Author: admin

गृह मन्त्रालयले ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि–२०८१’ स्वीकृत गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज सो कार्यविधि स्वीकृत गरेका हुन्। कार्यविधिको प्रस्तावनामा ‘संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रूपमा भेला हुने हकको उपभोगलाई थप सुव्यवस्थित गर्दै सरकारी, सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्ने उद्देश्यले हुने क्षतिको यथार्थ लेखाजोखा र मूल्यांकन गरी त्यसको परिपूरण गर्नसमेत आवश्यक भएकोले कार्यविधि जारी गरिएको उल्लेख छ। सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०६५, को नियम ९ ले दिएको अधिकार प्रयोग गरी गृह मन्त्रालयले यो कार्यविधि बनाएको हो। उजुरी नपरे पनि क्षति भराइनेराजनीतिक दल, दलको भातृसंस्था वा शुभेच्छुक…

Read More

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको उपचुनाव अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन्। छबिसपाथीभेरा गाउँपालिकाका ७ वटै वडा र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मत गणना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका भण्डारीले २ हजार ८८ मतसहित अग्रता कायम राखेका छन्। नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले १ हजार ३७२ मत ल्याएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह १ हजार २९१ मत सहित पछ्याइरहेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ८६४ मत प्राप्त गरेका छन्। बझाङ १(१) मा जयपृथ्वी नगरपालिका, तलकोट गाउँपालिका, साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, छबिसपाथीभेरा…

Read More

काठमाडौं । नेपालमा राजनीतिक दल, निजी क्षेत्र र सरकारको एउटै स्वर वा आवाज विरलै सुनिन्छ । प्रतिपक्षले सत्तापक्षलाई र सत्तापक्षले प्रतिपक्षलाई नटेर्नु नेपालमा नौलो मानिँदैन । निजी क्षेत्र सरकारको कुरा काट्ने, सरकार निजी क्षेत्र मैत्री नभएका जस्ता आरोप लाग्दै आएको छ । तर, तेस्रो लगानी सम्मेलन चलिरहँदा राजनीतिक दल, निजी क्षेत्र र सरकारको एउटै आवाज छ- ‘नेपाल सम्भावना भएको देश हो । सरकारले भर्खरमात्र ९ वटा कानून संशोधन गरेर लगानीको वातावरण सृजना गरेको छ । आउनुस्, नेपालमा लगानी गर्नुस् । त्यसको प्रतिफल सजिलैसँग लैजाने जिम्मा सरकारले दिन्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्तामाझ नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको…

Read More

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए। अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ। जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए। तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि लागेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने डम्बरले ५ सय ३९ मत ल्याएका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ। उनीहरूबीचको मतान्तर ३४५ रहेको छ।

Read More

इलाम- इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ । यी दुई वडामा २ हजार ८३९ मत खसेको थियो जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ । प्राप्त तथ्यांक अनुसार यी २ वडामा कांग्रेसले १ हजार १४५ मत प्राप्त गरेको छ । यहाँ कांग्रेस उमेदवार डम्बर खड्का छन् । दोस्रो स्थानमा एमालेका सुहाङ नेम्वाङ छन् । उनले १ हजार ६३ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन् ।…

Read More

कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमाले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् । जनक बुढा (माओवादी)ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् । अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

Read More

विराटनगर । इलाम २ को उपनिर्वचन अन्तर्गत जारी गणनामा पहिलो अपडेट सार्वजनिक भएको छ । फाकफोकथुम १ को गणना सकिँदा कांग्रेसका डम्बर बस्नेतले सुरुआती अग्रता लिएका छन् । उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङको ५३४ मत छ । डकेन्द्र थेगिमको १८७ र मिलन लिम्बूको ११५ भोट छ ।

Read More

काठमाडौं । अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिस गरेबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । नीतिगत र व्यवसाय सुरू गर्दा लाग्ने प्रक्रियागत झन्झटमा सुधारका लागि सरकारले ९ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ती ऐन २०३४, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी…

Read More

काठमाडौँ । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा…

Read More

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुनेछ । बैठकमा फाकफोकथुमबाट सुरु गरी क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको गणना गर्ने सहमति भएको छ । सर्वदलीय सहमतिअनुसार एउटा वडाको मत गनिसकेपछि परिणाम सार्वजनिक गरिने छ । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।…

Read More