चितवन ,भदौ १८ – चितवनको माडी नगरपालिका वडा नम्बर ८ दक्षिण अयोध्यापुरीकि क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। माडी नगरपालिका वडा नम्बर ८ का दिलिप अधिकारीकि ५ बर्षकि छोरी समृद्धि अधिकारीको आर्थिक अभाबका कारण उपचारमा समस्या भएपछी आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । स्थाही घर माडी भै भरतपुर ७ मर्स्याङदी टोल बसोवास गरि कोरियामा रहदै आउनु भएका किशोर पाण्डेले बालिकाको उपचारका लागि २५ हजार रुपैया सहयोग गर्नु भएको हो । आज एक कार्यक्रमका बिच सहयोगी किशोरका बुवा सामाजिक अगुवा कृष्णहरि पाण्डेले बिरामी बालिका समृद्धिकि फुपुदिदी शुशिला अधिकारी लाई हस्तान्तरण गर्नु भएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा साबिक अयोध्यापुरी माडी भरतपुर सम्पर्क समाजका अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ , पत्रकार लक्ष्मण गौतम लगायतको सहभागीता रहेको थियो । बालिकाको उपचारका क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) चितवन मेडिकल कलेज , बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल हुँदै हाल लामो समय भारत स्थित दिल्लिमा रहेको राजिव गान्धी क्यान्सर अस्पताल उपचार भैरहेको छ । छोरीको उपचारमा हाल सम्म करिव ४० लाख रुपैयाँ खर्च भै सकेको र थप दुई बर्ष उपचारका लागि त्यति नै रकम लाग्ने भएपछी आफू समस्यामा परेको हुँदा सहयोगका लागि अनुरोध गरेको बिरामी बालिकाका बुबा दिलिप अधिकारीले बताउनु भयो । बिरामी बालिकाको उपचार प्रक्रिया अझै दुई बर्ष सम्म लाग्ने र खर्च पनि सोही अनुपातमा लाग्ने डाक्टरले बताएपछी बिरामीका परिवारजनले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेका हुन । सहयोगका लागि सहयोगदाताले बिरामी बालिका समृद्धिका बाबू दिलिप अधिकारीको माडी बसन्तपुरमा रहेको कृषि बिकास बैक खाता नम्बर 0508800915165011 तथा इसेवा नम्बर 9845940644 मा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।
Trending
- बालेनको दौडधुप, अर्को सातासम्म बन्नेछन् प्रधानमन्त्री !
- चितवनका सामुदायिक वन क्षेत्रमा १० किमी जङ्गल हाइकिङ परिक्षण सम्पन्न
- रास्वपाको उछाल, अरू दोहोरो अंकका लागि संघर्ष गर्दा मधेशवादी दल बढारिने खतरा
- माडीमा मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदातालाई प्रभाव पार्न खोजेपछि प्रहरी नियन्त्रणमा
- निर्वाचनका सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय सुरक्षा परिषद्
- पर्खाइ मतदानको (तस्बिरहरू)
- विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
- मर्स्याङ्दी टोल बिकास संस्थाको १५औँ वार्षिक साधारण सभा तथा ८औ अधिबेशन सम्पन्न

