काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो साता उक्त रकम बराबरको १४ करोड ४९ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताभन्दा यो साता कारोबार रकम २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ७ करोड ३३ लाख ११ हजारभन्दा बढी भएको हो । गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ७ करोड १६ लाख ८५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
यो साता औसतमा १० अर्ब ६१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको २ करोड ८९ लाख ९९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । गत साता औसतमा ४ अर्ब ८३ करोड ३० लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
करीब १० प्रतिशत बजार बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा भने १० प्रतिशतको वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ कायम भएको हो । पछिल्लो पाँच कारोबार दिनमा सूचीकृत धितोपत्रको मूल्य ३ खर्ब ४९ अर्ब ७९ करोड ५२ लाख रुपैयाँले बढेको हो ।
धितोपत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेसँगै कारोबार रकममा वृद्धि देखिएको हो । यो साता दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । अंकका हिसाबमा २१९ दशमलव ७१ अंक बढेर नेप्से २ हजार ४२४ दशमलव ३२ विन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार २०४ दशमलव ६१ विन्दुमा थियो ।
ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साता ३९१ दशमलव ६६ विन्दुमा रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म ११ दशमलव ३६ प्रतिशत बढेर ४३६ दशमलव १४ विन्दुमा पुगेको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,424.32 | 2,204.61 | 219.71 | 9.97 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 436.14 | 391.66 | 44.48 | 11.36 |
कारोबार रकम (रू. हजारमा) | 53,098,631.05 | 28,933,508.38 | 24,165,122.67 | 83.52 |
कारोबार कित्ता | 144,996,865.00 | 71,685,530.00 | 73,311,335.00 | 102.27 |
औसत कारोबार रकम (रू. हजारमा) | 10,619,726.21 | 5,786,701.68 | 4,833,024.53 | 83.52 |
औसत कारोबार कित्ता | 28,999,373.00 | 14,337,106.00 | 14,662,267.00 | 102.27 |
कुल बजार पूँजीकरण (रू. १० लाखमा) | 3,846,697.61 | 3,496,902.35 | 349,795.26 | 10 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
मौद्रिक नीतिबाट लगानीकर्ताले आश गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितोपत्र दोस्रो बजारमा मौद्रिक नीतिले निकै प्रभाव पार्ने गर्छ । यो वर्ष बजारका लागि सकारात्मक मौद्रिक नीति आउनेमा लगानीकर्ता आशावादी छन् । वित्तीय प्रणालीको अवस्थाले यतिबेला धितोपत्र बजारमा लगानीतकर्ता उत्साहित हुने वातावरण बनिरहेको अवस्थामा मौद्रिक नीतिमार्फत लगानीकर्ताको उत्साह बढाउने गरी थप नीति आउने विश्वास ब्रोकरहरूको पनि छ ।
१३.९९ प्रतिशत बढ्यो बैंकिङ सूचक
यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक १३ दशमलव ९९ प्रतिशत बढेको छ । यो साता सबै समूहगत परिसूचकहरू बढेका छन् । बैंकिङ समूहपछि व्यापारिक समूहको परिसूचक १२ दशमलव ७७ प्रतिशत बढेको छ ।
त्यस्तै, जलविद्युत समूहको ११ दशमलव ६० प्रतिशत, विकास बैंकको ९ दशमलव ९० प्रतिशत, होटल तथा पर्यटनको ९ दशमलव ७५ प्रतिशत, उत्पादन तथा प्रशोधनको ९ दशमलव ५३ प्रतिशत, लगानीको ८ दशमलव ७४ प्रतिशत, निर्जीवन बीमाको ७ दशमलव शून्य २ प्रतिशत, वित्तको ७ दशमलव शून्य १ प्रतिशत, जीवन बीमाको ६ दशमलव ९७ प्रतिशत, अन्यको ६ दशमलव ७० प्रतिशत, लघुवित्तको ६ दशमलव ४५ प्रतिशत र म्युचुअल फण्डको ४ प्रतिशत परिसूचक बढेको छ ।
यो साता बजार करीब १० प्रतिशत बढेको बजारमा सबै समूहका कम्पनीको शेयरमा समेत सकारात्मक परेको तथ्यांकले देखाउँछ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
बैंकिङ्ग | 1,362.16 | 1,194.95 | 13.99 |
व्यापारिक | 3,381.49 | 2,998.64 | 12.77 |
जलविद्युत् | 2,985.28 | 2,675.01 | 11.6 |
विकास बैंक | 4,907.31 | 4,465.33 | 9.9 |
होटल तथा पर्यटन | 6,145.51 | 5,599.67 | 9.75 |
उत्पादन तथा प्रशोधन | 7,169.14 | 6,545.17 | 9.53 |
लगानी | 88.23 | 81.14 | 8.74 |
निर्जीवन बीमा | 11,924.37 | 11,142.21 | 7.02 |
वित्त | 2,762.90 | 2,581.85 | 7.01 |
जीवन बीमा | 11,475.03 | 10,727.73 | 6.97 |
अन्य | 1,794.28 | 1,681.68 | 6.7 |
लघुवित्त | 5,159.95 | 4,847.24 | 6.45 |
म्युचुअल फण्ड | 20.53 | 19.74 | 4 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।