Author: admin

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न १४ वटा अलग- अलग जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार ती कम्पनीले सो अवधिसम्ममा ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका छन् । उक्त अवधिमा सबैभन्दा शिर्ष व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हिस्सा हो । त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा २ अर्ब २६ करोड…

Read More

काठमाडौं- गएको साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको फ्लाइट दुर्घटनाको विषयमा जाँचबुज गर्न गठन भएको समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाएको हो। जहाज दुर्घटनामा मुख्य त टेक अफ स्पिड कमी भएको देखिएको प्रारम्भिक अध्ययन रिपोर्टमा उल्लेख छ। साथै जहाज टेक अफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययनमा रिपोर्टमा उल्लेख छ। समितिले प्रारम्भिक रुपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको छ। अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरिएको छ। समितिले प्रारम्भिक रुपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको छ। जहाजको तौल…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ । बिहीबार टिम छनोटका लागि भएको बिडिङमा पोखरा सर्वाधिक मूल्यमा बिक्री भएको छ। नेपाल टी-२० प्रालिले पोखरालाई ३ करोड ५७ लाखमा किनेको हो । यस्तै, काठमाडौं कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले पाएको छ भने चितवनलाई चितवन मेडिकल कलेजले किनेको छ । लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालय बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्टसले आफ्नो स्वामित्वमा पारेको छ ।

Read More

पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ ।त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए । बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई…

Read More

काठमाडौं— विगतका वर्षमा जस्तो यस वर्ष दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो। डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ती नोट व्यवस्थापनकै लागि यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी भएको राष्ट्र बैंकका…

Read More

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला कार्य समितिले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बजारमा उपभोक्ताहरुले भोगिरहेका समस्यासम्बन्धी ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाए लगत्तै, प्रमुख जिल्ला अधिकारी भुसालले बजारमा हुने सबै खाले बदमासि नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। साथै, मञ्चले उठाएका विषयवस्तुहरु तुरुन्त कार्यान्वयन गर्ने निर्णय पनि गरेका छन्। चाडपर्वको समयमा अधिकमुल्य वृद्धि, म्याद नाघेका खाद्य र गैरखाद्य वस्तु बिक्री, लेबलमा जानकारीको स्पष्टता, गैरकानुनी मिसावट, र बिल-बिजकको प्रयोग लगायतका समस्यामा लक्षित भई बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको छ। अर्को महत्त्वपूर्ण निर्णयमा चाडपर्वको बेला सवारी साधनको भाडामा हुने मूल्यवृद्धि बारे सघन अनुगमन गर्ने, मासिक रूपमा…

Read More

चितवन ,भदौ १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । स्थाही घर माडी भै भरतपुर ७ मर्स्याङदी टोल बसोवास गरि कोरियामा रहदै आउनु भएका किशोर पाण्डेले बालिकाको उपचारका लागि २५ हजार रुपैया सहयोग गर्नु भएको हो । आज एक कार्यक्रमका बिच सहयोगी किशोरका बुवा सामाजिक अगुवा कृष्णहरि पाण्डेले बिरामी बालिका समृद्धिकि फुपुदिदी शुशिला अधिकारी लाई हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा…

Read More

काठमाडौैं । गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माबीच आरोप प्रत्यारोप चलेको छ । समीक्षाले पूजाको एक अन्तर्वार्ताप्रति रोष प्रकट गर्दै स्टाटस लेखेपछि पूजाले पनि जवाफ फर्काएकी छन् । केही दिनअघि एउटा पोडकास्टमा पूजाले अभिनेता पल शाह र समीक्षा मुछिएको प्रकरणबारे टिप्पणी गरेकी थिइन् । अदाललले सफाइ दिइसककेको भन्दै उनले पलको बचाउ गरेको भिडिओ क्लीप शेयर गर्दै समीक्षाले आज कडा टिप्पणी गरेकी छन् । समीक्षाको स्टाटस यस्तो थियो अदालत नै पोडकाष्टहरु हुन् भने न्यायाधीश नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि । सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा…

Read More

१८ भदौ, आफ्नो फिल्म प्रदर्शनमा आएपछि नायिका पूजा शर्माले गर्ने तिकडमका बारेमा त सबैलाई अवगत भएकै हो । आफ्नो चलचित्र हलमा लागेपछि ‘रोनाधोना’ मा उत्रिएपछि आलोचित बनेकी पूजाले फेरि अर्को हर्कत गरेकी छन् । रुन्चे नायिका भनेर आलोचनाको शिकार भएपछि पूजाले अब रोएर चलचित्र चलाउँदिनँ भन्दै दाबी गरेकी थिइन् । तर, पछिल्लो पटक भने बलात्कारजस्तो जघन्य मुद्दाका विषयमा हल्का टिप्पणी दिएर पूजाले आफ्नो फिल्मप्रति दर्शकको आकर्षण बढाउने चेष्टा थालेकी हुन् । नायक पल शाहसँग एक पोडकास्टमा एकसाथ गएकी पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्- ‘भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको…

Read More

काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव राखिएको छ । समितिले आफ्नो काम पूरा गर्न अझै केही समय लाग्ने देखिएपछि समय थप गर्न लागिएको हो । समितिको म्याद १५ दिनका लागि थप्न लागिएको छ । यस अघि तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदै छ ।

Read More