Author: admin

काठमाडौं – गण्डकी प्रदेशका केही तथा कोशी, मधेश र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी प्रदेशका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना छ। कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्य सफा छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थान तथा बाँकी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विकासे मन्त्रालयका र पहुँच पुर्‍याउन सकेका मन्त्रीले आफ्नै जिल्ला लगेका छन् । सहरी विकास मन्त्रालयको बजेट मन्त्रीको जिल्लामा मात्रै लगिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलबार संसदमै बजेट च्याते । उनले शहरी विकास मन्त्रालयको बजेट हेर्दा लाजै लाग्ने र विनियोजनको विकृत रुप देखिएको भन्दै बजेट च्यातेका थिए । सहरी विकास मन्त्रालको बजेट अधिकांश भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको जिल्ला धनुषामा, सहरी विकास मन्त्री धनबहादुर बुढाको गृहजिल्ला डोल्पा, अर्थमन्त्रीको गृहजिल्ला रोल्पामा बजेट छरिएको छ । सहरी विकास मन्त्रालयको बजेट छर्ने क्रममा पूर्वप्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा, भौतिक पूर्वाधारकै बजेट पनि महासेठकै जिल्लामा,…

Read More

चितवन । श्री एयरले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो । अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन् । बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो । श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताए । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानम्त्रीलाई प्रश्न सोधेका थिए । अधिकांश सांसदले बजेट केन्द्रित भएर प्रश्न गरेका थिए । त्यस्तै सहकारीपीडितको बचत फिर्ता गराउने सवालमा भइरहेका कामबारे पनि सांसदले जवाफ मागेका थिए । हेर्नुस् सांसदहरूले सोधेको प्रश्न र प्रधानमन्त्रीको जवाफ-

Read More

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी टी-२० विश्वकप खेलेर स्वदेश फर्किएको छ । नेपाली टिम दुई विमानमा नेपाल फर्किएको हो, जसमध्ये पहिलो समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ । जारी विश्वकपमा नेपालले समूह चरणबाटै बाहिरिएको थियो । चार खेलमध्ये तीनमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँड्यो । नेपालले जित हात पार्न नसके पनि टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेलेकोमा प्रशंसा भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयो । श्रीलंककाविरुद्धको दोस्रो खेलमा वर्षाका बन्दा अंक…

Read More

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…

Read More

काठमाडौं । टी–२० विश्वकपमा नेपाल र बंगलादेश विरूद्धको म्याचमा झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ । फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए । नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन । दुई खेलाडीबीचको नोकझोक टेलिभिजन लाइभमा पनि देखिएको…

Read More

काठमाडौं- कोभिड १९ र अर्थतन्त्रमा आएको शिथिलताका कारण उत्पादन बन्द गरी सञ्चालनमा नरहेका उद्योगका उद्योगीहरूले राष्ट्र बैंकसमक्ष कर्जा नियमित भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।निर्माणका काम घटेसँगै पछिल्लो समय सिमेन्ट उद्योगहरूको उत्पादनमा उच्च गिरावट आएको छ। सिमेन्ट उद्योगतर्फ विशेष गरी क्लिंकर खरिद गर्ने र ग्राइन्डिङ गरी सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले उत्पादन बन्द गरेका छन्।खाद्यान्नलगायत विभिन्न उत्पादनमूलक वस्तु उत्पादन गर्ने साना तथा मझौला उद्योगी व्यवसायीहरूले पनि बजारमा माग नभएको भन्दै उद्योग सञ्चालन गर्न छोडेका छन्। केही समयलाई उद्योग बन्द गरेर उत्पादन लागतबाट जोगिन खोजेका उद्योगहरू बैंक वित्तीय संस्थाहरूले बाँकी रहेको कर्जाको साँवाब्याज भुक्तानीका लागि ताकेता गरेपछि भने समस्यामा परेका हुन्। उत्पादन…

Read More

आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग । चन्द्र राशि तुला । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला…

Read More

काठमाडौं । आगामी ५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८४/८५ मा नेपालको कुल बार्षिक राजस्व आम्दानी पौने २० खर्ब पुग्ने अनुमान गरिएको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित करण प्रणाली सुधार सम्बन्धि उच्चस्तरीय सुझाव समितिले उक्त प्रक्षेपण गरेको हो । समितिले विभिन्न चरहरुलाई आधार मानी उक्त आर्थिक बर्षमा नेपालको कुल राजस्व आम्दानी १९ खर्ब ८६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरेको हो । यसरी संकलन हुने राजस्वमा सबैभन्दा ठुलो हिस्सा भने आयकरको रहने अनुमान पनि समितिले गरेको छ । हाल नेपालमा आयात र आधारभूत मूल्यको कुल गार्हस्थ मूल्यको अनुपात हाल ३७ प्रतिशत रहेकोमा यो बढेर ५ बर्षपछि ४१ प्रतिशत…

Read More