पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनको भव्य स्वागत गरिएको छ ।
त्रिभुवन विमानस्थलमा पदक विजेता पलेशा र प्रशिक्षक कविराज नेगी लामाको भव्य स्वागत गरिएको हो । पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य अञ्जना मास्के, तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, पलेशाको आमाबुबा, विभिन्न खेलका राष्ट्रिय खेलाडी र हजारौं खेलकर्मीले उनीहरूलाई स्वागत गरेका थिए । बाजागाजासहित त्रिभूवन विमानस्थलबाट पदक विजेता पलेशा, अर्का खेलाडी भरतसिंह महता र प्रशिक्षकलाई नगर परिक्रमा गराइदै राखेपमा विशेष कार्यक्रममार्फत स्वागत र सम्मान गरिएको थियो । —न्युज एजेन्सी नेपाल
Trending
- ठोरी क्षेत्रमा शिखर ईन्योरेन्सले पुंन घुम्ती बिमा कार्यक्रम संचालन गर्ने , किसान यस अघीका कार्यक्रम बाट लाभांबित पशु मर्दा ५ लाख भुक्तानी पाए
- राष्ट्रिय जनसास्कृतिक महासँघ चितवनकाे अध्यक्षमा कृष्ण खनाल निर्वाचित
- बाढीपहिरोको क्षतिमा साढे १० अर्बको बीमा दाबी, सबैभन्दा धेरै भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स
- चितवनमा करिब चार महिनामा एक सय ८७ सवारी दुर्घटना, १३ जनाको मृत्यु
- ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती, चितवन दुर्घटनामा परेर अस्ताए
- निकुञ्जबाट निक्लिएको हात्तीले माडीमा एकवटा घर भत्कायो, धानबालीमा क्षती, स्थानीयमा त्रास
- चितवनको सत्रकिलोमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु, ६ घाइते
- माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो