लक्ष्मण गौतम –
चितवन, जेठ १७ – चितवनको माडीमा रहेको एक विद्यालयले विद्यालयको आम्दानीको श्रोत बढाउन र बिद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापको रुपमा श्रमसित जोड्न अदुवा खेती सुरु गरेको छ ।
माडी ७ मा रहेको बालकल्याण आधारभूत विद्यालय जगन्नाथपुरी (बाबियोडाडा)ले बिद्यालय लाई आर्थिक रुपमा टेवा पुर्याउने उदेश्यले अदुवा खेती सुरु गरेको हो । विद्यालयको आफ्नै जमिन खाली रहेको अबस्थामा शिक्षकहरु र विद्यार्थीहरुको अगुवाइ पहिलो चरणमा करिव ३ कठ्ठा जमिनमा अदुवा खेती सुरु गरिएको हो । खाली जमिनको सदुपयोग र विद्यालयको आयस्तरमा टेवा पुर्याउने उदेश्यले शिक्षक तथा विद्यार्थीहरु संयुक्त अगुवाइमा नमुनाका रुपमा अदुवाखेती लाई अगाडी बढाइएको विद्यालयका प्रधानध्यापक केशवराज अधिकारीले बताउनु भयो । शिक्षकहरुले श्रमको सिकाइ गर्ने र बिद्यार्थी भाई बैनिहरुलाई पनि अतिरिक्त कृयाकलापको रुपमा श्रमसित जोड्दै सृजनशिल बनाउन अदुवा खेती अभियान अगाडी बढाउन लागिएको उहाको भनाइ छ ।
बिगत देखि नै विद्यालयको आर्थिक अबस्था कमजोर रहेकोले आर्थिक रुपमा केही भएपनि टेवा पुग्ने देखिएको तथा विद्यार्थीहरु लाई समेत श्रम र आर्थिक अवस्था सम्म जोडन विद्यालयको हातामा अदुवा खेती गर्ने सुरु गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गिरिधारी सुवेदीले बताउनु भयो ।
विद्यालयको आर्थिक सहयोगका लागि केही महिना पहिले सोही बिद्यालयमा मन्दिर ब्यबस्थापन समितीको अगुवाइमा महायज्ञ समेत सम्पन्न गरिएको थियो ।