Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्त संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनेका छन् । प्रदीप ज्ञवालीले उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेपछि संस्थापन पक्षको एउटा सीट खाली थियो । रघु पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार ‘फाइनल लिस्ट’ तयार गरेको छ । केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् । उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्…
काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा उम्मेदवारहरूको मत माग्ने शैली फेरिएको छ। प्रतिनिधिहरूलाई केपी ओली र ईश्वर पोखरेल समूहले ह्वाट्सएपमा आ–आफ्नो प्यानलको सूची पठाइरहेका छन्। १९ पदाधिकारीसहित कुल ३०१ सदस्यका लागि मंगलबार बेलुका ७ बजेदेखि मतदान हुँदै छ। मतदानमा २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी हुनेछन्। यसअघि दिउँसो ४ बजेदेखि निर्वाचन सुरु हुने भनिएको थियो। विद्युतीय भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले बेलुका मात्र मतदान सुरु हुने भएको हो। निर्वाचनका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदै छन्। हरेक प्रतिनिधिले निर्विरोध भएका उम्मेदवारबाहेकलाई मत दिनुपर्ने छ।
नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न आज मंगलबार हुनुपर्ने मतदान सुरु हुने भनेर बिहान १० बजेको समय निर्धारण गरिएको थियो। साँझ ५ः३० हुँदा पनि चुनाब सुरु हुन सकेको छैन। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार साँझ ७ बजेदेखि मतदान सुरु हुनेछ। यो भनेको पूर्व निर्धारित सयभन्दा ९ घण्टा ढिलो हो।निर्वाचन आयोगका सचिव कुन्साङ लामा भन्छन्, ‘मेसिनमा प्राविधिक समस्या देखिएकाले ढिलो हुन पुगेको हो।’ त्यो समस्या के थियो त ? यो प्रश्न हामीले भोटिङ मेसिन निर्माता कम्पनी रामलक्ष्मण इन्जिनियरिङका प्रतिनिधिलाई सोधका थियौँ। नाम उल्लेख नगर्ने सर्तमा उनले मेसिन राम्रो भएको र नयाँ भएको बताए। यो कम्पनीले विकासका गरेका मेसिन अन्य चुनाबमा पनि प्रयोग हुने…
नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदै छ। तेस्रो पटक एमालेको अध्यक्ष बन्न केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन्। अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौति दिएका छन्। यतिसम्म कि ओली र पोखरेल पक्षको अलग–अलग प्यानल बनेको छ। सोमबार दुवै तर्फका नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। पोखरेल पक्षले सहजै उम्मेदवार तय गरे पनि ओली पक्षमा असन्तुष्टि बढ्यो। मरिमेटेर साथ दिएका कम्तीमा ६ नेतालाई ओलीले समेट्न सकेनन्। महासचिव दाबी गरिरहेका उपमहासचिव प्रदीप ज्ञवालीको नाम पनि उपाध्यक्षको सूचीमा राखियो। जसलाई उनले अस्वीकार गरे र केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। पदाधिकारीमा नसमेटिएपछि रघुजी पन्तले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए।…
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि मध्यराति १ बजेसम्म मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले मंगलबार अपरान्ह निर्वाचन कार्यक्रम प्रकाशित गरी साँझ ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी गराएको हो । मंसिर २७ गते शनिबार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर भोलि पुस २ गते समापन गर्ने तयारीमा एमाले छ । एमाले महाधिवेशन चलिरहेको स्थानमा भोलि अर्कै कार्यक्रम रहेकाले मतदान आजै सम्पन्न गर्ने तयारी भएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए । प्राविधिक त्रुटि सच्याएर उमेदवारको अन्तिम नामावली पुन: प्रकाशन गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ । नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ…
काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। हिजो विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ। जसमा ४० मुनिका १६ जना उम्मेदवार सूचीमा परेका छन्। एमालेको आगामी कार्यकालको लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्। यस्तै महासचिवमा ओली समूहबाट शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्ने भएका छन्। भनेको पदमा उम्मेदवारी दिन नपाएपछि निकटका धेरै नेताले ओलीको साथ छाडेका छन्। त्यसरी ओलीको साथ छाडेका केही नेता पोखरेल खेमाबाट उम्मदेवार बनेका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका ईश्वर पोखरेलले पार्टीलाई विधि पद्धतीमा हिँडाउन नेतृत्व लिन चाहेको बताएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले पार्टीलाई नयाँ ढंगबाट सञ्चालन गर्नुपर्ने र सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्ने बताए। ‘मेरो उम्मेदवारी भनेको पार्टीको नीति पद्धतीभित्र रहेर प्रतिस्पर्धाको कुरोलाई पहल आत्मसाथ गरेर उम्मेदवारी दिएको हो’ उनले भने, ‘मेरो उम्मेदवारीले पार्टीलाई नयाँ ढंगले चलाउनु पर्छ। विधि पद्धतीमा चलाउनुपर्छ। पार्टी सामूहिक नेतृत्व अन्तर्गत चल्नुपर्छ।’ पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्यानलसहित उम्मेदवारी दिएका हुन्।
११ औं महाधिवेशनको नेतृत्व चयन प्रक्रियालाई लिएर नेकपा एमालेको संस्थापन (केपी शर्मा ओली) समूहमै विवाद भएको छ । १० औं महाधिवेशनमा ओलीले टीम बनाउँदा त्यति विवाद नदेखिए पनि ११ औं महाधिवेशनको टीम फर्मेसनमा विवाद भएको हो । महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने ओलीको चाहनापछि संस्थापन पक्षभित्रै विवाद सिर्जना भएको छ । विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उपाध्यक्ष बनाउने गरी पहिलो सूची सार्वजनिक भएको थियो । सोमबार बिहान बनाइएको पहिलो सूचीमा भानुभक्त ढकाललाई उपमहासचिव प्रस्ताव गरिएको थियो । तर, सचिवमा दोहोर्याउन खोजिएका लेखराज भट्टको असन्तुष्टिपछि तत्काल सो सूची सच्च्याइयो । ढकाललाई सचिवमा राखेर भट्टलाई उपमहासचिवको…
भरतपुर, २७ मङ्सिर ।साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उद्घाटन सत्रमा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, सङ्गमका पूर्व अध्यक्षहरू पोषराज पौडेल, डीआर पोखरेल, भवनाथ सडौला र मोदनाथ मरहट्टा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद रामहरि श्रेष्ठ, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारी, साहित्यकार विद्या भण्डारी ‘चिराग’, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नवसाहित्य मञ्जरीका अध्यक्ष सूर्यमणि रेग्मी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष यदुनाथ भट्टराई तथा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कमल मल्ललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सङ्गमका कोषाध्यक्ष…
देवघाटधाम, २७ मङ्सिर ।देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी कर्णबहादुर गुरुङ चयन भएका छन् । निर्देशक पदमा जेसी सङ्गीता तामाङ, जेसी देवेन्द्र सापकोटा, जेसी गणेश तिवारी तथा जेसी स्वस्तिका आचार्य चयन भएका छन् । अधिवेशनबाट मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा जेसी सुजन गुरुङ, महासचिवमा जेसी माधव न्यौपाने, कोषाध्यक्षमा जेसी रक्षा कार्की,…
