Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौं महानगरपालिकाले मिनभवन स्थित सडक डिभिजन काठमाण्डौंको गेट अगाडि फोहोर फालिदिएकाे प्रति सडक डिभिजन काठमाण्डौंले आपत्ति जनाएको छ। कार्यालयले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरको यो बलमिच्याई तथा अराजक शैली भएको बताएको छ। ‘मिनि टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाण्डौंको गम्भीर ध्यानाकर्षण भएको छ। काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ।’ सडक डिभिजनले विज्ञप्ति मार्फत भनेको छ।…
रविको नाम नलेखे ‘गोर्खा मिडियाका तत्कालीन एमडी’ लेख्नुपर्ने कांग्रेसको नयाँ अडान काठमाडौं । सहकारी ठगीबारे बनाउने छानबिन समितिको टीओआर आज टुंगो लाग्न सकेन । भोलि शीर्ष तीन नेता बसेर सहमति जुटाउने सहमति भएको छ । आज कार्यदलको बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा नपुगेको हो । स्रोतका अनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम किटान नगर्न सहमत भएको थियो, तर पछि गोरखा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक (एमडी) भनेर लेख्नुपर्ने नयाँ अडान लिएको छ । यसमा सत्तापक्ष सहमत छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा भाेलि बिहान ९ बजे बैठक बस्ने भएका छन्…
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति नजिक पुगेपछि कार्यदल शीर्ष नेताहरुसँग छलफलमा बसेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन कांग्रेस सहमति नजिक पुगेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलमा भएको सहमतिअनुसार शीर्ष नेताहरुसँग बसेपछि आजै टीओआर टुंग्याउने तयारी छ । गृहमन्त्रीको नाम उल्लेख नगरे पनि संलग्न रहेको संस्था र सहकारीमाथि छानबिन गर्ने भएपछि कांग्रेस लचक भएको हो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणा गरेका हुन् ।मेयर शाहले स्टाटससँगै सडक विभाग अन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँको गेटमा एक ट्रक धुलो फ्याँकिएको भिडियो समेत सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलङ्कीदेखि…
काठमाडौं- नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् । कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् । कोभिड–१९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो । परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेकाे जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा…
काठमाडौं। सामान्य प्रशासनिकदेखि लिएर विकास निर्माण आयोजना निर्माणमा ऋण लिने प्रवृत्ति बढ्दै जाँदा नेपालले तिर्नुपर्ने ऋण दायित्व करिब २४ खर्ब हाराहारी पुगेको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको छ। कार्यालयले शनिबार नेपालले भुक्तान गर्न बाँकी सार्वजनिक ऋणको विवरण सार्वजनिक गरेको हो। कार्यालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामै ९८ अर्ब ऋण थपिएको छ, जुन चालू आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो। ‘चालू आर्थिक वर्ष २०८०/८१ को सुरुमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्म ९८ अर्ब ८ करोड थप प्राप्त भई कुल ऋण २३ खर्ब ९७ अर्ब रहेको छ’, कार्यालयको प्रतिवेदनमा भनिएको…
काठमाडौं – गत बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘फर्की फर्की’ले आक्रामक व्यापारको सुरुवात गरेको थियो । हिजो शुक्रबार पनि राम्रो व्यापार गरेको सिनेमाको आज शनिबारको व्यापार झनै आक्रामक छ । सिनेमाको निर्माण बिहानी शोबाटै दर्शक साक्षात्कार गर्न कलाकार सहित विभिन्न हलमा पुगिरहेको छ । वितरक गोविन्द शाहीले शनिबार बिहानी शोबाट देशभरका सिनेमा हलमा ‘फर्की फर्कीले’ हाउसफूल व्यापार गरेको बताउँछन् । हामीले पनि विभिन्न हलमा अनलाइन वेवसाइट खोलेर हेर्दा टिकट बुकिङ आक्रामक देखिएको थियो । सिनेमाका मुख्य अभिनेता दर्शकको यति धेरै मायाले आफुलाई आगामी दिनमा अझै उत्कृष्ट सिनेमामा का मगर्न चुनौती थपिएको बताए । साथै दर्शकको साथ र सहयोगप्रति…
चितवन , जेठ १२ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन आउदो निर्वाचन सम्मै जाने बताएका छ्न । नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको भएपनि यहि सरकारले आगामी निर्वाचन गराउने बताएका हुन ।उपाध्यक्ष पौडेलले काङ्ग्रेस सत्ता बाहिर बस्नु परेकोमा छटपटाहाट भएकोले अनेक बखेडा झिक्दै आएको र यस्तै अबस्था कायम रहे काङ्ग्रेस पतनको बाटोमा जाने बताए ।अधिवेशनको शुभकामना दिदै उपाध्यक्ष पौडेलले चितवन पार्टी लाई कस्तो बनाउने भन्ने भुमिका यहाकै पार्टी पङ्ती र अगुवाहरुको हातमा रहेकोले सक्षम नेतृत्व चयन गर्नु पर्ने बताए ।
काठमाडौं । सहकारी प्रकरणले अध्यादेशबाट बजेट आउने सम्भावना बढेर गएको छ । सत्तापक्ष र नेपाली कांग्रेसको दुरी अझै बढ्दो छ । तर, बजेट आउन ४ दिनमात्र बाँकी छ । यता प्रधानमन्त्रीले पनि संसदमा मार्सल लगाएरै विश्वासको मत लिइसकेको सन्दर्भमा सरकार अध्यादेशका लागि तयार भएको हो कि भने आशंका देखिएको छ । वैशाख २८ गते शुरु भएको बजेट अधिवेशन कांग्रेसका सांसदहरूले लगातार अवरुद्ध गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बनाएर अघि बढ्नुपर्ने विपक्षी दलहरूको मागका कारण संसद अवरोध कायमै रहँदा बजेट स्वाभाविक र नियमित प्रक्रियाबाट आउला र भन्ने शंका पैदा…
नेकपा एमाले चितवनकाे ११ औ जिल्ला अधिवेशन भरतपुरमा सुरु भएकाे छ । एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पाैडेलले अधिवेशनकाे उद्घाटन गरेका छन् ।
