Author: admin

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार नै पक्राउ गर्ने प्रहरीले तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालत समक्ष पक्राउ अनुमति माग गरेको थियो। प्रहरीको माग अनुसार बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिव देखिएको भन्दै अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ। ठगी तथा संगठित अपराध सम्बन्धि मुद्दाको अनुसन्धानको लागि लालचन्द्र लामिछानेका छोरा काठमाडौँ महानगरपालिका ६ स्थायी वतन भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ हात्तिगौंडा बस्ने गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक ४९ वर्षको रवि लामिछानेलाई पक्राउ गरेर पठाइदिन कास्की प्रहरीले सीआईबीसहितका कार्यालयलाई पत्राचार…

Read More

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा छ, थाहा छ नि तिमीलाई?,’ रविले निकितलाई भने। जवाफमा निकिताले भनेकी छिन्, ‘थाहा छ।’ त्यसपछि उनी प्रहरीसँग आफ्नो चेम्बरबाट निस्किएका थिए। पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै उनले आफ्नै हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने दाबी पनि गरे। ‘यो हातले आज यसमा हस्ताक्षर गरेको छ। यही हातले कयौँ भ्रष्टाचारीलाई थुन्ने कागजमा हस्ताक्षर गर्छ,’ लामिछानेले भने,…

Read More

काठमाडौँ — सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो । लामिछानेले १८.४५ बजे पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका छन् । उनलाई अहिले स्थलमार्गबाट पोखरा लगिँदैछ । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो…

Read More

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।

Read More

डारोन एसमोग्लुसाइमन जोन्सन – कृत्रिम बौद्धिकता (एआई) र यसले राम्रा रोजगारीमा पार्ने खतरा बिल्कुल नयाँ समस्याजस्तो देखिन्छ, तर हामी यो समस्यासँग कसरी जुध्ने भन्ने खोज्न डेभिड रिकार्डोका विचारलाई खोतल्दै छौँ । रिकार्डो आधुनिक अर्थशास्त्रका संस्थापकमध्ये एक हुन् । अझ उनी प्रत्यक्ष रूपमा औद्योगिक क्रान्तिलाई अवलोकन गरेका व्यक्ति पनि हुन् । उनको चिन्तनको विकास तथा उनको चिन्तनमा छुटेका केही विषय आजको परिस्थितिमा हाम्रा लागि धेरै उपयोगी हुन सक्छन् । एआईको विकाससँगै धेरै मानिसले राम्रा भनिएका जागिर गुमाउन सक्छन् । उनीहरू अझै न्यून ज्यालाको काम गर्न बाध्य हुन सक्छन् । अहिले नै ‘अल्गोरिदम’हरूले मानिसको समय र ध्यान आवश्यक पर्ने काम खोस्न थालिसकेका…

Read More

काभ्रेपलाञ्चोक- गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो। स्थानीयका गास-बास-कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो। जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए। यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो। यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन्। बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो।…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ । भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए । उनले भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाए । एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए।

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयवासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य।

Read More

काठमाडौं- सुन। चम्किलो धातु। सजिलै पगालेर बन्छ सिक्कादेखि विभिन्न गहनासम्म। गजुरदेखि मूर्तिसम्म। खिया लाग्ने, खुम्चने र क्षय हुने डर छैन। सिधा ठाउँ बनाउँछ आँखामा र दिमागमा। यो अनौठो धातुले विश्व बजारलाई प्रभाव पारिरहेको वर्षौं भयो। सञ्चारमाध्यमले निरन्तर सुनका ठूल्ठूला ढिक्का देखाएर मूल्य घटबढमात्र होइन तस्करीका काण्ड पनि पढाइरहेकै छन्। साढे ३३ किलो सुन तस्करीले देश तातेको निकै भयो। जलहरीदेखि मूर्तिलेपनसम्म कति घोटाला भए। यस्ता कति काण्ड आउँदै सेलाउँदै भइरहँदा बजारमा लगानीको भरपर्दो माध्यममा सुनले आफूलाई सधैँ अघि राख्दै आएको छ। यस्तो लाग्छ समाजका हरेक तप्का सुनकै पछि छ। नेपालका धेरै समाजमा सुन आभुषणमात्रै होइन संस्कृति नै बनेको छ। नाता जोड्ने…

Read More

बडा दशैंको सातौं दिन अर्थात् आज घरघरमा शुभसाइतको प्रतीक मानिने फूलपाती भित्र्याउने परम्परा चलिरहेको छ। हरेक वर्ष आश्विन शुक्ल सप्तमीको दिन दुर्गा पक्षअन्तर्गत शास्त्रीय विधिपूर्वक नवपत्रिका भित्र्याउने परम्परा रहेको छ। घटस्थापनाको दिनदेखि नै दुर्गा देवीलाई वैदिक विधिपूर्वक आह्वान गरी पूजा गरिने पूजा कोठा वा दशैंघरमा विशेष प्रकारका वनस्पतिहरू भित्र्याइन्छ। यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई नवपत्रिका भनेर पूजा गरिन्छ। यी सबै वनस्पतिहरू नौवटी देवीको प्रतीकका रूपमा मानिन्छन्। धर्मशास्त्र अनुसार नवपत्रिकालाई नौ देवीको प्रतिरूपको रूपमा पूजाआजा गरिन्छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार, केरा ब्रह्माणी, दारिम रक्तदन्तिका, धान लक्ष्मी, हलेदो दुर्गा, मानवृक्ष चामुण्डा,…

Read More