Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
तीन दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो। मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ। यी पाँच दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ। नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय…
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कागजात माग गरेका २१ वटा सहकारी संस्थाले बचतकर्ताको साढे ४० अर्ब रुपैयाँ बढी अपचलन गरेका छन् । समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप १ सहित २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको पाइएको हो । ति सहकारीलाई बचत परिचालन, लेखा परीक्षण प्रतिवेदन लगायतका विवरण पठाउनका लागि समितिले पत्रचार गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले सहकारीका फाइल अनुसन्धानका मगाउने निर्णय गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ । तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् । वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको…
काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो। त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ। बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका थिए। त्यसको लागि साउन १८ र १९ गते परीक्षाको मिति तोकिएको थियो। तर शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको…
काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै बैंक खाता नै रित्याइदिने नयाँ मालवेयर फैलिएको छ । नर्वेको साइबर सुरक्षा कम्पनी प्रोमोनले एक रिपोर्ट सार्वजनिक गर्दै ‘स्नोब्लाइन्ड’ नामको खतरनाक मालवेयर एन्ड्रोइड डिभाइसमा फैलिरहेको तथ्य ल्याएको हो । फोनको सेक्युरिटी सिस्टमले थाहा नपाउने गरी ‘स्नोब्लाइन्ड’ मालवेयरले डिभाइसका संवेदनशील डेटा चोरी गर्नसक्ने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार यस मालवेयरले टार्गेट गरेको एपमा सेक्युरिटी चेक रन हुनुअघि नै खराब कोड छोडिदिन्छ । यसले गर्दा मालवेयरले उक्त सेक्युरिटी फिचरलाई झुक्याउन फिल्टर इन्स्टल गर्छ । खासगरी मालवेयरबाट डिभाइसलाई जोगाउन एन्ड्रोइडमा ‘सेक्कम्प’ (Seccomp) फिचर हुन्छ । यो फिचरले एप सुरक्षित छ कि छैन भन्ने जाँच गर्छ । एन्ड्रोइडमा…
एजेन्सी । यसै वर्ष नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदै छ । यही शुक्रबार राष्ट्रपति पदका लागि पहिलो प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) एटलान्टामा भयो । वर्तमान राष्ट्रपति जो बाइडेन र निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको ९० मिनेटको बहसले विश्व समुदायको ध्यान खिचेको छ । चारवर्षपछि यी दुई नेता फेरि बहसमा उत्रिएका हुन् । डेमोक्रेट उम्मेदवार बाइडेन र रिपब्लिकन उम्मेदवार ट्रम्पको यो बहसले अमेरिकी भविष्य कस्तो हुनेछ भनेर केही हदसम्म निर्धारण गर्नेछ । उनीहरुको बहस प्रमुख रुपमा अर्थतन्त्र र आप्रवासनको मुद्दामा केन्द्रित थियो । यद्यपि बहस व्यक्तिगत मुद्दातर्फ पनि भड्किएको थियो । धनाढ्यलाई फाइदा बहसको सुरुवात नै देशको…
काठमाडौं। २१औं राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ महोत्सव अवसरमा देशैभर धान रोपाइँ चलिरहेको छ। सरकारले यसपालि काठमाडौं उपत्यकाबाहिर चितवनको बछौलीमा धान दिवसका दिन रोपाइँ महोत्सव आयोजना गरेको छ। असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा लिइने हुँदा सर्वसाधारण नागरिक अर्थात् किसान परिवारले आज हिलो छ्यापाछ्याप गरी खेतका गरा सम्याएर गीत गाउँदै धान रोपिरहेका छन्। असार महिनाभर कृषिप्रधान देशका दुःखी किसान वर्षभरिका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन्। तर, राजनेताहरुले असार १५ को धान दिवसमा रोपाइँको चर्तिकला देखाउँछन्। यो सिलसिला २१ वर्षदेखि चलिरहेको छ। आज राष्ट्रप्रमुख तथा सरकार प्रमुखले धान रोपाइँ गरेर धान दिवस सम्झिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले हालै देश दौडाहा गरेर सभापति रवि लामिछानेलाई ‘समीक्षा प्रतिवेदन’ बुझाए । उक्त प्रतिवेदनमै उनले भनेका छन्- ‘सत्य उजागर गरेबापत मेरो महामन्त्री पदको मृत्यु हुन सक्छ वा मलाई घोक्रेठ्याक लगाइन सक्छ ।’ रास्वपाको सचिवालय बैठकले नै निर्णय गरेर महामन्त्री डा. ढकाललाई ‘समीक्षा यात्रा’ मा पठाएको थियो । ग्रासरुटसम्म पुगेर पार्टीका नेता-कार्यकर्ता तथा सर्वसाधारणको अभिमत बुझेका ढकालले निर्मम विश्लेषण सहितको प्रतिवेदन सभापतिलाई बुझाएका हुन् । प्रतिवेदन सार्वजनिक नहुँदै यसका केही अंशहरु मिडियामा आएपछि पार्टीमा तरंग उब्जेको थियो । यो प्रतिवेदनमा रास्वपाले गत चुनावमा हासिल गरेको जनमत धराशायी बनिसकेको तितो निष्कर्ष प्रस्तुत…
माडी (चितवन), १४ असार । नेकपा (एमाले) का तत्कालिन महासचिव, जननेता मदन भण्डारीलाई सम्झँदै आज यहाँ फलफूलका विरुवा रोपिएको छ । ७३ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ स्थित पुष्पमदन स्मृति बाटिकामा फलफूलका विरुवा रोपिएको हो । नेकपा (एमाले) चितवन र मदन भण्डारी फाउण्डेशन चितवनले संयुक्त रुपमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) माडी नगर कमिटीले व्यवस्थापन गरेको थियो भने पुष्प मदन स्मृति बाटिकाले विशेष सहयोग गरेको हो । वृक्षारोपण कार्यक्रममा एमाले नेता कार्यकर्ता, फाउण्डेशनका अध्यक्ष, पदाधिकारी तथा सदस्य, जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति थियो । बाटिकामा चिउरी, कागती, बेल, जामुन, अमला, अम्बा लगायतका फलफूलका १५० भन्दा…
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको उच्च स्रोतले पुष्टि गर्यो । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका…
