चितवन , जेठ १३ – चितवनको भरतपुर ७ स्थित कृष्णपुरमा रहेको मर्स्याङ्दी आमा समुहको आयोजनामा आज मंगलबार बाट ५ दिने आधारभूत उदघोषण तथा नेतृत्व बिकास तालिम सुरु भएको छ ।आमा समुहमा आवद्ध महिलाहरुको क्षमता अभिबृद्दी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले तथा बिशिष्ठ अतिथिहरुमा मर्स्याङ्दी टोल विकास संस्थाका अध्यक्ष कालीमाया गुरुङ , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा मर्स्याङदी दाजुभाइ समुहका अध्यक्ष प्रकाश सापकोटा , टोल विकास संस्थाका पुर्व अध्यक्ष तथा आमा समुहका सस्थापक अध्यक्ष एबम बर्तमान सल्लाहकार ज्ञानु लौडारी र अतिथिहरुमा मर्स्याङदी टोलमा रहेको गुम्बाका अध्यक्ष कल्सिराम गुरुङ ,ब्यबसायी नरेन्द्र रामदाम लगायत रहनु भएको थियो ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष काफ्लेले टोलमा हुने यस्ता किसिमका कार्यक्रमले समाज सुधारको टेवा पुग्ने बताउदै सहयोगका लागि आफुहरु सधै तत्पर रहेको बताउनु भयो । उहाँले आगामी दिनमा वडाको समन्वयमा अझ आयआर्जन र सिपमुलक तालिम जोडनका लागि पहल गर्ने बताउनु भयो । तालिम लाई पत्रकारहरु लक्ष्मण गौतम , प्रतिमा सिलवाल तथा अधिबक्ता सुनिता अधिकारी लगायतले सहजीकरण गर्ने जनाइएको छ । टोलमा रहेका करिव ३५ जना महिलाहरु सहभागी तालिममा स्वागत मन्तब्य सीता सापकोटा, कार्यक्रमको संचालन संगृला आले र अध्यक्षता आमा समुहका अध्यक्ष कल्पना देवकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा टोलमा रहेका करिव ९० जना आमादिदी बहिनीहरु आबद्द समुहले बिगत बाट नै टोलमा हुने सामाजिक लगायतका काममा सक्रिय सहभागिता जनाउदै आएको र आगामी दिनमा समेत बिबिध तथा सामाजिक काम लाई प्राथमिकतामा राखेर अगाडी बढने जानकारी गराइएको थियो ।
Trending
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?

