Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
रुपन्देही । लुम्बिनी सरकारले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा डेढ अर्ब कमको बजेट ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभाको चौथो अधिवेशनको १३औं बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । उनले कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक…
काठमाडौं– गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका छन् । आज (शनिबार) प्रदेश सभा बैठकमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको आयव्यय विवरण पेश गरेका हुन् । अन्य प्रदेशमा झैं गण्डकीमा पनि चालू आर्थिक वर्षको तुलनामा आगामी बजेट आकार घटाइएको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षको बजेट आकार भने ८५ करोड रुपैयाँले घटाइएको हो । मन्त्री गुरुङले चालुतर्फ १३ अर्ब १६ करोड (३९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब…
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ । सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो । अर्थमन्त्री महेन्द्र केसीले शनिबार प्रदेशसभाको दशौं बैठकमा बजेट प्रस्तुत गरेका थिए । उनले…
विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज आगामी बजेट प्रस्तुत गरेका हुन् । मन्त्री मगरले चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेका छन् । चालू खर्चमध्ये संघीय अनुदान फिर्तातर्फ ३ अर्ब रुपैयाँ विनियोजन अनुमान गरिएको छ। प्रदेशको बजेट आकार चालू आर्थिक वर्षमा भन्दा झण्डै एक अर्ब रुपैयाँले घटेको छ । चालू आर्थिक वर्षका लागि…
काठमाडौं— एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रङ्गशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रङ्गशाला तरंगित बनेको थियो। जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौँ नेपाली दर्शक। त्यो रमणीय महासागर तटको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रङ्गशालामा छुकछुक लाग्ने गरी नेपाली क्रिकेट टिम पछि पर्दा बालुवाटारमा राष्ट्रिय टिमको पोशाक लाएर काँचको पर्दामा खेल नियाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उत्सायित थिए। खेल हो हारजित भइरहन्छ, तर यहाँ अनुशासनलाई उच्चस्थानमा राखिन्छ। राजनीतिमा जस्तो मतगणना रोकेर हार्न लागेको कुनै उम्मेदवारलाई जिताएर माला अबिर पहिर्याउने छुट खेलमा हुँदैन। यही नै यसको सुन्दर पक्ष हो। यसले नै…
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० महिनामा ५ खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहका विभिन्न कम्पनीहरुको वैशाख मसान्तसम्म ५ खर्ब १२ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । गत वर्षको तुलनामा सेयर कारोबार रकम ५४.६१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म सूचीकृत कम्पनीहरुको ३ खर्ब ३१ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । माइक्रोफाइनान्स बाहेक सबै समूहका कम्पनीहरुको सेयर कारोबार बृद्धि भएको तथ्याङ्कले देखाएको छ । सर्वाधिक हाइड्रो समूहको १ खर्ब भन्दा बढीको कारोबार भएको छ । वैशाख मसान्तसम्म वैशाखसम्म हाइड्रोपावर कम्पनीहरुको कुल १ खर्ब…
सेबोन अध्यक्षका सर्टलिस्टेड उम्मेद्वारलाई आइतबार बोलाइयो, श्रेष्ठ, कार्की र चापागाईंको सम्भावना
काठमाण्डौ । सत्तारुढ दलबीच प्रतिष्ठा र निकै ठूलो बार्गेनको विषय बनेको पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरुलाई आइतबार अर्थमन्त्रालयले कार्ययोजना प्रस्तुतीका लागि बोलाएको छ । साढे ५ महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले ढिलासुस्ती गरेसँगै चौतर्फी आलोचना भएको थियो । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई गरी अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालयका कर्मचारी पठाएर बोर्डलाई चलाउन खोजेका थिए । तर, त्यो कदमको समेत तीव्र आलोचना भइरहेको थियो । यो बीचमा सत्तारुढ घटकबीच नै धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा लामै बार्गेनिङ चल्यो । कतिपय ठूला खेलाडी र व्यवसायिक घरानाले समेत धितोपत्र बोर्डको अध्यक्ष बन्ने…
भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बनेकी छन् । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लागेकी उनले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेकी छन् । उनी पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुटेकी हुन् । उनले गाउँमा नै बन्दाकोभी, काउली, ब्रो काउली, टमाटर, क्याप्सिकम, इक्वास प्याजलगायतको व्यावसायिक खेती गर्दै आएकी छन् । उनले गाउँघरमा पाइने गाई, भैँसी, बाख्रा बङ्गुरलगायतको प्राङ्गारिक मलको मात्र प्रयोग गरेर जैविक उत्पादन गर्दै आएको बताइन् । ‘मैले दुई वर्षअघिबाट व्यावसायिक रुपमा जैविक तरकारी उत्पादन गरिरहेकी छु’, उनले भनिन्,…
सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरु उच्च जोखिममा पर्ने भएकाले उनी सहित स्थानीयवासी अहिले चिन्तत छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा भएको छ । असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए । बाढीले क्षति पुर्याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै…
काठमाडौं- डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । “गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उनले भने । उनका अनुसार ७१…
