Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Special»असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    Special

    असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली

    adminBy adminDecember 16, 2025No Comments10 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदै छ। तेस्रो पटक एमालेको अध्यक्ष बन्न केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्।

    अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौति दिएका छन्। यतिसम्म कि ओली र पोखरेल पक्षको अलग–अलग प्यानल बनेको छ।

    सोमबार दुवै तर्फका नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। पोखरेल पक्षले सहजै उम्मेदवार तय गरे पनि ओली पक्षमा असन्तुष्टि बढ्यो। मरिमेटेर साथ दिएका कम्तीमा ६ नेतालाई ओलीले समेट्न सकेनन्।

    महासचिव दाबी गरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षको सूचीमा राखियो। जसलाई उनले अस्वीकार गरे र केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। 

    पदाधिकारीमा नसमेटिएपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए। यस्तै, राजेन्द्र गौतमले उपमहासचिव उम्मेदवारी दिए।

    केन्द्रीय सदस्यमा मात्र नाम रािखएपछि अग्नि खरेल, भीम आचार्य र कृष्णगोपाल श्रेष्ठले पनि ओलीसँग विद्रोह गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथमा पोखरेल पक्षले दिएको चुनौति छँदै थियो, त्यसमाथि आफ्नै पक्षमा रहेका नेताले गरेको भद्र विद्रोहले ओली दबाबमा परे।

    आफ्नै समूहभित्रका नेतालाई विच्काउँदा त्यसले पार्ने परिणामबारे ओलीले आकलन गरिसकेका थिए। त्यही भएर ओलीले केही नेतालाई फकाउनका लागि आफ्ना विश्वास पात्रलाई भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमै खटाए।

    ती नेताहरूले मिलेर जानुपर्ने भन्दै असन्तुष्ट नेताहरूलाई ओलीसँग एकपटक भेट्न सुझाव दिए। तर, त्यो सम्भव भएन। सोमबार बेलुका साढे ६ बजे केन्द्रीय निर्वाचन कमिटीले उम्मेदवारी मनोनयनको समय सकिएको घोषणा गर्‍यो। 

    आफैँ सक्रिय

    ओली पक्षभित्रैबाट परेको विद्रोही उम्मेदवारले पोखरेल पक्ष हौसियो। जुन सूचना ओलीले पनि पाए। सोमबार बेलुकादेखि भेटघाट र छलफल बढाए। त्यसपछि प्रदीप ज्ञवालीसँग संवाद गरे। 

    सूर्य थापासहितका केही विश्वासिला नेतालाई फेरि ज्ञवाली भेट्न निवासमै पठाए। अनि, ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ओली पक्षका नेतालाई मत मागे। उनी मंगलबार बिहानैदेखि मत माग्न व्यस्त छन्। 

    भक्तपुरको गुण्डुमा बसेर ओलीले असन्तुष्टमध्येका केही नेतालाई पछि कतै मिलाउने बचन दिएका छन्। त्यसपछि उपमहासचिव पदमा मनोनयन दर्ता गराएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिए।

    ‘नेतृत्वसँगको परामर्श र सयौँ साथीहरूको सुझावअनुसार उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएँ। केन्द्रीय सदस्यमा दिएँ,’ गौतमले  भने।

    यतिमात्र होइन, ओलीले केही नेतालाई आफ्नै प्यानलमा समेटेका छन्। उपाध्यक्ष रघुजी पन्तलाई उनले टीममा समावेश गरेर महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्।  प्राप्त गरेको ओली पक्षका उम्मेदवारको सूचीमा पन्तको नाम उपाध्यक्षको क्रम संख्या ९ मै उल्लेख गरिएको छ। 

    यस्तै, स्वतन्त्र रुपमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सुहाङ नेम्वाङलाई पनि ओलीले आफ्नै समूहमा समेटेर महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्। ‘रघुजी पन्तलाई हामीले उपाध्यक्षमा समेटेका छौँ, सुहाङ सहितका साथी पनि हाम्रै टीममा पारेका छौँ,’ ती नेताले नेपालखबरसँग भने, ‘अब लगभग सबै असन्तुष्टलाई मिलाइसकेका छौँ।’

    तर, अग्नि खरेल, भीम आचार्य र कृष्णगोपाल श्रेष्ठलाई भने पोखरेल पक्षले समेटेको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.