Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
साढे ६ प्रतिशतमा आइपुग्यो बैंकको वेसरेट, यी १६ बैंकले दिन सक्नेछन् एकल अंकको ब्याजदरमै कर्जा
काठमाडौं । सबै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) एकल अंकमा झरेको छ । हाल संचालनमा रहेकामध्ये केही बैंकको आधार दर साढे ६ प्रतिशत बिन्दुमा आइपुगेको छ। हाल वाणिज्य बैंकहरुको औसत आधार दर ८.३३ प्रतिशत छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर पनि निरन्तर घटिरहेको छ । निक्षेपको ब्याजदर घटेपछि बैङ्कहरूको लागत पनि घटेको छ । लागत घट्दा बैङ्कहरूको आधार दर घटेको हो । आधार दरसँगै कर्जाको ब्याजदर समेत घटेको छ । आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्दछन् भने आधार दर घटेको खण्डमा कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । हाल अधिकांश बैंकहरु एकल अंकको ब्याजदरमै कर्जा उपलब्ध…
एजेन्सी । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने देखिएको छ । गत बिहीबार राष्ट्रपतीय बहसको क्रममा दुबै नेताहरुबीच चर्काचर्की भयो । तर बहसको क्रममा डेमोक्रेटको तर्फबाट दोस्रो पटक राष्ट्रपतिको तयारी गरिरहेका बाइडेनको प्रस्तुतीले उनका समर्थक, शुभचिन्तक तथा सहयोगी चन्दादाताहरुलाई निराश बनाएको विभिन्न रिपोर्ट सार्वजनिक हुन थालेका छन् । तीमध्ये केही अर्बपतिहरु पनि रहेको बताइन्छ । डेमोक्रेट समर्थक व्यवसायीहरुले प्रश्न गर्न थालेका छन्, ‘के बाइडेनको सट्टामा अरु कुनै नेताले ट्रम्पलाई चुनौती दिन सक्दैनन् ?’ फोर्ब्सको सूचीमा समेत परेका अर्बपति लगानीकर्ता मार्क कुबनले बाइडेनको सट्टामा अरु कोही नेतालाई अगाडि सार्न सकिन्छ…
काठमाडौँ । आज देशभरका सबै प्रदेशमा मनसुनको प्रभाव बढी नै पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको विभागले कोशी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा बढी सतर्कता अपनाउन भनेको छ । धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम रहेकाले सतर्क बस्न उसले नागरिकसँग आग्रह गरेको छ । ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ भने कोशी, मधेस,…
तीन दिनदेखि सक्रिय रहेको मनसुनी प्रणाली झनै सक्रिय हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो। मनसुन थप सक्रिय भई २० असार बिहीबारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ। यी पाँच दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भीषण (भारी) वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अति भीषण (धेरै भारी) वर्षाको समेत चेतावनी दिइएको छ। नेपालमा १४ असारदेखि देशभर मनसुन सक्रिय…
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कागजात माग गरेका २१ वटा सहकारी संस्थाले बचतकर्ताको साढे ४० अर्ब रुपैयाँ बढी अपचलन गरेका छन् । समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप १ सहित २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको पाइएको हो । ति सहकारीलाई बचत परिचालन, लेखा परीक्षण प्रतिवेदन लगायतका विवरण पठाउनका लागि समितिले पत्रचार गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले सहकारीका फाइल अनुसन्धानका मगाउने निर्णय गरेको हो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । ईण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्न नयाँ मूल्यमा वृद्धि भएपछि आयल निगमले पेट्रोलमा प्रतिलिटर २ तथा डिजे र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रो वर्गमा १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा पहिलो वर्गमा १५४.५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ पुगेको निगमले जनाएको छ । तेस्रो वर्गमा राजधानी काठमाडौंलगायत पोखरा, दिपायल पर्दछन् । वृद्धि भएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निमगले जनाएको…
काठमाडौं— माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो। त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको छ। बिहीबार आएको एसईईको नतिजा अनुसार दुई विषयमा मात्रै नन ग्रेडिङ (एनजी) ल्याउने विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका थिए। त्यसको लागि साउन १८ र १९ गते परीक्षाको मिति तोकिएको थियो। तर शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट दुई भन्दा बढी विषयमा एनजी आए पनि मौका परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको…
काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै बैंक खाता नै रित्याइदिने नयाँ मालवेयर फैलिएको छ । नर्वेको साइबर सुरक्षा कम्पनी प्रोमोनले एक रिपोर्ट सार्वजनिक गर्दै ‘स्नोब्लाइन्ड’ नामको खतरनाक मालवेयर एन्ड्रोइड डिभाइसमा फैलिरहेको तथ्य ल्याएको हो । फोनको सेक्युरिटी सिस्टमले थाहा नपाउने गरी ‘स्नोब्लाइन्ड’ मालवेयरले डिभाइसका संवेदनशील डेटा चोरी गर्नसक्ने बताइएको छ । अनुसन्धानकर्ताका अनुसार यस मालवेयरले टार्गेट गरेको एपमा सेक्युरिटी चेक रन हुनुअघि नै खराब कोड छोडिदिन्छ । यसले गर्दा मालवेयरले उक्त सेक्युरिटी फिचरलाई झुक्याउन फिल्टर इन्स्टल गर्छ । खासगरी मालवेयरबाट डिभाइसलाई जोगाउन एन्ड्रोइडमा ‘सेक्कम्प’ (Seccomp) फिचर हुन्छ । यो फिचरले एप सुरक्षित छ कि छैन भन्ने जाँच गर्छ । एन्ड्रोइडमा…
एजेन्सी । यसै वर्ष नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदै छ । यही शुक्रबार राष्ट्रपति पदका लागि पहिलो प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) एटलान्टामा भयो । वर्तमान राष्ट्रपति जो बाइडेन र निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पबीच भएको ९० मिनेटको बहसले विश्व समुदायको ध्यान खिचेको छ । चारवर्षपछि यी दुई नेता फेरि बहसमा उत्रिएका हुन् । डेमोक्रेट उम्मेदवार बाइडेन र रिपब्लिकन उम्मेदवार ट्रम्पको यो बहसले अमेरिकी भविष्य कस्तो हुनेछ भनेर केही हदसम्म निर्धारण गर्नेछ । उनीहरुको बहस प्रमुख रुपमा अर्थतन्त्र र आप्रवासनको मुद्दामा केन्द्रित थियो । यद्यपि बहस व्यक्तिगत मुद्दातर्फ पनि भड्किएको थियो । धनाढ्यलाई फाइदा बहसको सुरुवात नै देशको…
काठमाडौं। २१औं राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ महोत्सव अवसरमा देशैभर धान रोपाइँ चलिरहेको छ। सरकारले यसपालि काठमाडौं उपत्यकाबाहिर चितवनको बछौलीमा धान दिवसका दिन रोपाइँ महोत्सव आयोजना गरेको छ। असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा लिइने हुँदा सर्वसाधारण नागरिक अर्थात् किसान परिवारले आज हिलो छ्यापाछ्याप गरी खेतका गरा सम्याएर गीत गाउँदै धान रोपिरहेका छन्। असार महिनाभर कृषिप्रधान देशका दुःखी किसान वर्षभरिका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन्। तर, राजनेताहरुले असार १५ को धान दिवसमा रोपाइँको चर्तिकला देखाउँछन्। यो सिलसिला २१ वर्षदेखि चलिरहेको छ। आज राष्ट्रप्रमुख तथा सरकार प्रमुखले धान रोपाइँ गरेर धान दिवस सम्झिएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा…
