Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»शिक्षकहरूलाई ओशो तपोवन शैलीमा तालिम दिँदै सरकार
    News

    शिक्षकहरूलाई ओशो तपोवन शैलीमा तालिम दिँदै सरकार

    adminBy adminSeptember 6, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ । विद्यार्थीको नतिजा कमजोर आउँदा सबैभन्दा पहिला शिक्षकहरूले गाली खान्छन् । पछिल्लो समय कक्षा १० र १२ को नतिजा सार्वजनिक भएपछि सबैले शिक्षकहरूलाई गाली गरे । शिक्षकहरूले भने नतिजा कमजोर आउनुमा आफूहरू जिम्मेवार नरहेको बताउँदै आएका छन् ।


    शिक्षण सिकाइका कारण नै विद्यार्थीको नतिजाको मूल्याङ्कन हुने बताउँदै त्यसमा कमजोरी शिक्षकहरूकै रहेको आम बुझाई छ । सरकारले समेत शिक्षकहरूलाई समयसापेक्ष बनाउन नसकेको स्वीकार गर्दै आएको छ ।


    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को नतिजा ७० प्रतिशत पास हुने गरी तयारी गर्न निर्देशन नै दिइसकेका छन् । सोही आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गृहकार्य अघि बढाएको छ । जसमा शिक्षकहरूलाई समयसापेक्ष तालिम समेत दिने प्रक्रिया अगाडि बढेको छ ।


    शिक्षकहरूलाई सेवाकालीन तालिम मात्र नभई अबदेखि मनोरञ्जनदेखि मेडिटेसनसम्म गराइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘बुट क्याम्प’ कार्यक्रममार्फत शिक्षकहरूको ‘ब्रेन वास’ गर्न लागेको हो ।

    यस वर्षको बजेटमा नै शिक्षकका लागि बुटक्याम्प कार्यक्रम राखिएको छ । केन्द्रका उप–महानिर्देशक तथा प्रवक्ता वसन्त कोइरालाले यसका लागि कार्यविधि बनाउने काम भइरहेको र भदौ सम्ममा सकिने बताए ।

    शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको तर, उनीहरूको थप क्षमता अभिवृद्धिका लागि बुटक्याम्पको अवधारणा अघि बढाइएको उनको भनाइ छ । उक्त कार्यक्रममा शिक्षकहरूलाई विपाश्ना शैलीमा तालिम, मेडिटेसनदेखि लिइएर गीत सङ्गीतसम्मको गराइने बताए ।

    ‘शिक्षकहरूलाई तालिम तथा प्रशिक्षण दिइरहेकै छौँ । तालिम र बुटक्याम्प फरक हुन् । ओशो तपोवन शैलीमा तालिम दिन खोजेका छौँ । यसमा गीत सङ्गीतदेखि लिएर मेडिटेसनसम्म हुनेछ । यसले शिक्षकहरूको क्षमतालाई थप अभिवृद्धि गर्नेछ,’ कोइरालाले भने । त्यसका लागि यो वर्ष १५०० जना बाल विकास शिक्षकहरू (ईसीडी) लाई तालिम दिइनेछ ।

    ‘बुटक्याम्प’ का लागि सरकारले तीन करोड १५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । बजेट कार्यान्वयन गर्न बनाइएको योजनामा बाल विकास शिक्षकको क्षमता तथा आवश्यक ज्ञान, सीप र सिकाइ अभिवृद्धि गराउन ‘बुटक्याम्प’ गरिने उल्लेख छ । शिक्षकको क्षमता विकास नभएसम्म बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नभएको भन्दै बालविकास शिक्षकलाई त्यसरी नै तामिल दिन लागिएको कोइरालाले बताए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.