Author: admin

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले चैत मसान्तसम्मको ब्याज जसरी पनि उठाउन मातहतका निकायलाई निर्देशन दिन थालेका छन् । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा चैत मसान्तसम्मको ब्याज असुल नहुँदा निष्क्रिय कर्जा उल्लेख्य बढ्ने भएकाले सीईओहरुले प्रदेश प्रमुख र शाखा प्रमुखहरुलाई ब्याज असुलीमा आक्रमक हुन निर्देशन दिएको बिभिन्न बैंकका कर्मचारीहरुले जानकारी दिए । ‘अहिले व्यवसायीक वातावरण ठिक छैन भन्ने हामीलाई थाहा छ । तर, सधै ब्याज नउठाएर पनि भएन । सक्नुहुन्छ भने त असारको पनि ब्याज उठाउने प्रयास गर्नुस्,’ बैंकका सीईओको भनाइ उदृत गर्दै बिभिन्न बैंकका कर्मचारीहरुले भने, ‘चैत महिनासम्मको ब्याज उठ्न सकेन भने हामीहरु समस्यामा पर्छौं । ऋण…

Read More

काठमाडौं- सरकारले आठ देशका राजदूतहरु सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागबन्डाका आधारमा राजदूत छनाैट गरेको हो । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै चन्द्र घिमिरे अमेरिका, सुशील प्याकुरेल दक्षिण कोरिया र सुम्निमा तुलाधरलाई डेनमार्कका लागि सिफारिस गरिएको छ । यस्तै स्पेनका लागि पुष्पराज राजकर्णिकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सेना, बेलायतका लागि डा विजन पन्त र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमान राजदूतमा सिफारिस भएका छन् ।

Read More

काठमाडौं– आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् । मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिए। मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका…

Read More

काठमाडौं – गण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विकासे मन्त्रालयका र पहुँच पुर्‍याउन सकेका मन्त्रीले आफ्नै जिल्ला लगेका छन् । सहरी विकास मन्त्रालयको बजेट मन्त्रीको जिल्लामा मात्रै लगिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार संसदमै बजेट च्याते । उनले शहरी विकास मन्त्रालयको बजेट हेर्दा लाजै लाग्ने र विनियोजनको विकृत रुप देखिएको भन्दै बजेट च्यातेका थिए । सहरी विकास मन्त्रालको बजेट अधिकांश भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको जिल्ला धनुषामा, सहरी विकास मन्त्री धनबहादुर बुढाको गृहजिल्ला डोल्पा, अर्थमन्त्रीको गृहजिल्ला रोल्पामा बजेट छरिएको छ । सहरी विकास मन्त्रालयको बजेट छर्ने क्रममा पूर्वप्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा, भौतिक पूर्वाधारकै बजेट पनि महासेठकै जिल्लामा,…

Read More

चितवन । श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो । श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताए । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानम्त्रीलाई प्रश्न सोधेका थिए । अधिकांश सांसदले बजेट केन्द्रित भएर प्रश्न गरेका थिए । त्यस्तै सहकारीपीडितको बचत फिर्ता गराउने सवालमा भइरहेका कामबारे पनि सांसदले जवाफ मागेका थिए । हेर्नुस् सांसदहरूले सोधेको प्रश्न र प्रधानमन्त्रीको जवाफ-

Read More

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टी-२० विश्वकप खेलेर स्वदेश फर्किएको छ । नेपाली टिम दुई विमानमा नेपाल फर्किएको हो, जसमध्ये पहिलो समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ । जारी विश्वकपमा नेपालले समूह चरणबाटै बाहिरिएको थियो । चार खेलमध्ये तीनमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँड्यो । नेपालले जित हात पार्न नसके पनि टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेलेकोमा प्रशंसा भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो । श्रीलंककाविरुद्धको दोस्रो खेलमा वर्षाका बन्दा अंक…

Read More

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…

Read More

काठमाडौं । टी–२० विश्वकपमा नेपाल र बंगलादेश विरूद्धको म्याचमा झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ । फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए । नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन । दुई खेलाडीबीचको नोकझोक टेलिभिजन लाइभमा पनि देखिएको…

Read More