीका र पुरस्कार प्रदान गर्नुभएको थियो। त्यसै गरी मङ्गलबार र शुक्रबार सदनात्मक पोसाक लगाएर विद्यालय आउने पुरानै कार्यतालिका अनुसार आज गरिएको सर्वेक्षणमा हरियो सदन प्रथम भएकाले हरियो सदनका शिक्षकहरू , छात्र छात्रा संयोजक र सहसंयोजकहरूलाई पुरस्कृत गरिएको छ।
त्यस्तै प्रत्येक महिनाको मसान्तमा शिक्षक र विद्यार्थीहरूलाई आफ्नो संस्कृति सुहाउँदो पोसाक लगाएर आउने सूचना भए अनुसार आज सांस्कृतिक पोसाक लगाएर आउने शिक्षक र विद्यार्थीहरूलाई पनि विद्यालयले सम्मान गरेको छ।
Trending
- चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु
- रास्वपालाई माओवादीको आग्रह– एक ढंगले माग सम्बोधन भइसक्यो, संसदीय अभ्यास हामीबाट सिक्नुस्
- चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा, नगदसहित समातिए कर्मचारी र बिचौलिया
- वैदेशिक रोजगारीमा ठगिएकाले गरेको पत्रकार सम्मेलनमा पीडकद्वारा पत्रकारमाथि हातपात
- चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा
- उज्यालो टाईम्स मिडियाद्वारा श्री रामजानकी बालिका आश्रमका वालिकाहरुलाई स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
- अर्थराजनीतिक दस्ताबेज बजेट सधैँ राजनीतिक, अर्थशास्त्र गायब
- आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै