Author: admin

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नेछन् । बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनेछन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

Read More

काठमाडौं । संसदमा प्रतीपक्षको विरोधका बीच सरकारले मंगलबार नयाँ बजेट प्रस्तुत गर्न लागेको छ । गणतन्त्र दिवस अर्थात् जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता पुरा गर्न अध्यादेशको बाटो नरोजी संसदलाई ‘पेलेर जाने’ निश्चितप्रायः भएको छ । यसको रौकन बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा देखिएको छ । बजेट निर्माणमा सक्रीय सहसचिवहरु रात परेपछि विभिन्न शक्तिकेन्द्रमा बजेट ब्रिफिङ गर्न जाने र आउने क्रम चलिरहेको छ । कार्यालय समयपश्चात् मन्त्रालयका बन्द ढोका ढकढक्याउँदै भित्र छिर्ने विभिन्न खाले मानिसहरुको उपस्थिति बाक्लिएको छ । मन्त्रालयको छतमा हरेक सालजस्तै यो वर्ष पनि भोज लागेको छ । अधिकतर कर्मचारी र मन्त्रीका आसेपासे एवम् प्रभावशाली व्यक्तिहरुको भिडभाड भूईँमा होइन,…

Read More

काठमाडौं । सामान्यतया बजेट भनेको आय र व्ययको दस्थावेज हो । यसले आम्दानी कति गर्ने र खर्च कति गर्ने भन्ने निक्र्यौल निकाल्ने काम गर्छ । बजेटको एउटा चक्र पनि हो । बजेटको लक्ष्य तथा उद्देश्यहरु निर्धारण गरेर, पुराना सुचनाहरु विश्लेषण गरेर बजेटको तयारी सुरु हुन्छ । अहिले बजेट जेठ १५ गते संघीय संसदमा पेश गर्ने प्रचलन रहेको छ । सामान्य तथा बजेट निर्माणको काम भने कात्तिकबाट नै सुरु हुने गरेको छ । तर गत आवदेखि संघीय संरचना अनुसार बजेट निर्माण भइरहेको छ । पहिलो संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले र प्रदेश सरकारले ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गरेका छन्…

Read More

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनाैपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले भोलिदेखि संसद चल्ने सहमति भएको जानकारी दिए । आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए । सो बैठकले बैठकलाई औपचारिकता दिइने उनले बताए । त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे । यता नेपाली कांग्रेसका सचेतक रमेश लेखकले छलफल गम्भीर भएको र निष्कर्ष उन्मुख तथा सकारात्मक रहेको बताए । ठ्याक्कै नयाँ भएको के हो…

Read More

चितवन, जेठ १४ –नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जारी छ । आगामी नेतृत्व चयनका लागि भोलि बिहानबाट निर्वाचन गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।७६१ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । ती प्रतिनिधिले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछन् ।निर्वाचन अधिकृत भण्डारीका अनुसार एमाले चितवनको अध्यक्षमा कमलराज पाठक र घनश्याम कँडेलको उम्मेद्वारी परेको छ । पाठक हालका जिल्ला कमिटी उपाध्यक्ष हुन् भने कँडेल संगठन विभाग प्रमुख थिए ।त्यसैगरी उपाध्यक्षमा श्याम विष्ट र कृष्णकुमार डल्लाकोटीको उम्मेद्वारी परेको छ । सचिवमा प्रकाश ढुङ्गाना र पदमपाणी सुवेदीको उम्मेद्वारी परेको छ । त्यसैगरी उपसचिवहरुमा केशव आचार्य, गोपाल परियार,…

Read More

चितवनको माडीमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन । सोमबार दिउसो भैसी चराउन जंगल गएका माडी नगरपालिका वडा नम्वर ८ का ४५ वर्षीय भक्तबहादुर थापालाई बाघले आक्रमण गरी घाइते बनाएको हो । बाघको आक्रमणबाट घाइते थापाको माडीको बघौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको छ । माडीमा वन्यजन्तुको आक्रमणबाट बर्षेनी धनजनको क्षति हुने गरेको छ ।

Read More

चितवन , जेष्ठ १४ – मुग्लिन नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२:३० बजेको समयमा ३ वटा बस र २ वटा ट्रक एक आपसमा ठोक्किएको हो । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिसाबाट आउदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो । त्यस्तै मुग्लिनबाट जादै…

Read More

चितवन,जेठ १३- नेकपा (एमाले) चितवनको नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी परेको छ । हिजोदेखि भरतपुरमा सुरु भएको ११ औँ अधिवेशनमा आज भएको मनोनयनमा हालका उपाध्यक्ष कमल पाठक र जिल्ला कमिटी सदस्य घनश्याम कंडेलले अध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा श्याम विष्ट र कृष्ण डल्लाकोटी, सचिवमा हालका उपसचिव प्रकाश ढुंगाना र पदम सुवेदीको उम्मेद्वारी परेको छ । यद्यपि सकेसम्म नेतृत्व सर्वसहमत बनाउने प्रयासमा नेकपा एमाले रहेको छ । १४ गतेसम्म सञ्चालन हुने अधिवेशनले तीन वर्षका लागि नेतृत्व चयन गर्दैछ । अधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव दुई सहित १२० सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । जिल्ला…

Read More

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आइतबार सार्वजनिक गरिएको महालेखापरीक्षक कार्यालयको ६१औं प्रतिवेदनमा १३ प्रतिशतमात्र कानूनी व्यवस्थाअनुसार भदौ महिनामा र बाँकी ८७ प्रतिशत अन्य महिनामा सरुवा भएको औंल्याइएको हो । प्रतिवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९/८० मा राजपत्राङ्कित एक हजार ९५४ र राजपत्र अनङ्कित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गरेको थियो । मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्नेमा वर्षभरि सरुवा गर्ने तथा काजमा खटाउने गरेको महालेखापरीक्षकले औंल्याएको छ । निजामती सेवा ऐन २०४९ अनुसार कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउन एक मन्त्रालय वा अन्तर्गतको विभाग वा…

Read More

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

Read More