चितवन ,भदौ १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । स्थाही घर माडी भै भरतपुर ७ मर्स्याङदी टोल बसोवास गरि कोरियामा रहदै आउनु भएका किशोर पाण्डेले बालिकाको उपचारका लागि २५ हजार रुपैया सहयोग गर्नु भएको हो । आज एक कार्यक्रमका बिच सहयोगी किशोरका बुवा सामाजिक अगुवा कृष्णहरि पाण्डेले बिरामी बालिका समृद्धिकि फुपुदिदी शुशिला अधिकारी लाई हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा साबिक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ , पत्रकार लक्ष्मण गौतम लगायतको सहभागीता रहेको थियो । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै हाल लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर अस्पताल उपचार भैरहेको छ । छोरीको उपचारमा हाल सम्म करिव ४० लाख रुपैयाँ खर्च भै सकेको र थप दुई बर्ष उपचारका लागि त्यति नै रकम लाग्ने भएपछी आफू समस्यामा परेको हुँदा सहयोगका लागि अनुरोध गरेको बिरामी बालिकाका बुबा दिलिप अधिकारीले बताउनु भयो । बिरामी बालिकाको उपचार प्रक्रिया अझै दुई बर्ष सम्म लाग्ने र खर्च पनि सोही अनुपातमा लाग्ने डाक्टरले बताएपछी बिरामीका परिवारजनले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हुन । सहयोगका लागि सहयोगदाताले बिरामी बालिका समृद्धिका बाबू दिलिप अधिकारीको माडी बसन्तपुरमा रहेको कृषि बिकास बैक खाता नम्बर 0508800915165011 तथा इसेवा नम्बर 9845940644 मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।
Trending
- रवि लामिछानेबारे संसदीय छानबिन- कसलाई राहत, कसलाई आहत ?
- बजेट अभावले दुई सय ८० खानेपानी आयोजना सुधार अधुरै
- एकमहीनामा उत्पादन तथा प्रशोधन समूहको सूचक १४ प्रतिशत घट्दा विकास बैंकको १ प्रतिशत मात्रै घट्यो
- घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ दैनिक २० हजार कमाई, भन्छन्- ठूलो सपना छैन !
- माओवादीलाई ओलीको व्यङ्य : २०८४ मा ४/५ लाख जति मत ल्याएर राष्ट्रिय पार्टीमा अडिएला कि !
- चितवनका संघसंस्थाहरुमा वातावरणीय र सामाजिक सुरक्षण सम्वन्धि तालिम सञ्चालन
- संवैधानिक परिषदको बैठक बिना निष्कर्ष सकियो, सोमबार फेरि छलफल हुने
- यो वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि, नतिजा २०८२ असार ६ गतेभित्रै