Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Corporate»वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन
    Corporate

    वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

    adminBy adminAugust 20, 2024No Comments14 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।


    साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो ।

    भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’’

    भन्सार विभागले गत आवको साउनमा वीरगन्ज भन्सार कार्यालयलाई रु १५ अर्ब ६२ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सोही आवमा लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् ११ अर्ब ८६ करोड ८४ लाख ४७ हजार राजस्व सङ्कलन गरेको थियो ।

    चालु आवको पहिलो महिनामा वीरगञ्ज भन्सार हुँदै रु ४६ अर्ब ५९ करोड २६ लाख ९६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । यो परिमाण गत आवको पहिलो महिनाको तुलनामा तीन दशमलव ५३ प्रतिशतले कम हो ।

    आव २०८०/८१ को साउनमा यो भन्सार कार्यालय हुँदै ४८ अर्ब २९ करोड ६० लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । चालु आवको पहिलो महिना यो भन्सार कार्यालय हुँदै स्वदेशी वस्तु निर्यातको परिमाण भने बढेको छ । चालु आवको पहिलो महिनामा दुई अर्ब ६५ करोड ६६ लाख ६८ हजार मूल्यपर्ने स्वदेशी सामान निर्यात भएको छ ।

    गत आव २०८०/८१ को साउनमा दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवको साउन महिनामा सात दशमलव १६ प्रतिशतले निर्यात बढेको हो । आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.