Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
- पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक
- चितवनमा जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको मृत्यु , स्थानीय आन्दोलित
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा बिमितको घरमै पुगेर मृत्यु दाबी भुक्तानी हस्तान्तरण
- बालेन सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए के–के भएनन् ?
- रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
Author: admin
काठमाडाैँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी रहेको छ। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज (जेठ १ गते)का लागि पेसी तोकिएको हो। सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज सन्दीपको मुद्दा पेसी सूचीको पहिलो नम्बरमै रहेको जानकारी दिए। ‘हाम्रो मुद्दा पहिलो नम्बरमै छ, आज सुनुवाइ हुनेमा विश्वस्त छौँ’, उनले भने। यसअघि पाँचपटक पेसी तोकिएर पनि सुनुवाइ सरिरहेको छ। अधिवक्ता घिमिरेका अनुसार अब सन्दीप पक्षमा बहस गर्ने कानुन व्यवसायीको संख्या १२ पुगेको छ। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त…
काठमाडौँ– सुनिसा बजगाई रङ्मञ्च र मोडलिङ क्षेत्र दुवैमा सक्रिय छिन् । पछिल्लो समय उनी टेलिफिल्महरुमा समेत व्यस्त छिन् । उनले केही समयअघि मात्र ‘तितो सत्य’मा बालकलाकारको भूमिकाबाट चर्चा कमाएका राज आचार्यसँग विवाह गरेकी थिइन् । उनले ‘रुपाकृ’, ‘मार्क्स फर्किए’ लगायतका नाटकहरुमा अभिनय गरेकी छिन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ। सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताएका हुन्। उनले आगामी बजेटका लागि सातै प्रदेशबाट संकलित सुझावको आधारमा अर्थ मन्त्रालयलाई सुझाव दिइएको पनि बताए। उनले राष्ट्र बैंकले सातै प्रदेशमा प्रि –बजेट सुझाव संकलन गरेर अर्थ मन्त्रालयलाई बुझाएको बताए। पर्यटनसँग सम्बन्धित १९ वटा, कृषि, पशु, वनसँग सम्बन्धित २५, उद्योगका १० गरी मौद्रिक र बैंकिङसँग सम्बन्धित गरी १९० सुझाव अर्थ मन्त्रालयलाई दिएको उनले बताए। उनले भने,‘प्रदेशका समस्याहरु समाधान गर्ने…
सरकारले जेठ १ अर्थात् मंगलबार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी अघि बढिरहँदा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको छ । समिति नबनेसम्म संघीय संसदका दुवै सदनको कामकारबाही अघि बढ्न नदिने अडानमा कांग्रेस यथावत छ। सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरे संसदको कामकारवाही अघि बढ्न नदिने निर्णय गरेको थियो। यसले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गर्ने गरी कार्यतालिका बनेको सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने देखिएको छ । सोही…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गरेका छन् । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले शिलान्यास गरेका हुन् । अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ । अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार…
इन्टरनेट सेवा प्रदायकहरुले सर्वोच्च अदालतको फैसलाअनुसार कर तिर्न सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन्। सरकारले मर्मतसम्भार शुल्कमा लगाएको रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने अवस्था आए पनि किस्ताबन्दीलगायतको सुविधा दिनुपर्ने उनीहरुको माग छ। मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने कानुनी व्यवस्था नभएको भन्दै वर्ल्डलिंक सर्वोच्च पुगेको थियो। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकले सरकारविरुद्ध दायर गरेका ८ वटै रिट आइतबार खारेज गरिदिएको थियो। ‘दूरसञ्चार ऐन तथा नियमावलीमा कतै पनि मर्मतसम्भार शुल्कमा रोयल्टी र आरटीडीएफ तिर्नुपर्ने व्यवस्था छैन’, एक इन्टरनेट सेवा प्रदायकले भने, ‘अब सर्वोच्च अदालतले नै दुवै कर तिर्नुपर्छ भनेपछि तिर्दैनौँ भन्न मिलेन।’ नेपालमा सञ्चालित सबै इन्टरनेट सेवा…
चितवन र नवलपरासी जोड्ने ‘सिग्नेचर ब्रिज’को सोमबार शिलान्यास भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमाथि बन्ने पुलको शिलान्यास गरेका हुन्। पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमा मात्र १४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए। अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ। पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्रीको विश्वास छ। ‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ’,…
बेलायती साम्राज्यको अन्तिम दिन चलिरहेको थियो। ब्रुनाईका सुल्तान उमर अली सैफुद्धिनविरुद्ध विद्रोह भयो। त्यसलाई दबाउन सिंगापुरमा रहेका गोर्खा सैनिक ब्रुनाई लगियो। त्यसको ६० वर्ष बितिसक्यो। तर, बेलायती गोर्खा सैनिकको एउटा बटालियन अझै पनि यो सानो तेल निर्यातकर्ता मुलुकमा बसिरहेको छ। यो बेलायतको औपनिवेशिक ‘ह्याङओभर’ त हो नै, ब्रेक्जिटपछि आफूलाई विश्वशक्तिका रुपमा स्थापित गर्ने उसको प्रयासको चिह्न पनि हो। ब्रुनाईमा अवस्थित गोर्खा ग्यारिसनको कमान अन्य बेलायती सैनिकसरह सम्हाल्ने गरिएको छ। तर, यसको खर्चबर्च उमरका छोरा तथा उत्तराधिकारी हसनअल बोल्किअले धानिरहेका छन्। यो असाधारण र अपारदर्शी व्यवस्था निकै लामो समयदेखि कायम छन्। साम्राज्यको पतनपछि बेलायतले आफ्ना सैनिक धेरै स्थानबाट फिर्ता गर्दा पनि…
मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने घोषणा गरेका छन्। डा. कोइरालाले देशका सातै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि बढाएका छन्। यस क्रममा कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ भने बागमती प्रदेशको काठमाडौँ हेपाली हाइटमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बनिरहेको छ। शुक्रबार अस्पताल निर्माणस्थलमै पुगेर ४१ करोड सहयोगको घोषणा गरेका हुन्। यस क्रममा गुरुङले उक्त अस्पताल भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए। करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरुङको…
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल सेवाका लागि नयाँ लाइसेन्स प्राप्त गरेको छ । शुक्रबार बसेको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई पाँच वर्षका लागि मोबाइल सेवाको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि २१ करोड रुपैयाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ । अब पाँच पाँच वर्षमा नवीकरण गराउनु पर्ने गरी कम्पनीको नाममा पुनः अनुमतिपत्र जारी गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । विद्यमान कानून लागु भएको खण्डमा प्रत्येक पाँच वर्षमा हुने नवीकरणका लागि कम्पनीले २० अर्ब रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । यद्यपि प्राधिकरणले भविष्यमा हुने नवीकरणको दस्तुर २० अर्ब नै कायम गर्ने…
