Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»यो साता करीब १० प्रतिशत बढ्यो नेप्से परिसूचक, लगानीकर्ताको सम्पत्ति मूल्य ३ खर्ब ४९ अर्बभन्दा बढी वृद्धि
    Stock Market

    यो साता करीब १० प्रतिशत बढ्यो नेप्से परिसूचक, लगानीकर्ताको सम्पत्ति मूल्य ३ खर्ब ४९ अर्बभन्दा बढी वृद्धि

    adminBy adminJuly 20, 2024No Comments16 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो साता उक्त रकम बराबरको १४ करोड ४९ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

    गत साताभन्दा यो साता कारोबार रकम २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ७ करोड ३३ लाख ११ हजारभन्दा बढी भएको हो । गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ७ करोड १६ लाख ८५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

    यो साता औसतमा १० अर्ब ६१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको २ करोड ८९ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । गत साता औसतमा ४ अर्ब ८३ करोड ३० लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

    करीब १० प्रतिशत बजार बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा भने १० प्रतिशतको वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ कायम भएको हो । पछिल्लो पाँच कारोबार दिनमा सूचीकृत धितोपत्रको मूल्य ३ खर्ब ४९ अर्ब ७९ करोड ५२ लाख रुपैयाँले बढेको हो । 

    धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेसँगै कारोबार रकममा वृद्धि देखिएको हो । यो साता दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अंकका हिसाबमा २१९ दशमलव ७१ अंक बढेर नेप्से २ हजार ४२४ दशमलव ३२ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार २०४ दशमलव ६१ विन्दुमा थियो ।

    ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साता ३९१ दशमलव ६६ विन्दुमा रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म ११ दशमलव ३६ प्रतिशत बढेर ४३६ दशमलव १४ विन्दुमा पुगेको हो ।

    सातागत परिसूचकको तुलना 

    विवरणयो सातागत साताफरकफरक प्रतिशत
    नेप्से परिसूचक (अंक)2,424.322,204.61219.719.97
    सेन्सेटिभ इन्डेक्स (अंक)436.14391.6644.4811.36
    कारोबार रकम (रू. हजारमा)53,098,631.0528,933,508.3824,165,122.6783.52
    कारोबार कित्ता144,996,865.0071,685,530.0073,311,335.00102.27
    औसत कारोबार रकम (रू. हजारमा)10,619,726.215,786,701.684,833,024.5383.52
    औसत कारोबार कित्ता28,999,373.0014,337,106.0014,662,267.00102.27
    कुल बजार पूँजीकरण (रू. १० लाखमा)3,846,697.613,496,902.35349,795.2610

    स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । 

    मौद्रिक नीतिबाट लगानीकर्ताले आश गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र दोस्रो बजारमा मौद्रिक नीतिले निकै प्रभाव पार्ने गर्छ । यो वर्ष बजारका लागि सकारात्मक मौद्रिक नीति आउनेमा लगानीकर्ता आशावादी छन् । वित्तीय प्रणालीको अवस्थाले यतिबेला धितोपत्र बजारमा लगानीतकर्ता उत्साहित हुने वातावरण बनिरहेको अवस्थामा मौद्रिक नीतिमार्फत लगानीकर्ताको उत्साह बढाउने गरी थप नीति आउने विश्वास ब्रोकरहरूको पनि छ ।

    १३.९९ प्रतिशत बढ्यो बैंकिङ सूचक

    यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक १३ दशमलव ९९ प्रतिशत बढेको छ । यो साता सबै समूहगत परिसूचकहरू बढेका छन् । बैंकिङ समूहपछि व्यापारिक समूहको परिसूचक १२ दशमलव ७७ प्रतिशत बढेको छ । 

    त्यस्तै, जलविद्युत समूहको ११ दशमलव ६० प्रतिशत, विकास बैंकको ९ दशमलव ९० प्रतिशत, होटल तथा पर्यटनको ९ दशमलव ७५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ९ दशमलव ५३ प्रतिशत, लगानीको ८ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमाको ७ दशमलव शून्य २ प्रतिशत, वित्तको ७ दशमलव शून्य १ प्रतिशत, जीवन बीमाको ६ दशमलव ९७ प्रतिशत, अन्यको ६ दशमलव ७० प्रतिशत, लघुवित्तको ६ दशमलव ४५ प्रतिशत र म्युचुअल फण्डको ४ प्रतिशत परिसूचक बढेको छ ।

    यो साता बजार करीब १० प्रतिशत बढेको बजारमा सबै समूहका कम्पनीको शेयरमा समेत सकारात्मक परेको तथ्यांकले देखाउँछ ।

    साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन 

    विवरणयो सातागत साताफरक प्रतिशत
    बैंकिङ्ग1,362.161,194.9513.99
    व्यापारिक3,381.492,998.6412.77
    जलविद्युत्2,985.282,675.0111.6
    विकास बैंक4,907.314,465.339.9
    होटल तथा पर्यटन6,145.515,599.679.75
    उत्पादन तथा प्रशोधन7,169.146,545.179.53
    लगानी88.2381.148.74
    निर्जीवन बीमा11,924.3711,142.217.02
    वित्त2,762.902,581.857.01
    जीवन बीमा11,475.0310,727.736.97
    अन्य1,794.281,681.686.7
    लघुवित्त5,159.954,847.246.45
    म्युचुअल फण्ड20.5319.744

    स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.