Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»विपद्‍मा काभ्रे
    News

    विपद्‍मा काभ्रे

    मानवीयसँगै अधिक भौतिक संरचनामा क्षति
    adminBy adminOctober 11, 2024No Comments10 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काभ्रेपलाञ्चोक- गत साताको अबिरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो। स्थानीयका गास-बास-कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो। जिल्लामा १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७७ जनाले ज्यान गुमाए। यो सङ्ख्या यस् विपद्मा मृत्यु हुनेमध्ये ३१ दशमलव ५६ प्रतिशत हो।


    यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन्। बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

    मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापको महिलाको मृत्यु भएको हो। घटनामा हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ।

    जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ। बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक अझै हुन सकेको छैन।


    सडक, विद्युत् र सञ्चार सम्पर्क हुन नसकेका कारण जिल्लाका प्रभावितको क्षतिको विवरण प्राप्त हुन नसकेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए। उनका अनुसार भौतिक संरचना, कृषि तथा पशुपंक्षीको यकिन क्षति विवरण आउन अझै केही दिन लाग्नेछ।

    प्रारम्भिक तथ्याङ्कअनुसार समितिले पनौती एक हजार पाँच सय, रोशीमा छ सय, बेथानचोकमा एक हजार, मण्डनदेउपुरमा पाँच सय, नमोबुद्धमा तीन सय, धुलिखेलमा एक सय, बनेपा एक सय, पाँचखालमा एक सय, तेमालमा तीन सय, चौंरीदेउरालीमा एक सय, भुम्लुमा एक सय, महाभारतमा एक सय र खानीखोलामा एक सय गरी चार हजार नौ सय त्रिपाल, नौ हजार आठ सय म्याट र सोही सङ्ख्यामा ब्ल्याङ्केट उपलब्ध गराउन गृह मन्त्रालयलाई अनुरोध गरेको छ।

    बाढी, पहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन्। बाढी, पहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् भने क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ।

    प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन्। सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकका आठ तह हुन्। घोषित तह रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौंरीदेउराली र महाभारत गाउँपालिका रहेका छन्। जिल्लाका प्रभावित केही स्थानमा स्थानीय बेपत्ता अवस्थामै रहेका छन्। यसकारण मृतकको सङ्ख्या बढ्ने सम्भावना देखिन्छ। प्राप्त विवरणअनुसार जिल्लामा ७५ जनाको निधन भएको छ। निधन भएकाको प्रहरीले मुचुल्का प्राप्त गर्न नसक्दा मृतकमा सूचीकृत गर्न सकिएको छैन।

    सरकारले दिने भनेको मृतक प्रतिव्यक्तिको परिवारलाई रु दुई लाखका दरले नगद उपलब्ध गराउने काम तीब्र रुपमा भएको छ। पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ। पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउन सुरु गरिएको ढकालले बताए।

    यस्तै विपद्बाट घर, बहाल, आवास नस्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुबै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ।

    यसका लागि स्थानीयको सूची सङ्कलनका लागि स्थानीयले प्रक्रिया अघि बढाएको छ। हालसम्म समितिलाई प्राप्त विवरणअनुसार पनौती-१२ मा करिब सात सय परिवार घरबारविहीन, १ नं वडामा ४० परिवार घरबारविहीन भएका छन् भने एक सय घर भत्किएका छन्। वडा नं २ मा ५२ घर, वडा नं ३ मा २५ घर पूर्णरुपमा क्षति भएका छन्। यस्तै वडा नं ११ मा तीन सय ३७ घर भत्किएको जनाइएको छ।

    समितिले तत्काल बेथान्चोक, चौंरीदेउराली र रोशी गाउँपालिकालाई चार थान पाल उपलब्ध गराई स्वास्थ्य सेवा सुचारु गरेको छ। पूर्वाधार, खाद्य कृषि तथा पशुपंक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाई तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावरण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरुको संयोजकत्वमा जिम्मेवारी दिएको समितिले जनाएको छ।

    विसं २०२८ पछिको दोस्रो विपत्ति मानिएको काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मूल्याङ्कनसमेत गर्न कठिनाई हुने गरी क्षति भएकाले यकिन विवरण प्राप्त हुन समय लाग्ने बताइन्छ। विशेषगरी बेथान्चोक, रोशी, तेमाल, पनौती, बनेपा, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध, चौंरीदेउराली, खानीखोला, भुम्लुलगायतका तहमा धेरै मानवीय तथा भौतिक क्षति भएको छ।

    राष्ट्रिय जनगणना २०७८ मा सामुदायिक प्रश्नावलीमार्फत प्रत्येक वडा कार्यालयमा गई सोधिएका प्राकृृतिक विपत् तथा जोखिम बारेमा सोधिएको प्रश्नानुसार काभ्रेपलाञ्चोक जिल्लाको कूल एक सय ३५ वडामध्ये बाढीको जोखिम ४९ (३६ दशमलव ३० प्रतिशत) वडा, पहिरोको जोखिम एक सय १५ (८५ दशमलव १९ प्रतिशत) वडा, भूक्षयको जोखिम ४३ (३१ दशमलव ८५ प्रतिशत) वडामा देखिएको थियो।

    यस्तै जिल्लाका विभिन्न क्षेत्रमा डुबान, आँधी हुरी बतास, चट्याङ्ग, असिना, अतिबृष्टि, खण्डबृष्टि, लू, शीतलहर, सुख्खा वा खडेरी, आगलागी (बस्तीमा), बन डढेलो, हिमताल विस्फोट, हिमपहिरोलगायतका जोखिम छन्।

    जिल्लामा बाढीपहिरोबाट करिब चार हजार पशुपंछी मरेको अनुमान गरिएको छ। सबैभन्दा धेरै पनौती नगरमा दुई हजार सय सय पशुपंछी मरेका छन्। जिल्लास्थित पशु सेवा कार्यालयका निमित्त प्रमुख डा निशान्त शर्मा गेलालका अनुसार जिल्लाका १३ वटै तहबाट प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको छ।

    सञ्चार सम्पर्क नभएका कारण यकिन तथ्याङ्क आउन केही दिन लाग्ने भएकाले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरी खोज, उद्धार तथा उपचार र राहतका कार्यक्रम सुरु गरिएको गेलाले बताए। उनका अनुसार मरेका पशुहरुको व्यवस्थापन, घाइते पशुको उपचार तथा आहारका लागि स्थानीय तहमार्फत सहयोग उपलब्ध गराइएको छ। स्थानीय सडकमार्ग सञ्चालन लगत्तै प्रभावित तहमा सहयोग उपलब्ध गराइने गेलालले बताए।

    जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोलालगायतका तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन।

    प्राप्त जानकारीअनुसार धुलिखेलमा दुई सय ९१, बनेपामा ६९, नमोबुद्धमा १२, मण्डनदेउपुरमा तीन, पनौतीमा दुई हजार एक सय, पाँचखालमा चार सय ४०, बेथानचोकमा ८०, भुम्लुमा नौ सय ८७ र तेमालमा २५ वटा पशुपन्छी मरेको कार्यालयले जनायो। यसमध्ये ५२ वटा गाई, ४० वटा भैसी, एक सय ६४ वटा बाख्रा, एक सय १३ वटा बंगुर, एक हजार एक सय २९ कुखुरा, चार सय चार वटा हाँस, पाँच वटा खरायो गरी चार हजार सातवटा पशुपन्छी मरेको प्रारम्भिक तथ्यांक प्राप्त भएको हो। मरेका पशुको उचित ब्यवस्थापन हुन नसक्दा गाउँभर गन्ध फैलन थालेको स्थानीय बताउँछन्।

    यसैगरी बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा कम्तिमा ९२ विद्यालयमा क्षति पुगेको छ। जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाईले जनाएको छ। अबिरल वर्षाका कारण बाढी, पहिरो आएदेखि विद्यालय पूर्णरुपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म विद्यालय नै बन्द रहने क्षतिग्रस्त विद्यालय सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन्।

    एकाई प्रमुुख देवकी ढकालले बाढी, पहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा २८, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको जानकारी दिए।

    उनका अनुसार बाढी, पहिरोबाट सबैभन्दा धेरै विद्यालयमा क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन्। ‘रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालयमा अधिक मात्रामा क्षति पुगेकाले तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन’, उनले भने।

    एकाईका अनुसार बाढी, पहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेल नगरमा एक विद्यार्थीकोे मृत्यु भएको छ। उनले जिल्लाका क्षतिग्रस्त विद्यालयमा के-कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे माथिल्ले निकायसँग समन्वय गरेर मात्रै निक्र्यौल गरिने बताए।

    उनका अनुसार बाढी, पहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षति बिवरण आइपुगेको छैन।

    यसैबीच जिल्लाका विपद् प्रभावित चार तहलाई बागमती प्रदेश सरकारले २०/२० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। गत शनिबारको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरलाई २० लाखका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

    यस्तै नमोबद्ध र मण्डनदेउपुर नगर तथा चौंरीदेउराली र महाभारत गाउँपालिकालाई १० लाखका दरले रकम पाँच करोड ८० लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो।

    असोज १२ गते रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा बगाएपछि उक्त स्थानबाट सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका अलपत्र यात्रुलाई भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको थियो।

    राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग गत शनिबार विहानदेखि नै ठप्प अवस्थामा रहेको छ। नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाले कटान गर्दै सडक बगाएपछि माथि ठूलो भीर भएको र रोशी खोलाको बहाबका कारण सो स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन।

    विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा अड्किएका सवारीसाधन सञ्चालन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको कामसमेत थालिएको जनाइएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले गत मङ्गलबारदेखि रोशी खोलाको बाढीले सबैभन्दा बढी अबरुद्ध तथा क्षतिग्रस्त सडक मर्मतको काम सुरु गरेको थियो।

    साथै, विभागले बगाएको चौकीडाँडाको दुई सय मिटर सडकमा अस्थायी रुपमा सडक निर्माण थालेको जनाइएको छ। रोशी खोलाको बहाबलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुने गरी निर्माण थालिएको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनीयर सुमन योगेशले बताए। एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी रुपमा सडक बनाउन थालिएको उनले जानकारी दिए। रासस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.