Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
नारायणगढ-मुग्लिन सडकअन्तर्गत सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोकिँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको हाइस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान करिब ३ बजे ठोकिएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइसका यात्रु हुन्। मृतकमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बसका चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय सूर्यविक्रम विष्टलाई…
चितवन , कार्तिक २३ – माडी नगरपालिका वडा नं ८ स्थित बैकुण्ठ तालमा आज दिउसो चिप्लिएर बेपत्ता भएका पुरुषकाे शव तालकाे हिलोमा गडेको अवस्थामा भेटिएकाे छ । ससत्र प्रहरीको कुरिनटारबाट आएको गोताखोर सहितको बिपद् उद्धार प्राविधिक टोलीले भ.न.पा-१६ स्थित शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव अहिले साँझ तालबाट बाहिर निकालिएको हो । फोटो खिँच्ने क्रममा बिहान करिब ११ः३० बजे लेउ लागेको ढुङ्गाबाट खुट्टा चिप्लिएर पानीमा डुबेर बेपत्ता भएका उनि हिलोमा गडेको अवस्थामा मृत भेटिएका हुन्।
पोखरा— पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन्। कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ। सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ। प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन। अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका…
काठमाडौं । तिहारको मुख्य दिन दिदीबहिनीले एकअर्कालाई टीका लगाई दिएर भाइटीका पर्व मनाइँदै छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । यसबारे जान्न र बुझन जरुरी छ । जनजिब्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका ।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि भाइटीकालाई लक्षित गरी थरिथरिका रंगहरु बिक्रीका लागि राखिएका हुन्छन् । तर, शास्त्रीय मान्यताको कुरा भने आम धारणा र चलनचल्ती भन्दा भिन्न छ ।…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् । सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी दिनमा अझै राम्रो काम गर्न प्रधानमन्त्रीलाई आफूले सुझाव दिने उनले बताए । त्यस्तै, सभापति देउवाले एमालेसंगको गठबन्धनमा देशभरका कांग्रेस नेता तथा कार्यकर्ताहरु खुसी रहेको धारणा राखे । अहिलको सरकारलाई पूरा समयसम्म सफल पार्नका लागि आफूले पहल गर्ने उनको भनाइ छ । त्यस्तै, देउवाले कुनै पनि क्षेत्र…
सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले भेटेका छन्। उपसभापति वाग्लेले पोखरा पुगेर पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई शुक्रबार साँझ भेट गरेको जानकारी दिएका छन्। सभापति लामिछानेको मनोबल उच्च रहेको आफूले पाएको वाग्लेको भनाइ छ। सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित ८० वटा सामान्य प्रश्नको बयान सकिएको र खासै नयाँ कुरा नआएको वाग्लेले उल्लेख गरेका छन्। भेटका क्रममा लामिछानेले आफूसँग अर्काे ३ वर्ष ओली-राणा-देउवाकै शासन चले देशको के हाल होला भनेर चिन्ता व्यक्त गरेको वाग्लेले बताएका छन्। वाग्लेले शनिबार भनेका छन्, ‘राजनीतिक प्रतिशोधका लागि अनावश्यक प्रहरी हिरासतमा राखिनुभएका रास्वपा सभापति रवि…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको तिहार हिरासतमै बित्ने भएको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका उनको तिहार हिरासतमै बित्ने भएको हो । कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो । तर आज कात्तिक १५ गतेदेखि तिहार बिदा परेकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बित्ने भएको हो । रविलाई अब एकै पटक कात्तिक २० गते अदालतमा उपस्थित गराइनेछ । तिहार बिदा सकिएपछि कार्यालय खुल्ने पहिलो दिन कात्तिक…
एउटै बिध्यालयमा करीब ४० बर्षको स्पर्ष ! बिध्यार्थी देखी प्रधानाध्यापक सम्म ३१ बर्ष अध्यापन बाट अवकाश
सुदीप थापा – ठोरी -२ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा एउटा छुट्टै ईतीहास बोकेको बिध्यालय हो ! पिपलको रुखबाट अध्यापन शुरु भएको यस बिध्यालयले आफैले बिध्यार्थी जम्मायो आफ्नै लागी मेरुदण्डहरु हरु खडा गर्यो ! पुरानो ईतीहास बोकेको बिधालय अहिले नमुना बिधायलययको रुपमा स्थापीत छ ! सुबिधा सम्मन भवनहरु छन् ! बिधालयको प्रगती ढिला भएपनी राम्रो जग बस्दै गएको छ ! यो उपलब्धी यसै भएको भने होईन सो बिध्यालयलाई बिभीन्न भुमीकामा कठीनताका बाबजुत आफ्नो जिवनको महत्वपूर्ण आधा समय दिने पात्रहरुकै कारण आज बिध्यालयले एउटा इतीहास बनाउदै अघी बढेको छ ! उही पात्र मध्यका एक हुनुहुन्छ आदणीय कृष्ण प्रसाद पौडेल ! सर्लक्क…
काठमाडौं— यो साताका लागि अन्तिम कारोबार दिन बुधबार शेयर बजार १४.४३ अंक घटेको छ। सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ। कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन। कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम् अंक रह्यो। दोस्रोपटक ११:४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो। बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको भयो। ७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो। होटल…
काठमाडौँ — काठमाडौं महानगरपालिकाले तीन ठाउँमा साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल देखाउने भएको छ । एन्फाले सीमित टिकट बिक्री गरेपछि काठमाडौं महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र चाबहिलमा ठूलो पर्दामा खेल देखाउने मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले बताए । नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले अखिल नेपाल फुटबल संघ(एन्फा) ले बुधबार सीमित संख्या टिकट बेचेको हो । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको हो । एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको छ । त्यस्तै…
