Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरी स्थित राजमार्गमा बसको ठक्करबाट गैँडाकोट ११ का ७ वर्षका बिशाल श्रेष्ठ र स्याङ्जा निवाशी उहाँकी मामा घरकी हजुरआमा ५५ बर्षीया श्रीमाया मानन्धरको मृत्यु भएको हो । शुक्रबार राति ९ वजे गैँडाकोट नगरपालिका वडा नं. १० नारायणगढबाट कावासोती जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसको ठक्करबाट श्रेष्ठ र मानन्धरको ज्यान गएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट बालक बिशालको घटनास्थलमै र हजुरआमा श्रीमायाको चितवनको पुरानो मेडिकल कलेजमा राति करिब साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।…
काठमाण्डौ – हलिया मुक्ति घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर १६ वर्ष भइसक्दा पनि पुनः स्थापना नहुँदा कष्टकर जीवन जिउन बाध्य भएको मुक्त हलियाको गुनासो छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका तीनसहित १२ जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गरेकोमा १६ वर्षसम्म पुनर्स्थापना पूरा नभएको हो । नेपाल सरकारले प्रमाणीकरण गरेका १६ हजार नौ सय ५३ परिवारमध्ये अहिलेसम्म १३ हजार पाँच सय ४६ परिवारले मात्रै पुनः स्थापना प्याकेज पाएका राष्ट्रिय मुक्त हलिया समाज महासंघका नेपालका अध्यक्ष ईश्वर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार…
काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक गरेको हो । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङसहित मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतले अभिनय गरेका छन् । चलचित्रमा गाउँमा हुने राजनीतिक गतिविधिलाई प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र केही समयअघि ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजमा सार्वजनिक भएको थियो ।
काठमाडौँ । विद्यार्थीको नतिजा कमजोर आउँदा सबैभन्दा पहिला शिक्षकहरूले गाली खान्छन् । पछिल्लो समय कक्षा १० र १२ को नतिजा सार्वजनिक भएपछि सबैले शिक्षकहरूलाई गाली गरे । शिक्षकहरूले भने नतिजा कमजोर आउनुमा आफूहरू जिम्मेवार नरहेको बताउँदै आएका छन् । शिक्षण सिकाइका कारण नै विद्यार्थीको नतिजाको मूल्याङ्कन हुने बताउँदै त्यसमा कमजोरी शिक्षकहरूकै रहेको आम बुझाई छ । सरकारले समेत शिक्षकहरूलाई समयसापेक्ष बनाउन नसकेको स्वीकार गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को नतिजा ७० प्रतिशत पास हुने गरी तयारी गर्न निर्देशन नै दिइसकेका छन् । सोही आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाएको छ । जसमा…
सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेसँगै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक चल्न दिने बाटो खोलेको छ। प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको हो। भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो। तर, प्राधिकरणबाट औपचारिक रूपमा जानकारी नपाएपछि केही सेवा प्रदायकहरूले टिकटकमाथिको प्रतिबन्ध हटाएका थिएनन्। प्राधिकरणले सार्वजनिक सूचना जारी गरेसँगै अब टिकटक सुचारुको बाटो खुलेको हो। सरकारले अघिल्लो वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।
वीरगञ्ज (पर्सा), २१ भदौ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रूपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहनुभएको छ । “मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रूपमा पुस्तक बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको…
आकांक्षा धामी/नेपाल न्यूज बैंककाठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् । विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निणर्य गरिसकेको छ भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् । शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के-के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …।’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त बजारमा तहल्का नै पिटेको छ । विवादित हुँदा…
प्रर्मीला कार्की/नेपाल न्यूज बैंककेही साता वितिसक्यो तीज पर्वसँग सम्बन्धित तस्बिर र भिडियोले सामाजिक संजाल रंगिएको । सारी र लेहेंगा पहिरिएर चिरिच्याट्ट परेका महिलाहरुका तस्वीरले तीज मनाउने तौरतरिका बदलिएको देखाउँछ । स्मार्ट मोबाइलले क्लिक भएका तस्बिर फेसबुकका भित्तामा रङ्गिएका छन् । तीजका तस्विर र मोबाइलबाटै अपलोड भएका भिडियोको म्यासेज बक्समा ‘ह्याप्पी तीज’, ‘सो नाइस’ लेखिएका कमेन्टको ओहिरो छ । छिनछिनमा अपडेट भइरहने तीजका तस्विर र भिडियोले हिन्दु धर्मावलम्वीका पर्वहरु अब स्मार्ट बन्दै गइरहेका छन् भन्ने स्पष्ट दृश्य झल्किन्छ । सामाजिक संजालको वालमा मात्र नभइ समग्रमा हिन्दु नारीहरुको महान चाड हरितालिका तीजले सबैतिर रौनक छाएको छ । सामाजिक संजालमा पोष्ट भएका तस्विर…
काठमाडौं- हिन्दू नारीको महान् पर्व हरितालिका तीजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरिँदै आएको छ । पित्तृसत्तात्मक समाजमा महिलाका दबाइएका आवाज, एउटा चेलीले घरमा भोग्नुपरेको दुःख, पीडाबाट छुटकारा लिएर माइतीघरमा आमा, दिदीबहिनी, साथीभाइसँग भेटघाट गरी गीतमार्फत आफ्ना वेदना पोख्ने तीजलाई महिला सशक्तीकरणको रूपमा हेर्न थालिएको हो । नेपाल बार एशोसिएसनका पूर्वउपाध्यक्ष रक्षा बस्याललाई महिला स्वतन्त्रताका दिनका रूपमा आवाज उठाउँदै आएको पर्वलाई आपसी प्रेम र सद्भावका रूपमा मनाउनुपर्छ भन्ने लाग्छ । ‘आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुपर्छ, श्रीमानका लागि व्रत बस्नेभन्दा पनि यो पर्वले परिवारमा आपसी सद्भाव कायम…
काठमाडाैं, भदाै २१ : आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तीज। आज बिहानैदेखि देशभरका शिवालयहरूमा व्रतालुको भिड लागेको छ। पशुपतिनाथको मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति देख्न सकिन्छ। हरितालिका तीजमा हिन्दु महिलाहरू विवाहित भए पतिको सुस्वास्थ्य र दीर्घायु तथा असल सन्तानको कामना गर्दै र अविवाहित भए असल र सुयोग्य वर प्राप्तिको कामना गर्दै निराहार व्रत बस्ने गर्दछन्। व्रत बस्दा गाह्रो नहोस् भनेर अघिल्लो दिन दरका रूपमा मीठा र तागतिला खानेकुराहरू खाने प्रचलन पनि छ। बिहानै उठेर नुहाइधुवाइ गरेर सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा जम्मा भएका महिलाहरू शिवको पूजापाठसँगै नाचगानसमेत गर्छन्। धेरैजसो महिला रातो पहिरनमा हुने भएकाले मन्दिर…
