Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
चितवन । भरतपुर अस्पतालमा उपचारको लागि आएकी एक महिलाको ज्यान गएको छ । पाठेघरमा पलाएको मासुको डल्लो निकाल्नको लागि भरतपुर अस्पताल पुगेकी गैँडाकोट ५ घर भएकी सम्झना काफ्लेको ज्यान गएको हो । भदौ ३ गते अस्पताल भर्ना भएकी ३९ वर्षकी काफ्लेको पाठेघरमा सानो मासु पलाएको र सामान्य शल्यक्रिया गरेर मासुको डल्लो निकाल्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका थिए । उनका आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए । डाक्टरको सुझाव अनुसार हिजो मंगलबार अस्पताल भर्ना भएकी काफ्लेको उपचार भएको थियो । भरतपुर अस्पतालका स्त्री तथा प्रसूती चिकित्सा विभागका प्रमुख…
काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् । बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् । बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ ।…
नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्याल गर्नुपर्ने हुन्छ। विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ। अहिलेको समयमा स्मार्टफोन खरिद गर्दा त्यसमा एमोलेड वा उच्च गुणस्तरको एलसिडी स्क्रिन (डिस्प्ले) भएको किन्नु उपयुक्त हुन्छ। त्यस्तै, कम्तीमा ४ जिबी र्याम र ६४ जिबी स्टोरेज भएको स्मार्टफोन लिँदा फाइल र डेटा अटाउन सहज हुन्छ। क्यामेरा कै सन्दर्भमा कम्तीमा ४८ मेगापिक्सेल वा सो भन्दा बढी क्षमता भएको किन्दा गुणस्तरीय फोटो/भिडिओ खिच्न सकिन्छ। ३० हजार रूपैयाँसम्मको दैनिक प्रयोजनका लागि स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने उल्लेखित…
पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’’ भन्सार विभागले गत आवको साउनमा वीरगन्ज…
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट दिए ? किनभने यसअघि यति सजिलै नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सायदै भेटेका थिएनन् । तर, एमाले र कांग्रेस गठबन्धन सरकारकी परराष्ट्र मन्त्री राणाले भने मोदीसँग सहजै भेटवार्ता गरिन् । कतिपयले आरजुको व्यक्तिगत सम्बन्धका कारण पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट सहज र सम्भव भएको बताएका छन् । परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण तयारी भइरहँदा प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई कार्यतालिकामा राखिएको थिएन । यद्यपि राणाले व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीसँग…
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो ।एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा…
७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर
काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण ७५ दिनदेखि आन्तिरक उडानमा रहेको दुईवटा ट्वीनअटरमध्ये कलसाइन नाइनएन एबीटी जहाज ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यकारी अध्यक्ष अधिकारीलाई एक दिनअगाडि कार्यकक्षमै बोलाएर तत्काल जहाज उडानमा लैजाने गरी काम गर्न निर्देशन दिएका थिए। मन्त्रीसमक्ष अधिकारीले पाँच दिनमै टेन्डर निकाल्ने भने पनि एक साता ढिला गर्दै जनैपूर्णिमाको सार्वजनिक बिदाको दिन पारेर ३ वटा इन्जिन सट्टापट्टाको टेन्डर गरेका छन्। निगमले १५ दिनको समय दिएर ३ वटा ट्वीनअटर जहाजको इन्जिन सट्टापट्टाको टेन्डर गरेको हो। पीसीई ४०४४३, पीसीई ४०१८१ र पीसीई ४२३९९ नम्बरको इन्जिन…
काठमाडौं, – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए । ‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या गर्छ कि भन्ने हो, अहिलेकै अवस्था चाहिँ खतरामुक्त नै हो’, उनले भने, ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई छ ।’ आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उनले बताए ।…
चितवन, ३ भदौं । माडीकाे रिउ खाेलामा बगेर एकजनाकाे मृत्युु भएकाे छ । मृत्युहुनेमा माडी नगरपालिका वडा नं ९ बस्ने ५० वर्षका काजीमान प्रजा रहेका छन् । आज अपरान्ह ४ : २० बजेकाे समयमा स्याली बजारवाट कुसुमखाेला बस्ती जानेक्रममा रिउ खाेलाले बगाएको चितवन प्रहरीले जनाएको छ । प्रहरीको अनुसार खाेलातर्ने क्रममा लडेका प्रजाकाे शव ५ सय मिटरदुरीपर भेटिएको थियोे ।
