Close Menu
Economic news

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    December 28, 2025

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025
    Facebook X (Twitter) Instagram
    Trending
    • रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने
    • यस्तो बन्यो ‘टिम पोखरेल’
    • यस्तो बन्यो ‘टीम ओली’
    • एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची
    • भोटिङ मेसिन नयाँ हुँदा मतदानमा ढिलाई
    • असन्तुष्ट तीन नेतालाई फकाउन आफैँ लागे ओली
    • एमाले महाधिवेशन– नेतृत्व छान्न ७ बजेदेखि १ बजेसम्म मतदान
    • एमाले महाधिवेशन : आज मतदान, यी हुन् ६८३ उम्मेदवार (नामावली)
    Facebook X (Twitter) Instagram
    Economic newsEconomic news
    • News
    • Current Affairs
    • Banking
      • Nepal Rasta Bank
      • Commercial Bank
      • Devlopment Bank
      • Finance
      • MicroFinance
    • Auto
    • Info-Tech
    • Life Style
    • Stock Market
    • Insurance
    • Photo News
    • Others
      • Special
      • Corporate
      • Co-Operative
      • World
    Economic news
    Home»Auto»पौने २ अर्ब आम्दानी गुमाएपछि इजरायलबाट निगमको न्यारोबडी जहाज भाडाकै इन्जिनमा काठमाडौं फर्कंदै
    Auto

    पौने २ अर्ब आम्दानी गुमाएपछि इजरायलबाट निगमको न्यारोबडी जहाज भाडाकै इन्जिनमा काठमाडौं फर्कंदै

    १ सय ४६ दिनदेखि ग्राउन्डेड जहाजमा राखिएको भाडाको इन्जिनमै खर्चियो २ लाख ९२ हजार डलर
    adminBy adminApril 27, 2024No Comments3 Views
    Facebook Twitter Pinterest LinkedIn WhatsApp Reddit Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं- गत १० गते नै नेपाल आउने भनिएको नेपाल एयरलाइन्सको नाइन एन एकेएक्स न्यारोबडी जहाज पुन: ५ दिन ढिला गरी आज शनिबार राति १० बजे काठमाडौं आइपुग्ने भएको छ।

    अप्रिल २२ मा नै जहाज नेपाल ल्याउने भन्दै सबै चालकदलका सदस्य इजरायल पुगेका थिए। तर अन्तिम समयमा जहाजको पार्किङ ब्रेकमा समस्या देखिएपछि थप पाँच दिन रोकिएको थियो। 

    यो जहाज नोभेम्बर ३० देखि ग्राउन्डेड थियो। १ सय ४६ दिन पछि जहाज पुन: भाडाकै इन्जिन राखेर इजरायलबाट नेपाल आउन लागेको हो।जहाजमा सन् २०२३ को जुनमा बिग्रिएर मर्मत गरिएको इन्जिन राखिएको छ। नोभेम्बर ३० मा बिग्रिएको इन्जिन झिकेर त्यसको सट्टामा जुनमा बिग्रिएर मर्मत गरेको इन्जिन राखिएको हो। जहाजमा अर्को सेप्टम्बर २८ देखि भाडामा प्रयोग गरिएकै इन्जिन राखेर नेपाल ल्याउन लागिएको हो।

    नोभेम्बर ३० मा बिग्रिएको इन्जिन भने अझ मर्मत सुरु भएको छैन। यो इन्जिन मर्मत नहुँदासम्म जहाजमा एउटा इन्जिन भाडाको नै हुने छ। २०२३ को जुन २० सेप्टेम्बर २८ देखि नोभेम्बर ३० सम्म गरी जम्मा ६३ दिन मात्रै उडानमा छ।  पछिल्लो पटकमात्रै यो जहाज १ सय ४६ दिन ग्राउन्डेड छ। 

    २०२३ को नोभेम्बर ३० मा ग्राउन्डेड जहाज २०२४ को जनवरी ११ मा इजरायल लगरेर राखिएको थियो। निगमको न्यारोबडी जहाजको इन्जिन मर्मतको जिम्मा इजरायलको ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई) दिएको थियो। यही जहाज जुन २० मा इन्जिनमा समस्या आएर ग्राउन्डेड हुँदा सेप्टेम्बर २८ सम्म ग्राउन्डेड भएको थियो। 

    उक्त समयमा जहाज १ सय १ दिन ग्राउन्डेड भएको थियो। १ सय १ दिन ग्राउन्डेड जहाजमा दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८  र प्रतिसाइकल २ सय ३९ डलरमा इन्जिन भाडामा लिएर जहाज उडानमा आएको थियो। उक्त समयमा पनि निगमले १ अर्ब २१ करोड भन्दा बढी आम्दानी गुमाएको थियो।

    सम्रगमा १० महिनमाको अवधिमा जहाज जम्मा २ महिना मात्रै उडानमा आएको हो। १ सय ९ महिनाको अवधिमा जहाज २ सय ४७ दि ग्राउन्डेड भएको हो। २ सय ४६ दिन ग्राउन्डेड हुँदा निगमले ३ अर्ब आम्दानी गुमाएको छ। जहाज उडानमै नरहँदा समेत ३ करोड रुपैयाँ भन्दा बढी भाडाको इन्जिनमा खर्च गरेको छ। सबै खेलमा मुख्य दोषी निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी हुन्।

    यस्तो छ जहाजको इन्जिन मर्मत तथा भाडा च्रक

    २०२३ को जुन २० मा जहाजको वायाँ इन्जिनमा समस्या देखियो। जहाज मर्मत नगरी उडान गर्न निमल्ने भयो। जहाजको इन्जिन मर्मतको प्रक्रियामा ढिलाई गरियो।

    जहाजको इन्जिन मर्मत तथा भाडामा लिने गरी एउटै कम्पनी छनोट भयो। निगमले सेटिङमा एउटै कम्पनीलाई २ वटा काम दिएको थियो। निगमले ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई)लाई इन्जिन मर्मत तथा भाडाका लागि जिम्मेवारी दियो।

     त्यसपछि जुन २० माा ग्राउन्डेड जहाज सेप्टेम्बर २८ मा भाडाको इन्जिन राखेर उडानमा आयो।  इन्जिन मर्मतका लागि छोडियो। इन्जिन ६५ दिनमै मर्मत गरेर दिन सम्झौता भयो। अप्रिल २७ मा मात्रै जुनमा बिग्रिएको इन्जिन मर्मत गरेर दियो। भाडाको इन्जिन हालेर उडानमा आएको जहाज फेरि नोभेम्बर ३०मा ग्राउन्डेड भयो। त्यो बेला जहाजको दाया इन्जिनमा समस्या देखियो।

     तर ६५ दिनमा मर्मत गरेर इन्जिन दिने भनेको ‘इजरायल एरोस्पेस इन्डस्ट्रिज’ (आईएआई)ले इन्जिन दिन सकेन। जसका कारण जहाज १ सय ४६ दिन ग्राउन्डेड भयो।

    सम्झौता अनुसार इन्जिन मर्मत भएको भए एक साता भन्दा बढी जहाज ग्राउन्डेड हुने थिए। अहिले नोभेम्बर ३०मा बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर जुनमा बिग्रिएको इन्जिन र भाडाको एउटा इन्जिन राखेर जहाज उडानमा आएको हो। अजै निगमको एउटा इन्जिन मर्मत हुने छ।

    अब त्यो इन्जिन मर्मत नहुँदासम्ममा जहाजमा भाडाको एउटा इन्जिन प्रयोग हुने छ। जसबापत निगमले दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ र प्रतिसाइकल २सय २९ डलर तिरेर जहाज उडान गर्ने छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Telegram Email
    admin
    • Website

    Related Posts

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Leave A Reply Cancel Reply

    Top Posts

    माडीअयोध्याधाम राम मन्दिरमा त्रिदिवसीय राम कथा वाचन हुने

    April 3, 20253,592

    गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

    May 23, 20242,149

    माडी बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता गौतमको शव भेटियो

    November 7, 2024572

    शिक्षक आन्दोलन बाट फर्किएका शिक्षक सवार बस दुर्घटना

    April 26, 2025469
    Don't Miss
    News
    News

    रास्वपा पुनर्गठन गर्ने सहमति, बालेन पक्ष समावेश, निर्वाचन आयोगमा अद्यावधिक गरिने

    By Laxman GautamDecember 28, 2025

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्गठन गरी निर्वाचन आयोगमा अद्यावधिक गर्नेबारे पार्टी सभापति रवि…

    यस्तो बन्यो ‘टिम पोखरेल’

    December 16, 2025

    यस्तो बन्यो ‘टीम ओली’

    December 16, 2025

    एमाले महाधिवेशनः प्रतिनिधिलाई ह्वाट्सएपमा प्यानलको सूची

    December 16, 2025
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo

    Subscribe to Updates

    Get the latest creative news from SmartMag about art & design.

    प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।
    • Home
    • Buy Now

    Type above and press Enter to search. Press Esc to cancel.