Author: Laxman Gautam

तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । गम्भीर घाइते भएका तिनै जनालाई मिशन अस्पतालमा पुर्‍याउँदा चिकित्ककले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी २ जना घाइते भएका छन्। जसमा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय…

Read More

पर्साको वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी तथा संगठित अपराध प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४१ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्साले सिफारिस गरेको छ। प्रहरीले शुक्रबार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको हो। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अनुसन्धानपछि ३० जना व्यक्ति र ११ वटा संस्था तथा कम्पनीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। प्रहरीका अनुसार दुई छुट्टाछुट्टै मुद्दाको अनुसन्धान सकिएर कारबाहीका लागि प्रतिवेदन पेस गरिएको हो। प्रहरी प्रतिवेदनअनुसार सानोपाइला सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी र विभिन्न कम्पनीहरू – गोर्खा मिडिया नेटवर्क, नेचर हब्स, नेचर…

Read More

काठमाडौं : आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसंग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो। निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। आइतबार काठमाडौंको माइतीघरमा आन्दोलनका लागि आएका शिक्षकहरुले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगाएतका नारा लगाएका छ्न ।

Read More

काठमाडौँ जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सबार प्र. १ –०१–००१ ख ४२३५ न को यात्रुबाहक बस दुर्घटनामा परेको छ । काठमाडौँ बाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४ः४० बजे उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु बसमा रहेको जनाइएको छ । बसमा सबार यात्रुहरुलाई समान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोड स्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार भईरहेको तथा सबै घाइतेहरू हाल खतरामुक्त रहेको जनाइएको छ ।

Read More

प्रगति ढकाल, काठमाडौं, बैशाख १२ । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ। त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो। कतिको छानो खोस्यो। कतिको हाँसो। कसैको आफन्त खोस्यो। अनि कतिलाई घाइते बनायो। भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन्। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू। अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको…

Read More

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र फर्किन भनेको छ। ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ। अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्यौलमा परेको भन्दै रिट दायर गरेका थिए। उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। त्यसअनुसार नै आदेश जारी भएको हो। शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्।…

Read More

चितवन बैशाख १० – चितवनको भरतपुर स्थित न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदी किनारमा मैनालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देवघाट जंगलको ढुंगेधारा ठीक तलपट्टी नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । मैनाली ३ दिनदेखि सम्पर्कबाहिर रहेका थिए । भरतपुर महनगरपालिका वडा नं. ११ भोजाड बस्दै आएका ४५ बर्षका मैनालीले केहिदिन अघिमात्रै न्यू होराइजन इङ्लिस स्कुलमा सेवा आरम्भ गरेका थिए । त्यसअघि मैनाली अंकुरम एकेडेमीका सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।

Read More

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको पूर्वनिर्धारित मिति सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि प्रधानमन्त्री केपी…

Read More

काठमाडौं । वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाउनु भयो । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए ।  शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।

Read More

काठमाडौँ —सरकारले निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए।

Read More