Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Photo News»क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान
    Photo News

    क्यारेबियन महासागरको तटमा चम्कियो सगरमाथाको शान

    adminBy adminJune 15, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं— एकातिर क्यारेबियन महासागर अर्कातिर प्रयोगमा नआएको पुरानो विमानस्थलको मध्यभागमा अवस्थित रङ्गशालामा सगरमाथाको काखमा हुर्किएका खेलाडीले नेपाली राष्ट्रिय गान गाउँदा रङ्गशाला तरंगित बनेको थियो। जहाँ आफ्ना खेलाडी हौस्याउन उपस्थित थिए सयौँ नेपाली दर्शक।

    त्यो रमणीय महासागर तटको वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रङ्गशालामा छुकछुक लाग्ने गरी नेपाली क्रिकेट टिम पछि पर्दा बालुवाटारमा राष्ट्रिय टिमको पोशाक लाएर काँचको पर्दामा खेल नियाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि उत्सायित थिए। 

    खेल हो हारजित भइरहन्छ, तर यहाँ अनुशासनलाई उच्चस्थानमा राखिन्छ।  राजनीतिमा जस्तो मतगणना रोकेर हार्न लागेको कुनै उम्मेदवारलाई जिताएर माला अबिर पहिर्याउने छुट खेलमा हुँदैन। यही नै यसको सुन्दर पक्ष हो। यसले नै विश्व जगतमा खेलकुदको विश्वसनियता बचाएको छ। नेपाली क्रिकेट टिम झिनो अन्तरले पराजित भएपनि प्रसन्न भएर राष्ट्रिय झण्डा हल्लाउँदै रमाउनुको कारण यत्ति मात्रै हो। 

    kushal-bhurtel-1718417007.jpgसेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रङ्गशालामा विश्व क्रिकेटका चर्चित क्विन्टन डि कक, एडेन मार्कराम, हेनरिक क्लासेन लगायतका अग्ला कदका खेलाडीको लहरैमा मध्यम कदका नेपाली खेलाडीहरू राष्ट्रिय गान गाएर मैदान उत्रिएका थिए टेष्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धामा। 

    टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरे। नेपालले पहिलो पारीमा गर्व गर्न लायक बलिङ गर्दै दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १५ रनमा रोक्यो। जबाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गरेपनि सुखद अन्त्य गर्न चुक्यो।

    अन्तिम दुई बलमा रन जोड्न नसक्दा गर्विलो इतिहास रच्न नेपाल चुकेको हो। यो पराजयले नेपालको अन्तिम आठमा पुग्ने सपना मात्र समाप्त भएन टी–२० विश्वकप २०२६ मा सिधै छनोट हुने अवसर समेत गुमेको छ। आज दक्षिण अफ्रिकालाई पराजित गरेको भए नेपालका लागि सोमबार हुने खेल निर्णायक हुने थियो। 

    bhurtel-kushal-1718419715.jpgब्याटिङ: धैर्यपूर्ण सुरुवात, फिनिसर ब्याट्सम्यानको परीक्षा 
    चर्चित र अनुभवले खारिएको दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिक नॉर्टजे, तबरेज शम्सी लगायतका बलरहरूको धारिलो बलिङ सामना गर्न निकै कठिन मानिन्छ। अन्तर्राष्ट्रिय क्रिकेटका कम मात्र प्रतियोगिता र फ्रेन्चाइज होलान् जहाँ यिनीहरूको सहभागिता नभएको होस् ।

    तर, आजको खेलमा नेपालका ओपनरद्वयले कठिनाइ महसुस गरिरहेका थिएनन्। तर, दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखले लामो शट खेल्न खोज्दा ‘टप एज’ क्याच उठाउन पुगे। रबाडा फलोथ्रुमा क्याचको लागि बोलाइयो। उनीसँग प्रशस्त समय थियो। तर उनले बललाई नियन्त्रणमा लिन सकेनन्। आसिफले एक बलिदान पाए।

    त्यसपछि केहीसमय नेपालले धैर्य र संयमित ब्याटिङ गर्यो। उनीहरूले राम्रो सुरुवात गरेपनि दक्षिण अफ्रिकाका स्पिनर तबरैज साम्सीको आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल आउट हुन पुगे। त्यसपछि क्रिज सम्हाल्न आएका कप्तान रोहित पौडेलले पहिलो बलमा रन लिन सकेनन्। दोस्रो बलमा बोल्ड आउट हुन पुगे। पछिल्लो समय लयमा समाएका कप्तान ‘डक आउट’ हुन पुग्दा स्टेडियममा लहरै उभिएका नेपाली समर्थक स्तब्ध हुन पुगे।

    rohit-paudel-1-1718431556.jpgकप्तानको विकेट झरेपछि अर्का आशलाग्दा खेलाडी अनिलकुमार शाहले ओपनर आसिफ सेखसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई लक्ष्य नजिक डोर्याउँदै थिए। २४ बलमा २७ रन बनाएका शाहलाई मार्क्रमले यानसेनबाट क्याच आउट गराए। उनी आउट हुँदा नेपाललाई ३८ बलमा ३१ रनको आवश्यकता थियो। 

    त्यसपछि हतारिँदै गएका नेपालका मध्यक्रमका खेलाडीको ब्याटबाट अपेक्षित रन बन्न सकेनन्। ओपनर आसिफ सेख सेट भइसकेका थिए । तर, उनी अर्धशतक बनाउने मुडमा थिए क्या हो लामो हिट गर्न खोज्दा आउट हुन पुगे। त्यसपछि क्रिजमा आएका स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए। सोमपाल कामी ८ र गुलसन झाले ६ रन बनाए।

    अन्तिम ओभरमा जितका लागि नेपाललाई आठ रन आवश्यक थियो। स्ट्राइकमा थिए, गुलसन झा। राम्रो फिनिसरका रुपमा चिनिने झाले पहिलो र दोस्रो बल डट खेले। तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडे। अब नेपाललाई दुई बलमा दुई रन चाहिएको थियो। एक रनमात्र लिन सकेको खण्डमा खेल ‘सुपर ओभर’मा जान्थ्यो। तर, त्यस्तो भएन। ओटेनिल वार्टमानको पाँचौं बल पनि उनले डट खेले।

    अब निर्धारित ओभरको अन्तिम बलमा दुई रन आवश्यक थियो। तर बल र ब्याट टच हुन सकेन र बल विकेटकिपरको हातमा गयो। रन लिन दौडिएका झा आउट हुन पुगे र नेपालको इतिहास रच्ने अवसर केही पर नै रोकियो। 

    nepal-vs-south-africa-1718413689.jpgबलिङ: भुर्तेल र दीपेन्द्रको कसिलो बलिङ, रेकर्ड बनाउन चुके सन्दीप 
    कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाइलाई धेरै ठाउँमा पत्रकारले सोध्ने गर्छन्, नेपालको बलियो पक्ष के हो ? उनीहरूको जवाफ हुन्छ– नेपालको बलियो पक्ष त  ब्याटिङ युनिट नै हो, हामी राम्रो स्कोर गर्न सक्छौँ । यस जवाफलाई नकार्न पनि त सकिँदैन। नेपालका ओपनरले राम्रो सुरुआत दिलाएका अधिकांश खेलमा सकारात्मक नतिजा पनि आएको छ। 

    तर, आजको खेलमा नेपालको कुनै पक्षबाट सन्तुष्ट भइन्छ भने त्यो ब्याटिङ नभई बलिङ हो। विशेषगरि अलराउण्डर दीपेन्द्र सिंह ऐरी र पार्ट टाइम स्पिनर कुशल भुर्तेलको कसिलो बलिङमा दक्षीण अफ्रिकाका खेलाडीहरू एकपछि अर्को जालमा फस्दै गए। अर्कोतर्फबाट अनुभवी लेग स्पिनर सन्दीप लामिछानेको उत्तिकै कसिलो बलिङ थियो। 

    भुर्तेलले ४ तथा ऐरीले ३ विकेट लिएपछि सुपर आठमा पुगेको दक्षिण अफ्रिकाका खेलाडीहरू छक्क परेका थिए। अर्कोतिर सोमपाल कामीले उत्तिकै राम्रो सुरुआत दिलाएका थिए। उनले ब्याट्सम्यानहरूलाई खुल्नै दिएनन्। 

    May be an image of 5 people and textकप्तान रोहितकुमार पौडेलको कप्तानी रणनीतिले मज्जाले काम गरेको देखिन्थ्यो बलिङ युनिटमा। तर पाँच महिनापछि मैदानमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा छिटो एक सय विकेट लिने खेलाडीको सूचीमा नाम लेखाउन सकेनन्।

    चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए पनि विकेट लिन सकेनन्। उनी बलिङमा आउँदा दक्षिण अफ्रिकाका खेलाडीहरू संयमित भइरहेका देखिन्थे। समग्रमा आज नेपालले गर्व गर्न लायक बलिङ गर्यो।

    नेपाली क्रिकेटमा विश्वजगतको ध्यान 
    झण्डै १० वर्षपछि विश्वसामु प्रदर्शन गरिरहेको नेपालले अपेक्षित नतिजा निकाल्न नसकेपनि नेपालको प्रदर्शनलाई लिएर क्रिकेट जगतमा चर्चा चुलिन लागेको छ।

    विशेषगरि भारत र पाकिस्तानका क्रिकेट समर्थकरुले नेपालको खेललाई चासो साथ हेरिरहेको र निकट भविष्यका लागि प्रिडक्ट गर्न लागेको सामाजिक सञ्जाल हेर्नेहरुले सजिलै चाल पाइरहेका छन्। त्यस्तै, विश्व क्रिकेटका चर्चित कमेन्टेटर हर्सा भोग्लेले नेपाली क्रिकेट टोलीले नेपालको शिर उँचो राख्नुपर्ने बताएका छन्। 

    May be an image of 2 people and text‘शिर उँचो राख नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई तपाईँहरूले झन्डै हराउनुभयो। तपाईँहरूको सबैभन्दा उत्साही समर्थकहरूमध्ये एक छन्, तपाईँहरूले उनीहरूलाई विश्वास दिलाउनुभएको छ। आशा छ, छिट्टै नै ठूला दिनहरू आउनेछन्,’ भोग्लले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.