Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
काठमाडौं । सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले गौशाला २६ को ‘डीग्नीटी’को सम्मान हुनुपर्ने बताएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेकाे तर गाैशाला २६ काे स्वाभिमानकाे पनि रक्षा हुनुपर्ने बताए । ‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले जाहेरी दिनुभएको थियो । उहाँको डिग्नीटीको सम्मान गर्छौं । यहाँहरुले पनि उहाँलाई कुनै किसिमको हानी र नोक्सानी नगर्नु होला । नलेख्नुहोला’, उनले सञ्चारकर्मीहरुलाई भने, ‘मात्रै के भने सन्दीपले न्याय पाएको छ । हामीलाई सुरुदेखि नै अदालतमाथि विश्वास थियो । उसले न्याय पाउनुपर्छ भनेर हामी लागेका…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा…
गृहमन्त्रीविरूद्ध सदनसँगै सडकमा निस्कियो कांग्रेस, काठमाडौंमा तरुण दलको प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार…
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् । केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो । आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् । अहिले ५ बजे अगाडि नै फैसला आउन सक्ने बताइएको छ ।
टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अहिले म्युजिक भिडियो र फिल्ममा काम गर्न भ्याइनभ्याइ छ । फिल्म ‘लण्डन टू पेरिस’, ‘राजमहल’, ‘दौतरी’ मा उनलाई देख्न पाइने भएको छ । पछिल्लाे समय उनी म्युजिक भिडियोमा अझै व्यस्त छिन् ।
काठमाडाैँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी रहेको छ। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते)का लागि पेसी तोकिएको हो। सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए। ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने। यसअघि पाँचपटक पेसी तोकिएर पनि सुनुवाइ सरिरहेको छ। अधिवक्ता घिमिरेका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त…
काठमाडौँ– सुनिसा बजगाई रङ्मञ्च र मोडलिङ क्षेत्र दुवैमा सक्रिय छिन् । पछिल्लो समय उनी टेलिफिल्महरुमा समेत व्यस्त छिन् । उनले केही समयअघि मात्र ‘तितो सत्य’मा बालकलाकारको भूमिकाबाट चर्चा कमाएका राज आचार्यसँग विवाह गरेकी थिइन् । उनले ‘रुपाकृ’, ‘मार्क्स फर्किए’ लगायतका नाटकहरुमा अभिनय गरेकी छिन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन्। उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए। उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए। पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको उनले बताए। उनले भने,‘प्रदेशका समस्याहरु समाधान गर्ने…
सरकारले जेठ १ अर्थात् मंगलबार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी अघि बढिरहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको छ । समिति नबनेसम्म संघीय संसदका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने अडानमा कांग्रेस यथावत छ। सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरे संसदको कामकारवाही अघि बढ्न नदिने निर्णय गरेको थियो। यसले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गर्ने गरी कार्यतालिका बनेको सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने देखिएको छ । सोही…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गरेका छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार…
