Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
    • चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»गृहमन्त्रीमार्फत् सीके राउतलाई ओलीको प्रस्ताव- परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउनुस्
    News

    गृहमन्त्रीमार्फत् सीके राउतलाई ओलीको प्रस्ताव- परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउनुस्

    adminBy adminJune 17, 2024No Comments12 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् ।

    मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।

    जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।

    प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।

    एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गरेर जानुपर्ने विषयमा छलफल चलाएको छ । यद्यपि एमालेले कसलाई फिर्ता बोलाउने भन्ने निर्णय गरेको छैन ।

    यद्यपि बजेट पारित हुनुअघि आफूहरु सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले बताए । उनले भने, ‘हामीले बजेटपछि मात्रै कुरा गर्छौं भनेर अहिले कुरा गरेका छैनौं । बजेट पारित भएपछि मात्रै यो विषयमा ठोस रुपले कुरा गर्छौं ।’

    उनले आफ्नो पार्टीलाई यही मन्त्रालय चाहिन्छ भनेर अहिलेसम्म नभनेको बताए ।

    अध्यक्ष राउतले थपे, ‘मन्त्रालयकै विषयमा कुरा भएको छैन । बजारमा म आफैं जाँदैछु भन्ने चर्चा पनि छ, तर पार्टीले त्यस्तो कुनै निर्णय चाहिँ गरेका छैनौं । हामी मधेश सरकार गठनमै व्यस्त थियौं । अब बजेट पारित भएपछि मात्रै कुरा गर्छौं ।’

    तपाईं आफैं सरकारमा सहभागी हुन उपप्रधानमन्त्री माग्नुभएको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘उपप्रधानमन्त्री मैले मागेको भन्दा पनि बजारमा भएका चर्चाको विषय हुन् ।’

    गृहमन्त्री लामिछानेमार्फत् आफूलाई ओलीले परराष्ट्र मन्त्रालय लिन प्रस्ताव गरेको राउतले स्वीकारे । उनले भने, ‘सीधै कुराकानी भएको छैन अहिलेसम्म, तर केही समयअघि गृहमन्त्रीमार्फत् ओलीजीबाट मलाई परराष्ट्र मन्त्रालयको कुरा आएको थियो ।’

    अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । माओवादीभित्र अर्थमन्त्रीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन दबाब बढिरहेको छ ।

    भनेपछि उपप्रधानमन्त्री पाए सरकारमा जानुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष राउतले थपे, ‘अहिलेसम्म मैले सोचेको छैन । सकेसम्म म त बाहिरै बस्छु भन्ने मनस्थितिमा छु । पार्टी निर्माणको क्रममा छौं ।’

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    March 18, 2026

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,158

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024587

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025479
    Don't Miss
    News
    News

    बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !

    By adminMarch 18, 2026

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि…

    चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न

    March 17, 2026

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.