Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Info-Tech»यी हुन् ३० हजार रूपैयाँसम्ममा पाइने सात स्मार्टफोन
    Info-Tech

    यी हुन् ३० हजार रूपैयाँसम्ममा पाइने सात स्मार्टफोन

    adminBy adminAugust 21, 2024No Comments20 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नयाँ स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ?

    स्मार्टफोन किन्नु अघि त्यसमा भएका विशेषता र फिचरहरूबारे राम्ररी बुझ्न जरुरी छ। कुन प्रयोजनको लागि किन्ने हो पनि ख्‍याल गर्नुपर्ने हुन्छ।

    विशेषगरी त्यसको डिस्प्ले, पर्फमेन्स, स्टोरेज, क्यामेरा, ब्याट्री कस्तो छ भन्ने बुझ्नुपर्छ। अहिलेको समयमा स्मार्टफोन खरिद गर्दा त्यसमा एमोलेड वा उच्च गुणस्तरको एलसिडी स्क्रिन (डिस्प्ले) भएको किन्नु उपयुक्त हुन्छ।

    त्यस्तै, कम्तीमा ४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज भएको स्मार्टफोन लिँदा फाइल र डेटा अटाउन सहज हुन्छ। क्यामेरा कै सन्दर्भमा कम्तीमा ४८ मेगापिक्सेल वा सो भन्दा बढी क्षमता भएको किन्दा गुणस्तरीय फोटो/भिडिओ खिच्न सकिन्छ। 

    ३० हजार रूपैयाँसम्मको दैनिक प्रयोजनका लागि स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने उल्लेखित मोडलहरू तपाईंले विकल्पमा राख्न सक्नुहुन्छ। 

    यो सूची विभिन्न वेबसाइट र नेपाली व्यवसायीहरूको सुझावमा तयार पारिएको हो। 

    १. सामसङ ग्यालेक्सी ए२४ ४जी

    Budget-phone--1721630053.jpg
    सामसङको ग्यालेक्सी ए२४ ४जी बजारमा धेरै माग र बिक्री भएको बजेट-मैत्री स्मार्टफोनमध्ये पर्छ। यसमा ६.५ इन्चको फूल एचडी प्लस सुपर एमोलेड डिस्प्ले छ भने ९० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ। यसमा मिडियाटेक हेलियो जि९९ चिप दिइएको छ भने ४जी समर्थन गर्छ। 

    डिस्प्ले ६.५ इन्च एफएचडी प्लस एमोलेड, ९० हर्ज रिफ्रेस रेट, गोरिला ग्लास
    प्रोसेसर मिडियाटेक हेलियो जि९९, ६एनएम मोबाइल प्लेटफर्म, ४जी 
    र्‍याम/स्टोरेज६ जिबी/१२८ जिबी, ८ जिबी/१२८ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि)प्राइमरीः ५० मेगापिक्सेल
    अल्ट्रावाइडः ५ मेगापिक्सेल
    म्याक्रोः  २ मेगापिक्सेल
    क्यामेरा (अगाडि)१३ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट 
    सेन्सरएक्सेलेरोमिटर, जिओम्याग्नेटिक, लाइट, भर्चुअल प्रोक्सिमिटी
    ब्याट्री५००० एमएएच, २५ वाट फास्ट चार्जिङ
    मूल्य ६ जिबी/१२८ जिबीः रू. २८,९९९
    ८ जिबी/१२८ जिबीः रू. ३१,९९९

    २. रिअलमी ११एक्स ५जी

    Budget-phone--1721630134.jpg
    रिअलमी ११एक्स ५जीमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.७२ इन्चको एफएचडी प्लस डिस्प्ले पाउन सकिन्छ। ३० हजार रूपैयाँ बजेटको लागि यो फोन फोटोग्राफी र गेमिङको लागि पनि उपयुक्त हुन सक्छ। यसमा गोलो आकारको क्यामेरा रिङ दिइएको छ जसले गर्दा आवरण पनि आकर्षक देखिन्छ। 

    डिस्प्ले ६.७२ इन्च एफएचडी प्लस आइपिएस एलसिडी, १२० हर्ज रिफ्रेस रेट
    प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस, ६एनएम मोबाइल प्लेटफर्म, ५जी 
    र्‍याम/स्टोरेज८ जिबी/१२८ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि)प्राइमरीः ६४ मेगापिक्सेल
    डेप्थ सेन्सरः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि)८ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट 
    सेन्सरएक्सेलेरोमिटर, लाइट, प्रोक्सिमिटी, म्याग्नेटिक इन्डक्सन
    ब्याट्री५००० एमएएच, ३३ वाट फास्ट चार्जिङ
    मूल्य ८ जिबी/१२८ जिबीः रू. २९,९९९

    ३. हनर एक्स८बी

    Budget-phone--1721630215.jpg
    जम्मा ३० हजार रूपैयाँमा उपलब्ध हुने स्मार्टफोनमध्ये हनर एक्स८बीको क्यामेरासँगै ब्याट्री क्षमता पनि राम्रो छ। २४१२ x १०८० पिक्सेल सहितको ५.७ इन्चको एमोलेड डिस्प्ले पाउन सकिन्छ। हनर एक्स८बीमा क्वालकम स्नापड्रागन ६८० प्रोसेसर दिइएको छ भने यो ८ जिबी र्‍याम र ५१२ जिबी स्टोरेज विकल्पमा उपलब्ध छ। यो स्मार्टफोनले डुअल सिम, डुअल ब्यान्ड वाइफाई, कम्प्रिहेन्सिभ जिपिएस लगायत समर्थन गर्छ। 

    डिस्प्ले ६.७ इन्च एफएचडी प्लस एमोलेड, ९० हर्ज रिफ्रेस रेट
    प्रोसेसर क्वालकम स्नापड्रागन ६८०, १२ एनएम टेक्नोलोजी, ४जी 
    र्‍याम/स्टोरेज८ जिबी/१२८ जिबी, ८ जिबी/२५६ जिबी, ८ जिबी/२५६ जिबी
    क्यामेरा (पछाडि)प्राइमरीः १०८ मेगापिक्सेल
    अल्ट्रावाइडः ५ मेगापिक्सेल
    म्याक्रोः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि)५० मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट
    सेन्सरएम्बियन्ट लाइट, प्रोक्सिमिटी, कम्पास, ग्राभिटी
    ब्याट्री४५०० एमएएच, ३५ वाट फास्ट चार्जिङ
    मूल्य ८ जिबी/५१२ जिबीः रू. २९,९९९

    ४. रेड्मी नोट १३ ४जी

    Budget-phone--1721630279.jpg
    रेड्मी नोट १३ ४जीमा पनि १२० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ। यसमा ६.५७ इन्चको एमोलेड स्क्रिन दिइएको छ भने यसलाई गोरिला ग्लास ३ ले थप प्रोटेक्ट गरेको छ। मोबाइल फोटोग्राफीमा रूचि राख्नुहुन्छ र बजेट-मैत्री स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने रेड्मीको यो नोट १३ उपयुक्त हुन सक्छ। यसमा १०८ मेगापिक्सेलको प्राइमरी (मुख्य) क्यामेरा दिइएको छ। रेड्मी नोट १३ ४जीले वाइफाई ५, ब्लुटुथ ५.१, युएसबी-सी समर्थन गर्छ। 

    डिस्प्ले ६.६७ इन्च एफएचडी प्लस एमोलेड, १२० हर्ज रिफ्रेस रेट, गोरिला ग्लास ३
    प्रोसेसर क्वालकम स्नापड्रागन ६८५, ६एनएम मोबाइल प्लेटफर्म, ४जी 
    र्‍याम/स्टोरेज६जिबी/१२८ जिबी, ८ जिबी/२५६ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि)प्राइमरीः १०८ मेगापिक्सेल
    अल्ट्रावाइडः ८ मेगापिक्सेल
    म्याक्रोः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि)१६ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट (अप्टिकल इन-डिस्प्ले)
    सेन्सरएक्सेलेरोमिटर, एम्बियन्ट लाइट, प्रोक्सिमिटी, ई-कम्पास
    ब्याट्री५००० एमएएच, ३३ वाट फास्ट चार्जिङ
    मूल्य ६जिबी/१२८ जिबीः रू. २४,९९९
    ८ जिबी/२५६ जिबीः रू. २७,९९९

    यो पनिः यी हुन् गेमिङको लागि उपयुक्त बजेट-मैत्री पाँच स्मार्टफोन

    ५. वानप्लस नर्ड एन३० एसई ५जी 

    Budget-phone--1721630332.jpg
    वानप्लसका मोडलहरू विशेषगरी गेमिङको लागि बढी रुचाइएको छ। त्यसमध्ये वानप्लस नर्ड उन३० एसई ५जी बजेट-मैत्री र भर्खंरै अनलाइन गेमिङ सुरू गरेका (योङ गेमर)हरूको रोजाइमा पर्ने मोडल हो। यसमा ६.७२ इन्चको एलटिपिएस एलसिडी स्क्रिन पाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ सहित ५००० एमएएचको ब्याट्री प्याक दिइएको छ। 

    डिस्प्ले ६.७२ इन्च एलटिपिएस एलसिडी स्क्रिन, ६० हर्ज रिफ्रेस रेट
    प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ६०२०, ७एनएम मोबाइल प्लेटफर्म, ५जी 
    र्‍याम/स्टोरेज४ जिबी/१२८ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि)प्राइमरीः ५० मेगापिक्सेल
    डेप्थ सेन्सरः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि)८ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट 
    सेन्सरएम्बियन्ट लाइट, जियोम्यागनेट, ग्राभिटी, गाइरो, प्रोक्सिमिटी
    ब्याट्री५००० एमएएच, ३३ वाट फास्ट चार्जिङ
    मूल्य ४ जिबी/१२८ जिबीः रू. २६,४९९

    ६. इन्फिनिक्स नोट ३० 

    Budget-phone--1721630405.jpg
    बजेट-मैत्री स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ भने इन्फिनिक्स नोट ३० पनि उचित विकल्प हुन सक्छ। ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भएको इन्फिनिक्स नोट ३० जम्मा २३ हजार नौ सय ९९ रूपैयाँमा किन्न सकिन्‍छ। यसको स्क्रिन पनि ठूलो (६.७८ इन्च) छ भने रिफ्रेस रेट पनि राम्रो छ। 

    डिस्प्ले ६.७८ इन्च एफएचडी प्लस आइपिएस एलसिडी, १२० हर्ज रिफ्रेस रेट
    प्रोसेसर मिडियाटेक हेलियो जि९९, ७एनएम मोबाइल प्लेटफर्म, ४जी 
    र्‍याम/स्टोरेज८ जिबी/१२८ जिबी, ८ जिबी/२५६ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि) प्राइमरीः ६४ मेगापिक्सेल
    डेप्थ सेन्सरः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि) १६ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट 
    सेन्सरएक्सेलेरोमिटर, लाइट, जियोस्कोप, ई-कम्पास, जाइरोस्कोप, प्रोक्सिमिटी
    ब्याट्री५००० एमएएच, ३३ वाट फास्ट चार्जिङ
    मूल्य ८ जिबी/२५६ जिबीः रू. २३,९९९

    ७. टेक्नो क्यामन २० 

    Budget-phone--1721630566.jpg
    ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भएको टेक्नो क्यामन २० जम्मा २२ हजार नौ सय ९० रूपैयाँमा उपलब्ध दैनिक प्रयोजनका लागि उपयुक्त बजेट-मैत्री स्मार्टफोन हो। यसमा डुअल सिम समर्थन गर्नुका साथै डुअल ब्यान्ड वाईफाई ५, कम्प्रिहेन्सिभ जिपिएस सपोर्ट र युएसबी-सी समर्थन गर्छ। 

    डिस्प्ले ६.६७ इन्च एफएचडी प्लस एमोलेड, ६० हर्ज रिफ्रेस रेट
    प्रोसेसर मिडियाटेक हेलियो जि८५, १२ एनएम मोबाइल प्लेटफर्म, ४जी 
    र्‍याम/स्टोरेज८ जिबी/२५६ जिबी (बढाउन सकिने)
    क्यामेरा (पछाडि) प्राइमरीः ६४ मेगापिक्सेल
    डेप्थ सेन्सरः २ मेगापिक्सेल
    क्यामेरा (अगाडि) ३२ मेगापिक्सेल
    सुरक्षाफिंगरप्रिन्ट (अप्टिकल इन-डिस्प्ले)
    सेन्सरएक्सेलेरोमिटर, एम्बियन्ट लाइट एन्ड डिस्ट्यान्स ई-कम्पास
    ब्याट्री५००० एमएएच, ३३ वाट फास्ट चार्जिङ
    मूल्य ८ जिबी/२५६ जिबीः रू. २२,९९०
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    February 2, 2026

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,593

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,152

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024575

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025471
    Don't Miss
    News
    News

    विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    By adminFebruary 2, 2026

    विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका…

    मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

    January 24, 2026

    माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण

    January 15, 2026

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.