Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
    • माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
    • निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
    • पर्खाइ मतदानको (तस्बिरहरू)
    • विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
    • मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न
    • माघेसंक्रान्ति रेवा त्रिवेणीधाम स्नान माडीमा निःशुल्क चिया वितरण
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Banking»‘बैंक सञ्चालककै कमजोरीले थुप्रियो पैसा’
    Banking

    ‘बैंक सञ्चालककै कमजोरीले थुप्रियो पैसा’

    adminBy adminApril 27, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौँ- देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बैंक सञ्चालककै कमजोरीका कारण लगानी विस्तार हुन नसकेको टिप्पणी गरेका छन्। सञ्चालकहरू लगानीमा उदासीन हुँदा बैंकमा पैसा थुप्रिएको उनीहरूको आरोप छ। राष्ट्र बैंकका अनुसारा बैंकहरूमा ६ खर्ब ७१ अर्ब लगानीयोग्य रकम जम्मा भएको छ।

    राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले तत्काल यो रकम लगानी हुने सम्भावना नभएको बताए। बैंक सञ्चालकले राष्ट्र बैंकको नीतिगत कानुनलाई सामान्य रूपमा लिएको आरोप भट्टको छ। ‘बैंकिङ क्षेत्र अर्थतन्त्रको जिम्मेवार निकाय हो। यस क्षेत्रसँग पैसा मात्र होइन, अन्य सबै विषय जोडिएको हुन्छ। जसका कारणका बैंकको पैसा चलायमान हुनुपर्छ’, उनले भने।

    राष्ट्र बैंकको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन, २०२२-२३’ मा पनि बैंक सञ्चालकहरू लगानीका सम्बन्धमा गम्भीर नदेखिएको उल्लेख छ। प्रतिवेदनअनुसार वाणिज्य बैंकका सञ्चालक समिति आफ्नो जिम्मेवारी पूरा गर्न भन्दा व्यक्तिगत ऋणीको कमिसन, ब्याजदर परिवर्तन, कर्मचारी नियुक्ति तथा सरुवाबढुवाका विषयमा केन्द्रित थिए।

    वाणिज्य बैंकहरूमा सम्पत्ति तथा दायित्व व्यवस्थापन, तरलता जोखिम, कर्जा जोखिम, व्यवस्थापन जोखिम, लेखा परीक्षकको काम तथा नियुक्ति प्रक्रिया, कर्मचारी व्यवस्थापन, बजार व्यवस्थापन, एएमएल-सिएफटीलगायत संस्था व्यवस्थामा बैंकहरूले अत्याधिक त्रुटि गरेका कारण बैंकमा समस्या उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनमा नेपालको बैंकिङ प्रणालीमा बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनकै कारण दिनप्रतिदिन जोखिम बढ्दै गएको औँल्याइएको छ।

    बैंकका कार्यकारी अधिकृत (सीईओ) को कार्यसम्पादन मूल्यांकन नगर्ने, उच्च व्यवस्थापनका कर्मचारीले कर्जा प्रवाह प्रक्रियामा हेल्चेक्र्याइँका गरेको प्रतिवेदनममा भनिएको छ।

    राष्ट्र बैंकका प्रवक्ता डा. भट्टले प्रतिवेदनमा बैंक सञ्चालनको कमजोरी भेटिएको बताए। उनका अनुसार सुपरीवेक्षण रिपोर्टकै आधारमा राष्ट्र बैंकले १८ वटा वाणिज्य बैंकलाई विशेष निगरानीमा राखेको छ। चालु आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाको लगानीयोग्य पैसा पनि थुप्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ।

    नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल सरकारी लक्ष्यअनुसार कर्जा माग बढ्न नसक्दा ठूलो रकम बैंकमा थुप्रिएको बताउँछन्। उनले भने, ‘बैंकमा पैसा थुप्रिनुमा राष्ट्र बैंक पनि दोषी छ। राष्ट्र बैंकले कर्जा प्रवाह गर्न भनेजस्तो वातावरण उपलब्ध गराउन सकेको छैन।’ दाहालले लक्ष्यअनुसार कर्जा विस्तार हुन नसकेको र कर्जा प्रवाह हुने अवस्था पनि नरहेको औँल्याए।

    सुपरीवेक्षण प्रतिवेदनमा उल्लेख भएजस्तो बैंक सञ्चालकहरूका गल्ती कमजोरी होलान्। त्यस्ता बैंकलाई कानुनी कारबाही गनुपर्ने उनको भनाइ छ।

    गभर्नर महाप्रसाद अधिकारी पनि बैंक सञ्चालकको कमजोरीका कारण लगानी हुन नसकेर बैंकमा रकम थुप्रिएको स्वीकार्छन्। अधिकारीले बैंकमा अझै पैसा थुप्रिँदै जाने संकेत गरे। उनले सरकारलाइै बैंकमा भएको पैसा लगानी हुने नयाँ नीतिसहितको योजना बनाउन सुझाव दिए। ‘बैंकमा पैसा मात्र जम्मा भइरहेको छ। यसको ठूलो प्रवाह बैकिङ क्षेत्रसँगै अर्थतन्त्रमा परेको छ। चाँडै केही न केही उपाय खोज्नुपर्छ’, उनले राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा भने।

    राष्ट्र बैंकले चालु आवमा साढे ११ प्रतिशत कर्जा प्रवाहको लक्ष्य राखेको थियो। यस वर्षको साढे आठ महिनाको तथ्यांक हेर्दा कर्जा प्रवाहको ५ प्रतिशतमा सीमिति हुने देखिन्छ।

    राष्ट्र बैंकले भने कर्जा प्रवाह सात प्रतिशत पुर्‍याउने दाबी गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाको हाल सञ्चालनमा रहेका कर्जा कार्यक्रममध्ये कृषि कर्जा ०.९, औद्योगिक उत्पादन कर्जा ८.९, निर्माण कर्जा ४.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा कर्जा ७.४, थोक तथा खुद्रा व्यापार कर्जा ३.०, सेवा उद्योग कर्जा ५.६ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    March 6, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,602

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,157

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024585

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025478
    Don't Miss
    News
    News

    रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा

    By adminMarch 6, 2026

    काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले…

    माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा

    March 5, 2026

    निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्

    March 4, 2026

    पर्खाइ मतदानको (तस्बिरहरू)

    March 4, 2026
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.