Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    adminBy adminMarch 18, 2026No Comments1 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि ललितपुरको एक पाँचतारे होटलमा अभिमुखिकरण भइरहेको हो ।

    समानुपातिक सांसदहरु पनि निर्वाचित भइसकेपछि रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेको छ ।

    रास्वपाको कुल ५७ सिटमध्ये खस–आर्य १७, आदिवासी जनजाति १६, मधेसीमा ९, दलितमा ८, थारु ४ र मुस्लिममा ३ जना समेटिएका छन् । जसमा ४८ जना महिला र ९ जना पुरुष छन् ।

    निर्वाचन आयोगले अन्तिम निर्णय प्रकाशन गर्ने तयारी जुट्दै गर्दा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाह (बालेन) ले राजनीतिक र विज्ञ टोलीसँगको भेटघाट तीव्र पारेका छन् ।

    उनी रास्वपाको अभिमुखिकरण तालिममा पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको उनी निकट नेताहरुको टिप्पणी छ ।

    प्रधानमन्त्री बनेपछि ‘रफ्तार’ कसरी बढाउने ?

    उनीनिकट स्रोतका अनुसार, प्रधानमन्त्री बनेपछि कुन रफ्तारमा अगाडि बढ्नेलगायतका विषयमा विज्ञ टोलीसँग निरन्तर भेटघाट र संवादमा बालेन व्यस्त रहेका छन् ।

    रास्वपाले प्राप्त गरेको जनादेश र विश्वासलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टी सभापति रवि लामिछानेको बुढानीलकण्ठस्थित निवासमै पुगेर बालेनले संवाद गरेका छन् ।

    “वरिष्ठ नेता सभापतिदेखि विज्ञ टोली भेटघाटमा तीव्र दौडधुपमा हुनुहुन्छ । मुलुकलाई कसरी नयाँ दिशातर्फ लैजाने, कस्ता व्यक्तिलाई मन्त्री बनाउने, क्याबिनेटको आकार कस्तो र कत्रो बनाउनेलगायतका विषयमा छलफल गरिरहनुभएको छ,” स्रोतले भन्यो ।

    सभापति लामिछाने अस्वस्थ भएपछि बालेन उनकै घरमा पुगेका हुन् । चैत १ गते सोमबार सचिवालय बैठक पनि ‘भर्चुअल’ बसेको थियो । उक्त बैठकमा बालेन सहभागी भएका थिएनन् । सभापति लामिछाने र वरिष्ठ नेता बालेन निर्वाचित भएयता वनस्थलीस्थित पार्टी कार्यालय पुगेका छैनन् ।

    अदालती व्यस्ततामा सभापति

    केही दिनदेखि लामिछाने अदालततिर व्यस्त रहेको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले बताइन् ।  “सभापतिमाथिको मुद्दाका कारण हामी अदालततिरै व्यस्त छौँ । निर्वाचन आयोगको प्रक्रियापछि सरकार बनिहाल्छ,” रावलले भनिन् ।

    लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा आइतबार र सोमबार सर्वोच्चमा सुनुवाइ भएको थियो ।

    उक्त मुद्दा हेर्दाहेर्दैमा सकिएको छ । 

    लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको थियो ।

    मन्त्रीको सम्भावित सूची

    बालेन प्रधानमन्त्री भइसकेपछि तीव्र रूपमा ‘डेलिभरी’ दिन सक्ने टिमले सरकार चलाउने उनले बताएका छन् । “देशको बागडोर सम्हाल्नुअघि जनतालाई डेलिभरी कसरी दिन सकिन्छ भन्ने विषय मुख्य हो । यसै विषयमा वृहत् संवाद, छलफल र तीव्र दौडधुप हुनु स्वाभाविक हो,” स्रोतले भन्यो ।

    बालेन नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री डोलप्रसाद अर्याल बन्ने चर्चा भइरहेको छ । यद्यपि, अन्तिम मन्त्रीको टुंगो लागिसकेको छैन ।

    रास्वपाका नेता गणेश पराजुलीले बालेन प्रधानमन्त्री बन्ने विषयमा कुनै उल्झन नरहेको जानकारी दिए । उनले बालेनलाई प्रधानमन्त्री बनाउन विधान संशोधन आवश्यक नरहेको बताए ।

    “सभापति र वरिष्ठ नेताबीच पहिले नै सातबुँदे सहमति गरेर संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उमेदवार हुने भनेर सहमति भएको थियो । त्यतिबेलै पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरिसकेको थियो । त्यसैले विधान बाझिएर संशोधन गर्नुपर्ने अवस्था होइन,” पराजुलीले भने ।

    निर्वाचन आयोगले समानुपातिक सूचीको निर्णय प्रकाशित गर्न बाँकी रहेकाले सरकार बनाउन अझै केही दिन लाग्ने पराजुलीले बताए ।

    “निर्वाचन आयोगले समानुपातिक सूचीको निर्णय गर्न बाँकी छ । आयोगले प्रकाशन गरेपछि सांसदहरूको सपथ होला । त्यसपछिको प्रक्रिया अनुसार पार्टीभित्र हुनुपर्ने बैठक, संसदीय दलको नेता चयन भएर बालेन सरकार बन्छ,” पराजुलीले थपे ।

    संविधानअनुसार सरकार गठन प्रक्रिया

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचन आयोगले भोलिसम्ममा अन्तिम नतिजा परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्नेछ ।

    त्यसपछि नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुनेछ । नेपालको संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दललाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरी सरकार गठन प्रक्रिया अघि बढ्छ ।

    सरकार बनेको सुरुवाती दिनदेखि नै पारदर्शी र जवाफदेही शासनको अभ्यास कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा रास्वपा गम्भीर रहेको जनाएको छ । सबै प्रक्रिया पूरा गर्दा यही चैत १० देखि १२ गतेभित्र नयाँ सरकार गठन हुन सक्ने सम्भावना रहेको रास्वपाले जनाएको छ ।

    रास्वपाका एक नेताले भने, “चैत १० देखि १२ गतेभित्र नयाँ सरकार बनिसक्ने सम्भावना छ । अहिले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण पनि हुँदै छ । आयोग र पार्टीभित्र गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्न बाँकी नै छ ।”

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.