Author: admin

काठमाडौँ । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु १५ अर्ब २९ करोड (एक सय १५ मिलियन) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । यस सम्बन्धमा सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी विश्वव्यापी सञ्जालको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ । यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय सञ्चय कोषको अध्यक्षमा सचिव घिमिरेसरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा अर्थ मन्त्रालयका…

Read More

झापा । आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई भारतको विभिन्न सहरमा पु¥याउने गरिएको पाइएको छ । कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउछन । “विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उनले भने, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।” पछिल्लो समय मानव बेचबिखनको…

Read More

सरकारले विगतका सात वर्षमा जस्तै यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन सकेन। त्यसकारण सर्वोत्कृष्ट कर्मचारी सेवा पुरस्कारको घोषणाबिना नै शनिबार २१औं निजामती दिवस मनाइँदैछ।प्रत्येक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ। निजामती सेवाका ८६ हजार कर्मचारीमा २०७४ सालयता सर्वोत्कृष्ट भनेर कुनै कर्मचारीलाई पनि पुरस्कृत गरिएको छैन । योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई नदिइएको स्रोतको भनाइ छ। निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक शुक्रबार अपराह्न बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यस वर्ष सर्वोत्कृष्ट निजामती पुरस्कारलाई कसैलाई घोषणा नगरिएको स्पष्ट पारे। उनका अनुसार यस वर्ष २० कर्मचारीले…

Read More

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ का ७ वर्षका बिशाल श्रेष्ठ र स्याङ्जा निवाशी उहाँकी मामा घरकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो । शुक्रबार राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं. १० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति करिब साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।…

Read More

काठमाण्डौ – हलिया मुक्ति घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर १६ वर्ष भइसक्दा पनि पुनः स्थापना नहुँदा कष्टकर जीवन जिउन बाध्य भएको मुक्त हलियाको गुनासो छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका तीनसहित १२ जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गरेकोमा १६ वर्षसम्म पुनर्स्थापना पूरा नभएको हो । नेपाल सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये अहिलेसम्म १३ हजार पाँच सय ४६ परिवारले मात्रै पुनः स्थापना प्याकेज पाएका राष्ट्रिय मुक्त हलिया समाज महासंघका नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार…

Read More

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन् । चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा सार्वजनिक भएको थियो ।​

Read More

काठमाडौँ । विद्यार्थीको नतिजा कमजोर आउँदा सबैभन्दा पहिला शिक्षकहरूले गाली खान्छन् । पछिल्लो समय कक्षा १० र १२ को नतिजा सार्वजनिक भएपछि सबैले शिक्षकहरूलाई गाली गरे । शिक्षकहरूले भने नतिजा कमजोर आउनुमा आफूहरू जिम्मेवार नरहेको बताउँदै आएका छन् । शिक्षण सिकाइका कारण नै विद्यार्थीको नतिजाको मूल्याङ्कन हुने बताउँदै त्यसमा कमजोरी शिक्षकहरूकै रहेको आम बुझाई छ । सरकारले समेत शिक्षकहरूलाई समयसापेक्ष बनाउन नसकेको स्वीकार गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को नतिजा ७० प्रतिशत पास हुने गरी तयारी गर्न निर्देशन नै दिइसकेका छन् । सोही आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाएको छ । जसमा…

Read More

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चल्न दिने बाटो खोलेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो। भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन्। प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो। सरकारले अघिल्लो वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।

Read More

वीरगञ्ज (पर्सा), २१ भदौ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रूपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहनुभएको छ । “मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रूपमा पुस्तक बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको…

Read More

आकांक्षा धामी/नेपाल न्यूज बैंककाठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् । विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निणर्य गरिसकेको छ भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् । शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के-के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …।’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त बजारमा तहल्का नै पिटेको छ । विवादित हुँदा…

Read More