Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
रुपन्देहीको बुटवलमा बिरामी बोकेको एम्बुलेन्सले तीन जनालाई ठक्कर दिएको छ । एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लू १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुंगेपुलनजिकै मर्निङ वाकमा निस्किएका ३ जनालाई ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपालीको मृत्यु भएको छ भने ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले गम्भीर बिरामी लिए आएको एम्बुलेन्सले मर्निङ वाकमा निस्किएकाहरूलाई ठक्कर दिएको बताए…
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम किटान नगरी संसदीय छानबिन समिति बनाउन नेपाली कांग्रेस सहमत भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको छलफलमा कुनैपनि व्यक्तिको नाम किटान नगरी समिति बनाउने सहमति भएको माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारीका सर्वसाधरणको अपचलनमा नाम जोडिएको भन्दै उप्रधान एवं गृहमन्त्रीसमेत रास्वपा सभापति रवि लामिछानेसमेतको नाम किटान हुनुपर्ने अडान राख्दै आएको थियो। शनिबार बालुवाटारमा झण्डै ४ घन्टासम्म नेताहरूबीचको छलफलपछि सहमति जुटेको हो। ‘नाम किटान नगरी संसदीय छानबिन समिती बनाउने विषयमा प्रतिपक्षी र सत्तापक्षबीच सहमती भयो,’…
काठमाडौं : आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मधेश र लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित…
काठमाडौँ– मलिना जोशी मिस नेपाल प्रतियोगिता २०११ की विजेता हुन् । उनी म्युजिक भिडियो केही फिल्ममा समेत देखिएकी थिइन् । ‘ऋतु’, ‘द विनर’, ‘तिमी हुन्छौ जहाँ जहाँ’ ‘रानी’ लगायत आधा दर्जन फिल्ममा काम गरे पनि उनलाई सफलता हात लागेन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गई जोखिममा परेका श्रमिकलाई उद्धार गर्न छुट्टै कोष स्थापना गर्ने भएको छ। श्रम मन्त्री डोलप्रसाद अर्यालले शनिबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै यस्तो कोषको तयारी भइरहेको जानकारी दिएका हुन्। हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गरिँदै आएको छ। विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिँदै आएको हो। तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोषको व्यवस्था सरकारले गरेको थिएन। ‘गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन्,’ मन्त्री अर्यालले भने, ‘उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो।…
संसदमा सहभागी दलसँग प्रदेश सरकारको छलफल,सुझावलाई पुजीको रुपमा ग्रहण गर्ने मन्त्री थपलियाको भनाई
हेटौंडा, ५ जेठ बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसङ्ग आर्थिक बर्ष २०८१/०८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता एवम् आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो । कार्यक्रमको बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आएका सुझावहरुलाई पुजीको रुपमा राख्ने बताउनुभयो । आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने बताउनुभयो । बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रुपमा रहने पनि उहाँको भनाई थियो । उहाँले छलफलमा राजस्वको बाटोहरु खोल्ने, खनिज पदार्थ उत्खननको लागि अध्ययन गर्नेलगायतका कामहरु खोजी गर्ने प्रस्ताव गर्नुभयो ।…
बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ६८ औँ खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सको सामना गर्दैछ । खेल बैंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी रंगशालामा साँझ ७:४५ बजेबाट सुरु हुनेछ । तर चिन्नास्वामी रंगशालामा आज साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यद्यपि, चिन्नास्वामी भारतका केही रंगशालाहरू मध्ये एक हो जहाँ ड्रेनेज प्रणाली धेरै राम्रो छ। पानी रोकिएपछि यहाँ खेल सुरु हुन सक्छ । आजको खेलमा चेन्नई र बैंगलुरु दुवैसँग प्लेअफमा पुग्ने मौका छ। यदि चेन्नईले जित्यो भने, यो सजिलै प्ले अफमा पुग्न सक्छ। बैंगलुरुले भने चेन्नईलाई कम्तीमा १८ रनले जित्नुपर्नेछ। यदि बैंगलुरुले १७ रन वा कमले…
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर प्रमुख विपक्षी दलसँग सहमति गर्न आग्रह गरेका छन् । बालुवाटार पुगेर प्रचण्ड र ओलीसँग संयुक्त छलफल गरेका सभामुख घिमिरेले आफू निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद सञ्चालन होस् भन्नेमा रहेको बताए । उनले भने, ‘जति बल गरेर संसद चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजेअघि नै सहमतिमा पुग्नुहोस् ।’ नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश नजाने सभामुख घिमिरेको भनाइ…
सहकारी प्रकरणको छानबिन समिति बन्ने, कानूनमन्त्री गिरीसहित तीन दलको कार्यदलले भोलि टीओआर तयार पार्ने
काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका छन् । उक्त समितिको टीओआर बनाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्नेसमेत शीर्ष नेताहरुले सहमति जनाएका छन् । कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन् । उक्त कार्यदलले भाेलि टीओआर बनाउनेछ । संसदको गत्यावरोध हटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए । उक्त बैठकमै नेपाली कांग्रेसका सभापति…
काठमाडौं / खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो। बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन्। विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे। दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए । श्रीमतीको मृत्युपछि दुई वर्ष सम्म नातिको सहारामा हिँडडुल गरे। उनको जीवनमा फेरि खुसी फर्किएको छ। एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको…
