Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए। अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ। उनीहरूबीचको मतान्तर ३४५ रहेको छ।
इलाम- इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ । यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ । प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेस उमेदवार डम्बर खड्का छन् । दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले १ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् ।…
कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् । जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।
विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ । फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिएका छन् । उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बूको ११५ भोट छ ।
काठमाडौं । अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी…
काठमाडौँ । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा…
काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुनेछ । बैठकमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।…
सप्तगण्डकी बहुमुखी क्याम्पसको समुदायिक पहुँच कार्यक्रम अन्तर्गत खैरहनीमा कार्यशाला गोष्ठी सन्चालन
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको विज्ञान बिभागको आयोजना तथा क्याम्पसको अनुसन्धान ब्यबस्थापन कक्ष (Research Management Cell), अन्तर्गतको EPBF of NEHEP, UGC, Nepal सहयोगमा खैरहनी नगरपालिका वडा नं ३ गोठश्वरमा “ Bridging the knowledge gap on Energy-Water Food Nexus in Climate Stress Agriculture” बिषयमा एक कार्यशाला गोष्ठी तथा अभिमुखिकरण कार्यक्रम सन्चालन भएको छ ।विज्ञान विभागका विभागीय प्रमुख रविराज सुवेदीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा क्याम्पस प्रमुख, खिमलाल दाहाल, निवर्तमान क्याम्पस प्रमुख मणिराज महतो, Research Management Cell का संयोजक डा. कपिलदेब सुवेदी, BBA BIM का संयोजक डा। कपिलदेब सुवेदी, द्यद्यब् द्यक्ष्ः कार्यक्रम प्रमुख सागर अधिकारी, कर्मचारी संघका अध्यक्ष कृष्ण प्रसाद भुषाल, बिज्ञान बिभागका…
बझाङमा मतपेटीका संकलन सकिएको छ। बझाङ १ नम्बर प्रदेश सभाको उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो। सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए। आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको प्रजिअ कुइँकेलले बताए। उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने उनले बताए। बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।…
काठमाडौँ, १६ वैशाख । विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । तातो हावा…
