Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
Author: admin
पर्सा । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए । ‘‘साउन खासै धेरै वैदेशिक व्यापार हुने महिना होइन,’’ उनले भने, ‘‘पहिलो महिनामै १२ अर्बभन्दा धेरै राजस्व सङ्कलन हुनलाई उत्साहजनक मान्नुपर्छ ।’’ भन्सार विभागले गत आवको साउनमा वीरगन्ज…
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको विषय कूटनीतिक क्षेत्रमा अहिले चर्चाको विषय बनेको छ । चर्चा यसकारण कि परराष्ट्रमन्त्री राणा देउवालाई भारतीय प्रधानमन्त्री मोदीले कसरी सहजै भेट दिए ? किनभने यसअघि यति सजिलै नेपालका कुनैपनि परराष्ट्रमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई सायदै भेटेका थिएनन् । तर, एमाले र कांग्रेस गठबन्धन सरकारकी परराष्ट्र मन्त्री राणाले भने मोदीसँग सहजै भेटवार्ता गरिन् । कतिपयले आरजुको व्यक्तिगत सम्बन्धका कारण पनि प्रधानमन्त्री मोदीसँगको भेटघाट सहज र सम्भव भएको बताएका छन् । परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण तयारी भइरहँदा प्रधानमन्त्री मोदीसँगको भेटघाटलाई कार्यतालिकामा राखिएको थिएन । यद्यपि राणाले व्यक्तिगत रूपमा प्रधानमन्त्री मोदीसँग…
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो ।एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा…
७५ दिनदेखि निगमको ट्वीनअटर ग्राउन्डेड, कोभिडमै लाइफ साइकल सकिएको इन्जिन सट्टापट्टाका लागि बल्ल टेन्डर
काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण ७५ दिनदेखि आन्तिरक उडानमा रहेको दुईवटा ट्वीनअटरमध्ये कलसाइन नाइनएन एबीटी जहाज ग्राउन्डेड छ। जहाज ग्राउन्डेड भएको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यकारी अध्यक्ष अधिकारीलाई एक दिनअगाडि कार्यकक्षमै बोलाएर तत्काल जहाज उडानमा लैजाने गरी काम गर्न निर्देशन दिएका थिए। मन्त्रीसमक्ष अधिकारीले पाँच दिनमै टेन्डर निकाल्ने भने पनि एक साता ढिला गर्दै जनैपूर्णिमाको सार्वजनिक बिदाको दिन पारेर ३ वटा इन्जिन सट्टापट्टाको टेन्डर गरेका छन्। निगमले १५ दिनको समय दिएर ३ वटा ट्वीनअटर जहाजको इन्जिन सट्टापट्टाको टेन्डर गरेको हो। पीसीई ४०४४३, पीसीई ४०१८१ र पीसीई ४२३९९ नम्बरको इन्जिन…
काठमाडौं, – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल–७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार, पहिरो जाँदा ढुंगा माटोसहितको गेग्रान नदीमा खस्दा आंशिक थुनिएको हो । यद्यपि, तत्काल थप खतराको सम्भावना नरहेको उनले बताए । ‘फेरि पहिरो गयो भने नदीको वहावमा अवरोध भएर गाउँ वस्तीतिर समस्या गर्छ कि भन्ने हो, अहिलेकै अवस्था चाहिँ खतरामुक्त नै हो’, उनले भने, ‘त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली स्ट्याण्ड बाई छ ।’ आवश्यक परे विष्फोट गराएर भएपनि खोल्ने गरी तयारी अवस्थामा रहेको उनले बताए ।…
चितवन, ३ भदौं । माडीकाे रिउ खाेलामा बगेर एकजनाकाे मृत्युु भएकाे छ । मृत्युहुनेमा माडी नगरपालिका वडा नं ९ बस्ने ५० वर्षका काजीमान प्रजा रहेका छन् । आज अपरान्ह ४ : २० बजेकाे समयमा स्याली बजारवाट कुसुमखाेला बस्ती जानेक्रममा रिउ खाेलाले बगाएको चितवन प्रहरीले जनाएको छ । प्रहरीको अनुसार खाेलातर्ने क्रममा लडेका प्रजाकाे शव ५ सय मिटरदुरीपर भेटिएको थियोे ।
(रासस/एपी) :भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ। अर्थ मन्त्रालयले सय दिनमा के-के काम गर्ने र सम्बन्धित काम गर्दा अर्थतन्त्रमा कस्तो परिमाण निस्कन्छ भन्नेसहितको खाका तय गरेको हो। कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रूत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत छन्। यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व…
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ ।शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताउनु भयो । उहाँले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताउनु भयो । उहाँले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुई वटा संस्था सञ्चालन गर्दै…
