Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    October 8, 2025

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली
    • माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न
    • प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन
    • टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)
    • चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन
    • चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा
    • जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
    • जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Stock Market»धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षीलाई अन्तर्वार्ताका लागि बुधबार बोलाइयो
    Stock Market

    धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षीलाई अन्तर्वार्ताका लागि बुधबार बोलाइयो

    adminBy adminJune 16, 2024No Comments2 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनामध्ये तीनजनाले आगामी बुधबार कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने तय भएको छ ।

    पाँचै जनालाई आज बोलाइएकोमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठमात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं भने आज उपस्थित भएनन् ।


    अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै कार्की, अधिकारी र चापागाईंलाई बुधबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । उनीहरू नेकपा (माओवादी केन्द्र) निकट हुन् ।

    स्रोतका अनुसार उनीहरूले केही दिनको समय मागेकाले तीन जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको समय बुधबारका लागि तोकिएको हो ।


    तर, अध्यक्षमा आफूहरूको सम्भावना न्यून देखिएपछि उनीहरू प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएको हुन सक्ने पनि अनुमान गरिएको छ । केही समयअ‍घि यी तीन जनामध्ये दुई जनासँग कुराकानी गर्दा एमालेका अध्यक्ष केपी शर्मा र व्यापारीहरूले सन्तोष नारायणलाई रुचाएकाले प्रस्तुतीकरण र अन्तर्वार्तामा ढिलाइ भएको र आफूहरूको सम्भावना कम रहेको बताएका थिए ।

    ०८० पुस २१ गतेदेखि नेपाल धितोपत्र बोर्ड कार्यकारी अध्यक्षविहीन छ । कार्यकारी अध्यक्ष नहुँदा नियमित काम नै प्रभावित हुँदै आएका छन् । धितोपत्र ऐनमा अध्यक्ष नहुँदा अर्थ मन्त्रालयको प्रतिनिधि कार्यवाहक अध्यक्ष हुने व्यवस्था छ । सोही अनुसार अहिले अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राणा अध्यक्ष छन् । उनी सरकारी कर्मचारी भएकाले बोर्डका नियमित काममा जोखिम लिन चाहँदैनन् ।

    आईपीओको स्वीकृति दिन पनि सक्ने अवस्थामा राणा छैनन् । हाइड्रोपावरको आईपीओ प्रक्रिया बोर्डमा गएर रोकिँदा काम नै ठप्प भएको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025

    चितवन राष्ट्रिय निकुञ्जको बाटो स्तरोन्नति रोकियो, छानबिन समिति गठन

    September 19, 2025

    चितवनमा कर्फ्यू हट्यो, जारी गरियो निषेधाज्ञा

    September 11, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,584

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,140

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024566

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025461
    Don't Miss
    Insurance
    Insurance

    विवाहमा बिमा पोलिसी उपहार हस्तान्तरण : खुशीले दङ्ग बेहुला बेहुली

    By Laxman GautamOctober 8, 2025

    चितवन , असोज २२ – पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा…

    माडी जेसीज द्दारा डस्टविन वितरण तथा शनि मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    September 22, 2025

    प्रचण्ड निवास घटनामा नाम जोडिएको समाचारप्रति सुलभ सिग्देलको खण्डन

    September 21, 2025

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

    September 19, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.