Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»News»सिंहदरबारमा यस्तो छ ‘बजेट-इभ’को चमकधमक
    News

    सिंहदरबारमा यस्तो छ ‘बजेट-इभ’को चमकधमक

    adminBy adminMay 27, 2024No Comments7 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । संसदमा प्रतीपक्षको विरोधका बीच सरकारले मंगलबार नयाँ बजेट प्रस्तुत गर्न लागेको छ । गणतन्त्र दिवस अर्थात् जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता पुरा गर्न अध्यादेशको बाटो नरोजी संसदलाई ‘पेलेर जाने’ निश्चितप्रायः भएको छ ।

    यसको रौकन बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा देखिएको छ । बजेट निर्माणमा सक्रीय सहसचिवहरु रात परेपछि विभिन्न शक्तिकेन्द्रमा बजेट ब्रिफिङ गर्न जाने र आउने क्रम चलिरहेको छ ।

    कार्यालय समयपश्चात् मन्त्रालयका बन्द ढोका ढकढक्याउँदै भित्र छिर्ने विभिन्न खाले मानिसहरुको उपस्थिति बाक्लिएको छ ।

    मन्त्रालयको छतमा हरेक सालजस्तै यो वर्ष पनि भोज लागेको छ । अधिकतर कर्मचारी र मन्त्रीका आसेपासे एवम् प्रभावशाली व्यक्तिहरुको भिडभाड भूईँमा होइन, चार तला माथिको छतमा छ ।

    मन्त्रालयका लगभग सबै कोठामा बत्ति बलेको छ । कृष्ण पक्षको अँध्यारो रातमा यो झिलिमिलीले दिपावलीको झल्को दिन्छ ।

    बजेट निर्माणका अधिकतर काम सकिइसकेको भए पनि खासगरी करका दरहरु हेरफेर गर्न आजको रात असाध्यै महत्वपूर्ण छ । मंगलबार दिउँसो १ बजे नै नयाँ बजेट संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने भएकाले यही रातभरमा काम सिध्याउनु पर्ने अवस्था छ ।

    विजुली गाडीको गञ्जागोल

    अर्थमन्त्री वर्षमान पुनलाई अहिलेको बजेटमा निर्णय गर्न सबैभन्दा असहज हुने देखिएको क्षेत्र विद्युतीय सवारी साधन हो । निजी प्रयोजनमा खपत हुने यस्ता विजुली कारहरुको भन्सार र अन्तःशुल्क दर बढाउनु पर्ने ठूलो दबाब छ ।

    चालु आर्थिक वर्षमा बिजुली गाडीमा दिइएको छुटका कारण सरकारलाई ४० अर्ब राजस्व घाटा भएको भनेर स्वयम् अर्थमन्त्रीले ‘भाषण गर्दै’ हिँडेका छन् । तर ब्यापारिक घरानामात्रै होइन कूटनीतिक स्तरबाट पनि उनीमाथि विजुली गाडीमा कर नबढाउन अर्को दबाब परिरहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

    ‘ईभीमा कर नबढाए राजस्व धान्न नसक्ने स्थिति छ । फेरि यसले सीमित धनीहरुलाई मात्रै लाभ दिएको आरोप पनि छ’ अर्थका ती अधिकारीले भने, ‘तर अहिले कर बढाउने बेला भएको छैन भन्ने अर्को दबाब पनि छ । यसले मन्त्री ज्यू दुईधारे तरवारमा पर्नुभएको छ ।’

    पछिल्लो समय नेपालका चिनियाँ ब्राण्डका विद्युतीय कारको विक्री तीव्र दरमा बढिरहेको छ । यस्तो बेला कर बढाइदिने हो भने त्यस्ता चिनियाँ कम्पनीहरुको बजार विस्तारमा प्रभाव पर्न सक्ने आँकलन पनि छ ।

    पछिल्लो सत्ता समीकरण तयार पार्न र मूलतः वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चीनको राजनीतिक एवम् कूटनीतिक शक्तिले ठूलो भूमिका खेलेको चर्चा चलिरहेकै बेला मन्त्री पुनलाई त्यसतर्फ ‘निर्मम’ कदम चाल्न मुस्किल परेको हुनसक्ने कतिपयको बुझाइ छ ।

    साथै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई ईभीमा कर नबढाउने विकल्प खोज्न आग्रह गर्दै आएको बताइएको छ । यसले यो एक सालका लागि ‘सकेसम्म कम’ कर बृद्धि गर्ने रणनीतिमा मन्त्री पुन देखिएका छन् ।

    मन्त्री पुनले रक्सिमा कर घटाउनसक्ने कतिपयको आँकलन छ । अर्थ मन्त्रालयले यसअघि नै रक्सीमा कर घटाउनु पर्ने प्रस्तावमा अध्ययन गरिसकेको थियो । मूलतः भारतमा अन्तरराष्ट्रिय ब्राण्डका रक्सी उत्पादन ह्वात्तै बढेपछि नेपाली उत्पादनले बजार पाउन सकेको छैन ।

    यस विषयमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले पटक पटक औपचारिक कार्यक्रम र पत्रकार सम्मेलनमा राजस्व घट्नुको एक कारणको रुपमा यो विषयलाई उठाउँदै आएका थिए । उनले ‘रक्सीमा जति पनि कर लगाउँदा हुन्छ भन्ने मानसिकताले अहिले नेपाली मदिरा उद्योग नै धरासायी हुन थालेको’ बताउँदै आएका थिए ।

    चुरोटमा कस्ने तयारी

    नयाँ बजेटले चुरोटमा भने कर बढाउने संभावना उच्च रहेको स्रोतको दाबी छ । स्वास्थ्यका लागि चुरोटभन्दा कयौँ गुणा हानिकारक हुनसक्ने भनिए पनि पछिल्लो समय नेपालमा विद्युतीय चुरोटको आयात चुलिएको छ । यसअघि यस्तै विद्युतीय चुरोटको नाममा सुन तस्करी समेत भएको खुलेको थियो ।

    यस्ता विद्युतीय चुरोट पनि नेपालले उत्तरी छिमेकी चीनबाट नै आयात गरिरहेको छ । एकाथरी मानिसहरु भने नेपालमै उत्पादन हुने चुरोटमा कर बढाउँदा हानीकारक विद्युतीय चुरोटको आयातलाई प्रोत्साहन पुग्ने भन्दै त्यस्तो नगर्न सुझाइरहेका छन् ।

    उनीहरुको विचारमा सूर्तिवाला चुरोट नेपालमै उत्पादन हुने, एक हदसम्म सूर्ति पनि नेपालमै उत्पादन हुने र यहाँ रोजगारी पनि उपलब्ध हुने भएकाले आयातित विद्युतीय चुरोटको तुलनामा सूर्तिबाट बनेको चुरोट अर्थतन्त्रमा बढी सहयोगी हुने छ ।

    नेपालमा यस्ता विद्युतीय चुरोट (भेप्स)को आयात अस्वाभाविक बढेको देखिएपछि गत साल डा. महतले भेप्स आयातमा ३० प्रतिशत अन्तःशुल्क लगाएका थिए । यस्ता भेप्स चीनबाट आयात भएर भारत तस्करी भइरहेको हुनसक्ने सरकारी अधिकारीहरुको अनुमान थियो ।

    एकातिर न्यून विजकीकरण अर्थात् ज्यादै सस्तो भन्सार मूल्यांकन गरेर भेप्स आयात हुने र त्यसमा सुनसमेत आइरहेको पाइएपछि मन्त्रालयले यसको आयातलाई निरुत्साहित गर्न खोजेको थियो । त्यसअघि २०७९ पुस १ मा चीनबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारमा ल्याइएका यस्ता भेप्समा १९ किलो सुन लुकाइएको अनुसन्धानबाट खुलेको थियो ।

    भारतमा प्रतिबन्धित यस्तो भेप्स (ई–सिगरेट) गत आर्थिक वर्षको १० महिनामै ३ लाख ७२ हजार थान आयात भएको थियो । नेपालमा पनि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था छ ।

    तर यस्तो कानूनी प्रतिबन्धका बाबजुद अहिले पनि भेप्स आयात भइरहेको छ । उक्त कानूनी व्यवस्था कार्यान्वयन गराउन (अर्थात भेप्समा प्रतिबन्ध लगाउन) स्वास्थ्य सेवा विभागले विभिन्न मन्त्रालयसँग ‘हारगुहार’ गरेको समाचार पनि हालैमात्र सार्वजनिक भएका थिए ।

    यद्यपि, अहिले पनि नेपालमा यस्ता ई–सिगरेटको आयात भइरहेको छ । चालु आवको गत वैशाखसम्म नेपालमा आयात भएका वस्तुको विवरणमा पनि ठूलो मात्रामा यस्ता भेप्स आयात भएको देखिन्छ । मूलरुपमा चीनबाट यस्ता उपकरणहरु आयात हुने गरेका छन् । साथै, मलेसिया, अमेरिका र नेदरल्याण्ड्सबाट पनि न्यून संख्यामा ई–सिगरेट आयात भएको भन्सार विभागको तथ्यांक छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.