Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Current Affairs»रवि पक्राउ परेपछि रातभर रास्वपा कार्यकर्ताको नाराबाजी
    Current Affairs

    रवि पक्राउ परेपछि रातभर रास्वपा कार्यकर्ताको नाराबाजी

    नारा लगाउँदै रास्वपा कार्यकर्ताले भने- 'नडराउनु रवि दाइ जनता तिम्रो साथमा छ', 'भ्रष्ट सरकार चाहिदैन, न्याय मार्न पाइदैन,' सहकारी पीडितलाई न्याय दे'
    adminBy adminOctober 18, 2024No Comments23 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि शुक्रबार रातभर उनका समर्थकहरूले नाराबाजी गरेका छन् ।
    रविका समर्थकहरूले उनलाई पक्राउ गरेको आक्रोसमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् ।


    प्रहरीले शुक्रबार साँझ पौने ७ बजे लामिछानेलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि लामिछानेकै चाहनाबमोजिम सडकमार्ग भएर पोखरातर्फ लगिएको थियो । लामिछानेलाई नियन्त्रणमा लिनेबित्तिकै रास्वपा केन्द्रीय कार्यालय परिसरमा नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।


    उनीहरूले लामिछाने निर्दोष रहेकोमात्रै होइन, उनलाई प्रतिसोधका आधारमा पक्राउ गरिएको र सहकारी ठगीका असली अपराधीहरू भने सत्तारुढ दलले संरक्षण गरेर राखेको भन्दै आरोप लगाएका थिए । सडकमार्ग भएर पोखरा जान चाहेका लामिछानेको पक्षमा रास्वपाले धादिङ, चितवन, तनहुँ हुँदै पोखरासम्म नै सडकमा समर्थकको भीड उतारेको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालसहित दर्जनौँ नेताहरू लामिछानेलाई पछ्याउँदै राति नै पोखरा पुगेका छन् ।

    लामिछानेलाई प्रहरीले गाडीमा राखेर लैजाँदै गर्दा ठाउँ-ठाउँमा रास्वपाका नेता कार्यकर्ताहरूले बाटो छेकेर नाराबाजी र विरोध प्रदर्शन गरेका थिए भने कतिपय ठाउँमा बाक्लो प्रहरी परिचालन गर्नुपर्ने स्थिति बनेको थियो ।


    चितवन-२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा ठूलो भीड देखियो । त्यहाँ निर्वाचन क्षेत्रबाट समेत ठूलो संख्यामा मान्छेहरूको आवतजावत् हुने देखिएपछि प्रहरीले लामिछानेलाई मुग्लिन कटाउञ्जेल नारायणगढ-मुग्लिन सडक नै बन्द गराएको थियो ।

    लामिछानेलाई काठमाडौँबाट हिडाएलगत्तैदेखि मुग्लिनमा जम्मा भएका उनका समर्थकहरूले लामिछाने त्यहाँ पुगुञ्जेलसम्म नाराबाजी र प्रदर्शन गरेका थिए ।

    लामिछानेलाई प्रहरीले मुग्लिन पुर्‍याउँदा उनीहरूले प्रहरीको गाडी रोकेर लामिछानेसँग संवाद गर्ने भन्दै धकेलाधकेल समेत गरेका थिए । मुग्लिनमा जम्मा भएका नेता कार्यकर्ताहरू पोखरासम्मै पुगेका छन् ।

    लामिछानेलाई राति ३ बजे प्रहरीले पोखरा पुर्‍याएर हिरासतमा लिएपछि समेत समर्थकहरूले प्रहरी कार्यालयबाहिर नाराबाजी गर्दै सरकारको विरोध गरेका छन् । उनीहरूले ‘असली सहकारी ठगहरूलाई कारबाही गर, भ्रष्ट सरकार चाहिदैन, रवि लामिछानेलाई रिहा गर, नडराउनु रवि दाइ जनता तिम्रो साथमा छ भन्दै नाराबाजी गरेका थिए ।

    अदालतको अनुमतिमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिँदा समेत लामिछानेले आफ्नो पक्षमा भीड देखाएर अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो ।

    सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

    आफू सहकारी प्रकरणमा निर्दोष रहेको दाबी गरेका लामिछानेले भने आफूमाथि अनुसन्धानका लागि पक्राउ पूर्जी जारी हुँदासमेत आफ्ना समर्थकहरूलाई भड्काउने र अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेका छन् ।

    उनी काठमाडौँमा पक्राउ पर्ने बित्तिकै रास्वपाले काठमाडौँसहित सडकमार्ग रहेको क्षेत्र र पोखरामा समेत आफ्ना कार्यकर्ताहरूलाई सडकमा उत्रिन आन्तरिक सर्कुलर गरेको थियो ।

    रास्वपाका नेताहरूका अनुसार शनिबारदेखि थप प्रदर्शनका कार्यक्रमहरू बनाइएको रास्वपाका सांसद शिव नेपालीले जानकारी दिए। शनिबार राति लामिछानेको पक्षमा नाराबाजी गर्दै सयौँको संख्यामा नेता कार्यकर्ताहरू पोखरा पुगिसकेका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.