विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ ।
फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिएका छन् ।
उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बूको ११५ भोट छ ।