Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Life Style»तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने
    Life Style

    तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

    adminBy adminSeptember 6, 2024No Comments8 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आकांक्षा धामी/नेपाल न्यूज बैंक
    काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको मौलिकपना हराउँदै गएको छ । सस्तो लोकप्रियताका नाममा यस पटकका तीज गीतमा पनि विकृति भित्रिएका छन् ।

    विकृति भित्रिएसँगै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले छाडा गीत प्रसारण नगर्ने निणर्य गरिसकेको छ भने तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले पनि विज्ञप्ति निकाल्दै माफी मागेकी छन् । शान्तिश्रीले गाएको अहिलेको विवादित गीत हो ‘काले के-के बोल्यो बोल्यो मलाई बिस्ताराले पोल्यो …।’ यो गीत नसुन्ने अहिले कमै होलान् । तर यो गीत एकान्तमा मात्र सुन्ने खालको छ । यसको भिडियोले त बजारमा तहल्का नै पिटेको छ ।

    विवादित हुँदा गायिका शान्तिलाई मन पराउनेहरु पनि आक्रोशित नै भएका छन् । शान्ति सबैको नजरमा राम्रो गायिकाको ट्याग लागेकी लोकप्रिय गायिका हुन् तर पछिल्लो समय गीत विवादित हुँदा उनलाई दर्शक स्रोताले आलोचना गरिरहेका छन् ।
    एउटा गीत विवदको मुखमै रहेका बेला शान्तिश्रीको अर्को गीत पनि उहीँ पाराको छ । भर्खरै मात्र बजारमा आएको शान्तिश्रीको अर्को गीत ‘जवानीले पोल्यो …।’ तर, उनको नयाँ गीत ‘जवानीले पोल्यो’ मा पनि पूर्ववत् शैली र प्रस्तुति देखिएको छ । गीतको शब्द, भिडिओ र कोरियोग्राफी अघिल्लो गीतसँग मिल्दोजुल्दो छ । मोडल र पहिरन पनि उस्तै छन्, र उत्तिकै आकर्षक नृत्य प्रस्तुत गरिएको छ । विश्लेषकहरूका अनुसार यो गीत अघिल्लो जत्तिको ‘क्याची’ नभए पनि, यसको शैली र प्रस्तुतिले फेरि विवाद निम्त्याउन सक्ने देखिन्छ । शान्तीश्रीको यो कदमले उनको पूर्व प्रतिबद्धता र कलाकारको सामाजिक जिम्मेवारीबारे प्रश्न उठाएको छ ।

    अहिले तीजकै लागि भनेर निकालिएका एकपछि अर्को गीत विवादित बनिरहेका छन् । तीजको अर्को ‘गुलेली तन्कियो’ बोलको गीत पनि निर्विवाद छैन । यो गीतको भिडियोमा अभिनेता राजेश हमाल पनि देखिएका छन् । भदौ तेस्रो साता मनाइने तीज ताकेर गत असारदेखि नै गीतहरू आइरहेका छन् । कुनै गीत दर्शक, स्रोताले मन पराएर चर्चामा छन् । कतिपय चाहीं शब्द, दृश्याङ्शका कारण विवादित छन् । तीज भनेर ल्याइएका अक्सर गीत तीजको नभएर रत्यौलीको झल्को दिएको भन्दै आलोचना भइरहेको छ ।

    यस्तै नेत्र अर्यालको शब्द, भगिरथ चलाउने र कविता खत्रीको आवाजमा रहेको ‘दिउँला बरी लै’ बोलको गीत रिलिज भएदेखि नै विवादमा छ । दुई साताअघि कविता खत्री युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको कमेन्ट बक्स गालीले भरिएको छ । अधिकांशले गीतको शब्द मन पराएका छैनन् ।
    विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन् । परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले पनि गाउन थालेका छन् । यस्तै एउटा उदाहरण हो जो आफूलाई गायक भन्दा पनि मोडल भन्न रुचाउने गायक दुर्गेश थापाले तीन वर्षअघि गाएको ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ बोलको गीत डेढ करोड पटकभन्दा बढी हेरिएको छ ।

    चर्चामा आउनकै लागि तीजको अवसरमा गीत ल्याउनेहरु उतिकै छन् । छोटो समयमा चर्चामा आउनको लागि मौलिकपनालाई ध्यान नदिँदा यस्ता गीतहरु परिवारसँग बसेर हेर्न नसकिने अवस्था छ । वर्षभरीका घटना, नारीका पीर, वेदना तथा सन्देशमुलक सामाग्री भन्दा पनि अनावश्यक तडकभडक शैलीको सिकोले गीतमा विकृती फैलाएको छ । यस्तै गीतका कारण मौलिकतामा ध्यान दिने वास्तविक तीजे भाका ओझेलमा पर्न थालेका छन् ।
    तीजको मौलिकतालाई समेट्न नसकेको गुनासो अहिले चर्को रुपमा उठ्न थालेको छ । यसरी तिजका भाकाहरुमा आफ्नोपना हराउँदै जाँदा यो चिन्ताको विषय हो । यसको नियन्त्रण गर्दै तीजको मौलिकता जोगाउनु आवश्यकता देखिन्छ । बरिष्ठ लोक गायक रामप्रसाद खनाल तीजको मौलिकपन वर्षभरी घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर सोही अनुसार महिला पुरुष सँगै गाउँने सँगै नाच्ने सँगै बजाइँदिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छन् ।
    ‘तीजको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन् । कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हाबी भएको छ,’ उनले भने,‘कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन् । देशमा लोक गीत, दोहोरी गीत र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएको कारणले मैले बोल्नैपर्छ।’

    तीज गीतले पहिला र अहिले निकै फरक भएको भएपनि संस्कृति विनाशको बाटो गइरहेको उनको चिन्ता छ । एकैछिन भाइरल भएर केही नहुने भएकाले लोकको प्रिय बन्न उनी सुझाव दिन्छन् । ‘दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतीपूणर् गीतहरुलाई होइन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा सोच्नुपर्छ,’ उनले भने । तीज खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने गौरव बोकेको संस्कृति हो । सदियौँदेखि चलिआएको मौलिक पर्वमा अहिले भने खोक्रोले भरिएको जस्तो लाग्न थालेको छ । हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्ने गरेको पाइन्छ ।

    वर्ष दिनसम्म घरमा भोगेका दुःख, पतिको माया सबै गीतैले छताछुल्ल पार्ने चलन गाउँघरतिर अझै जारी छ । तीजमा माइत आउँदा सबै तीता अनुभव बिर्सिने गरी आत्मीयता साट्ने, मीठो-मसिनो खाने, चोखो दर खाएर भोलिपल्ट निराहार व्रत बस्ने अनि चौतारी, स्कुल, चोकमा भेला भएर नाचगान गरेर तीज मनाउने चलन हराउँदै गएकोमा चिन्ता बढेको छ । तर हिजोआज तीज महंगा होटल र पार्टी प्यालेसमा गर्न थालिएको छ । परम्परामा परिवर्तन आएर संस्कार नै मेटिनेगरी गीतहरु बजारमा आएका छन् । बुवाआमा दाजुभाइसँग बसेर सुन्नै नसकिने तीजका भाका युटुवमा छ्यापछ्याप्ती छन् ।
    आफ्नो संस्कारलाई अतिरन्जित गर्दै अहिले मौलिक तीज हराएकोमा चिन्ता बढ्न थालेको छ । बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् ।

    तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । पहिला लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेका छन् । महिलाले सासू-ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिका रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ । समय-परिस्थिति फेरिएकाले माथिको भाका अहिलेका लागि असान्दर्भिकप्रायः छ । जानकारहरूका अनुसार, अब तीजका गीत विरह, वेदनाकै हुनुपर्छ भन्ने रहेन तर पर्वको मर्मलाई गीतमा मर्न दिन हुँदैन । अचेल नेपाली मौलिकता झल्काउने शब्द, आफ्नोपन सम्झाउने परिवेशभन्दा भड्किला र उत्ताउला गीत आउने क्रम बढेको छ ।

    गीतकार रुद्रप्रसाद अधिकारीले हरितालीका तीज नेपालमा धेरै मान्यता दिएपनि पछिल्लो समय पर्व समाज भन्दा बाहिर गइरहेको दुःख व्यक्त गर्छन् । तीज पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदै लगिएको उनको चिन्ता छ । ‘तीजमा मेला लगाउने र महिलाहरु दरमा होइन दारुमा रमाइरहेका छन् । पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदैछ । समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो अहिले त्यो सम्पूणर् बन्धनहरुबाट समाज खुल्ला हुँदै गएको छ,’ उनले अगाडि भने,‘अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ ? न कुलको परम्परा छ ?न लोकआचार छ, कुलआचार, शास्त्राचार केहीपनि छैन् । समाज विस्तारै स्खलित हुँदै गइरहेको छ । यस विषयमा सजक र सचेत बन्नैपर्छ ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.