Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»१० महिनामा ४ सय खर्बको विद्युतीय भुक्तानी कारोबार, सबैभन्दा बढी आरटिजीएसमार्फत
    Banking

    १० महिनामा ४ सय खर्बको विद्युतीय भुक्तानी कारोबार, सबैभन्दा बढी आरटिजीएसमार्फत

    adminBy adminJune 11, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा नेपालका भुक्तानी प्रणालीहरुबाट साढे ४ सय खर्बको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न प्रणालीमार्फत ४ सय ४९ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको हो । यसअवधिमा यस्तो भुक्तानी १ अर्ब ११ करोड पटक भएको देखिन्छ ।

    तथ्यांकलाई आधार मान्दा यस अवधिमा सबैभन्दा बढी भुक्तानीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत भएको देखिन्छ । यो प्रणालीमार्फत चालु आवको साउनदेखि बैशाखसम्म ७ लाख २८ हजार पटक गरी २ सय ८६ खर्ब रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ । खासगरी सरकारी ठुला भुक्तानीहरु यो प्रणालीमार्फत हुने गरेका छन् । पछिल्लो १० महिनामा भएको भुक्तानी कारोबारमा आरटिजीएस प्रणालीको हिस्सा करिव ६० प्रतिशत छ ।

    यस्तै इलेक्ट्रोनिक चेक पेमेन्ट (इसीसी)ले पनि यस अवधिमा सबैभन्दा बढी कारोबार हुने प्रणालीको दोस्रो स्थान ओगटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा इसीसीमार्फत १ करोड ८ लाख पटक गरी ४७ खर्ब २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

    यस्तै यसै अवधिमा कनेक्ट आइपीएसमार्फत ४४ खर्ब ३५ अर्ब मोबाईल बैंकिङमार्फत २७ खर्ब २७ अर्ब र आइपीएसमार्फत १८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको देखिन्छ ।

    चालु आवको १० महिनामा क्यु आर कोडमार्फत मात्रै ३ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको तथ्यांकमा उल्लेख छ । यसै अवधिमा इन्टरनेट बैंकिङमार्फत १ खर्ब ३३ अर्ब, एटिएममार्फत ८ खर्ब ७५ अर्ब, डेबिट कार्डमार्फत ९ खर्ब १० अर्ब, क्रेडिट कार्डमार्फत १७ अर्ब, प्रिपेड कार्डमार्फत ६ अर्ब, डिजिटल वालेटमार्फत २ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको विद्युतीय भुक्तानी कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

    यी सबै प्रणालीमध्ये सबैभन्दा धेरै पटक कारोबार भने मोबाईल बैंकिङमार्फत भएको देखिन्छ । चालु आवको १० महिनामा यो प्रणालीमार्फत ३५ करोड ९७ लाख पटक कारोबार भएको तथ्यांकमा उल्लेख छ । यस्तै वालेटमार्फत २५ करोड ७ लाख पटक, डेबिट कार्डमार्फत १२ करोड ७३ लाख पटक, एटिएममार्फत ११ करोड ८९ लाख पटक र क्यु आरमार्फत १३ करोड ८४ लाख पटक कारोबार भएको देखिन्छ । खासगरी धेरै ठुलो रकमको भुक्तानी हुने प्रणालीहरु आरटिजिएस, इसीसी, कनेक्ट आइपीएसलगायतमार्फत भने कारोबारको संख्या न्युन भएपनि रकम भने उच्च हुने गरेको छ ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै नेपालीको पहुँचसम्म विद्युतीय भुक्तानी पुर्याउने गरी गरिएका कार्यलाई प्राथमिकता दिँदै आएका छन् ।

    आफ्नो कार्यकालको पहिलो केही महिना विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्न भन्दै क्युआर पेमेन्ट सिस्टमको राम्रै प्रचारबाजी गरेपछि यसको एकाएक चर्चा भएको थियो । जसको फलस्वरुप तरकारी फलफूल पसलदेखी शोरुमसम्म पनि हाल क्युआर कोडमार्फत सेवा तथा वस्तुको भुक्तानी गर्न सकिने अवस्था आएको छ ।

    यस्तै डिजिटल भुक्तानीका अन्य प्रणालीहरुलाई पनि सशक्त बनाउनकै लागि प्राय बर्षका मौद्रिक नीतिमा पनि यस्ता विषयहरुलाई प्राथमिकता दिने गरेको पाईन्छ । जसमा विद्युतीय भुक्तानी प्रणालीको समग्र इकोसिस्टमको विकास र प्रवर्द्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरुलाई विशेष सुविधा पनि दिईने उल्लेख गरिँदै आएको छ । जसको फलस्वरुप नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानी लगातार बढिरहेको देख्न सकिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.