Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौँ- फागुन २१ अर्थात् भोलि बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ। निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन्। बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्।
विश्व सिमसार दिवस २०२६ अवसरमा सिमसार संरक्षणसम्बन्धी शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका साथ सिमसार संरक्षण केन्द्रित शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा, क्लब अफ इन्भाइरोन्मेन्टल साइन्सेस (CESS) तथा नवजागृति सामुदायिक वन उपभोक्ता समूह, भरतपुर–११ को सहकार्यमा र विश्वविद्यालय अनुदान आयोग (UGC), नेपाल को सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मृगकुञ्ज ताल तथा नवजागृति ईको पार्कको अध्ययन अवलोकन भ्रमण गरेका थिए । अवलोकनका क्रममा सिमसारको वर्तमान अवस्था, जैविक विविधता, पानी स्रोतको संरक्षण र समुदायको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो ।त्यसैगरी, नवजागृति सामुदायिक वनका पदाधिकारीहरूसँग विद्यार्थीहरूको अन्तर्क्रिया कार्यक्रम सञ्चालन…
प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । पोखरेल अध्यक्षको उम्मेदवार रहेको उक्त समूहले उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङलाई उपाध्यक्षमा अगाडि सारेको छ । यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् । यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ । यो समूहले केन्द्रीय सदस्यमा केपी शर्मा ओली (अध्यक्षका प्रत्यासी)देखि शंकर पोखरेल (महासचिवका प्रत्यासी)लाई समेत मत दिनेगरी आफ्नो सूचीमा राखेको…
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्त संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनेका छन् । प्रदीप ज्ञवालीले उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेपछि संस्थापन पक्षको एउटा सीट खाली थियो । रघु पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार ‘फाइनल लिस्ट’ तयार गरेको छ । केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् । उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्…
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा उम्मेदवारहरूको मत माग्ने शैली फेरिएको छ। प्रतिनिधिहरूलाई केपी ओली र ईश्वर पोखरेल समूहले ह्वाट्सएपमा आ–आफ्नो प्यानलको सूची पठाइरहेका छन्। १९ पदाधिकारीसहित कुल ३०१ सदस्यका लागि मंगलबार बेलुका ७ बजेदेखि मतदान हुँदै छ। मतदानमा २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसअघि दिउँसो ४ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो। विद्युतीय भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले बेलुका मात्र मतदान सुरु हुने भएको हो। निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन्। हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ।
नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न आज मंगलबार हुनुपर्ने मतदान सुरु हुने भनेर बिहान १० बजेको समय निर्धारण गरिएको थियो। साँझ ५ः३० हुँदा पनि चुनाब सुरु हुन सकेको छैन। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार साँझ ७ बजेदेखि मतदान सुरु हुनेछ। यो भनेको पूर्व निर्धारित सयभन्दा ९ घण्टा ढिलो हो।निर्वाचन आयोगका सचिव कुन्साङ लामा भन्छन्, ‘मेसिनमा प्राविधिक समस्या देखिएकाले ढिलो हुन पुगेको हो।’ त्यो समस्या के थियो त ? यो प्रश्न हामीले भोटिङ मेसिन निर्माता कम्पनी रामलक्ष्मण इन्जिनियरिङका प्रतिनिधिलाई सोधका थियौँ। नाम उल्लेख नगर्ने सर्तमा उनले मेसिन राम्रो भएको र नयाँ भएको बताए। यो कम्पनीले विकासका गरेका मेसिन अन्य चुनाबमा पनि प्रयोग हुने…
नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदै छ। तेस्रो पटक एमालेको अध्यक्ष बन्न केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौति दिएका छन्। यतिसम्म कि ओली र पोखरेल पक्षको अलग–अलग प्यानल बनेको छ। सोमबार दुवै तर्फका नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। पोखरेल पक्षले सहजै उम्मेदवार तय गरे पनि ओली पक्षमा असन्तुष्टि बढ्यो। मरिमेटेर साथ दिएका कम्तीमा ६ नेतालाई ओलीले समेट्न सकेनन्। महासचिव दाबी गरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षको सूचीमा राखियो। जसलाई उनले अस्वीकार गरे र केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। पदाधिकारीमा नसमेटिएपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए।…
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि मध्यराति १ बजेसम्म मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार अपरान्ह निर्वाचन कार्यक्रम प्रकाशित गरी साँझ ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी गराएको हो । मंसिर २७ गते शनिबार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर भोलि पुस २ गते समापन गर्ने तयारीमा एमाले छ । एमाले महाधिवेशन चलिरहेको स्थानमा भोलि अर्कै कार्यक्रम रहेकाले मतदान आजै सम्पन्न गर्ने तयारी भएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए । प्राविधिक त्रुटि सच्याएर उमेदवारको अन्तिम नामावली पुन: प्रकाशन गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ । नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ…
काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। हिजो विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। जसमा ४० मुनिका १६ जना उम्मेदवार सूचीमा परेका छन्। एमालेको आगामी कार्यकालको लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्। यस्तै महासचिवमा ओली समूहबाट शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्ने भएका छन्। भनेको पदमा उम्मेदवारी दिन नपाएपछि निकटका धेरै नेताले ओलीको साथ छाडेका छन्। त्यसरी ओलीको साथ छाडेका केही नेता पोखरेल खेमाबाट उम्मदेवार बनेका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको बताएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने र सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्ने बताए। ‘मेरो उम्मेदवारी भनेको पार्टीको नीति पद्धतीभित्र रहेर प्रतिस्पर्धाको कुरोलाई पहल आत्मसाथ गरेर उम्मेदवारी दिएको हो’ उनले भने, ‘मेरो उम्मेदवारीले पार्टीलाई नयाँ ढंगले चलाउनु पर्छ। विधि पद्धतीमा चलाउनुपर्छ। पार्टी सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्छ।’ पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका हुन्।
