Author: admin

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका हुन्।अर्थमन्त्री पुनले ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब ३५ करोड पुँजीगत खर्चको विनियोजन गरेका छन्। ३ खर्ब ६७ अर्ब १८ करोड वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको जनाएका छन्।योसँगै नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो।खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ६० अर्ब ३० करोड राजस्व उठाउने, ५२ अर्ब ३३ करोड…

Read More

काठमाडौँ । सहकारी ठगी सम्बन्धमा छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले चार बुँदे सहमति गरेका कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् ।

Read More

आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ। नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन्। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते…

Read More

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नेछन् । बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुनेछन् । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।

Read More

काठमाडौं । संसदमा प्रतीपक्षको विरोधका बीच सरकारले मंगलबार नयाँ बजेट प्रस्तुत गर्न लागेको छ । गणतन्त्र दिवस अर्थात् जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता पुरा गर्न अध्यादेशको बाटो नरोजी संसदलाई ‘पेलेर जाने’ निश्चितप्रायः भएको छ । यसको रौकन बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा देखिएको छ । बजेट निर्माणमा सक्रीय सहसचिवहरु रात परेपछि विभिन्न शक्तिकेन्द्रमा बजेट ब्रिफिङ गर्न जाने र आउने क्रम चलिरहेको छ । कार्यालय समयपश्चात् मन्त्रालयका बन्द ढोका ढकढक्याउँदै भित्र छिर्ने विभिन्न खाले मानिसहरुको उपस्थिति बाक्लिएको छ । मन्त्रालयको छतमा हरेक सालजस्तै यो वर्ष पनि भोज लागेको छ । अधिकतर कर्मचारी र मन्त्रीका आसेपासे एवम् प्रभावशाली व्यक्तिहरुको भिडभाड भूईँमा होइन,…

Read More

काठमाडौं । सामान्यतया बजेट भनेको आय र व्ययको दस्थावेज हो । यसले आम्दानी कति गर्ने र खर्च कति गर्ने भन्ने निक्र्यौल निकाल्ने काम गर्छ । बजेटको एउटा चक्र पनि हो । बजेटको लक्ष्य तथा उद्देश्यहरु निर्धारण गरेर, पुराना सुचनाहरु विश्लेषण गरेर बजेटको तयारी सुरु हुन्छ । अहिले बजेट जेठ १५ गते संघीय संसदमा पेश गर्ने प्रचलन रहेको छ । सामान्य तथा बजेट निर्माणको काम भने कात्तिकबाट नै सुरु हुने गरेको छ । तर गत आवदेखि संघीय संरचना अनुसार बजेट निर्माण भइरहेको छ । पहिलो संघीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले र प्रदेश सरकारले ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउने गरेका छन्…

Read More

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी नेपाली कांग्रेसबीच सदन सुचारु गर्ने अनाैपचारिक सहमति भएको छ । कानूनमन्त्री पदम गिरीले भोलिदेखि संसद चल्ने सहमति भएको जानकारी दिए । आज बसेको दलहरुबीचको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलहरुबीच सहकारीका विषयमा संसदीय छानबिन समिति बन्ने र त्यसको पूर्णता दिन भोलि बिहान ११ बजे कानून मन्त्रालयलमा कार्यदलको बैठक बस्ने बताए । सो बैठकले बैठकलाई औपचारिकता दिइने उनले बताए । त्यस्तै, भोलि नै संसदको संयुक्त बैठक सुचारु हुनेमा पनि सहमति भएको उल्लेख गरे । यता नेपाली कांग्रेसका सचेतक रमेश लेखकले छलफल गम्भीर भएको र निष्कर्ष उन्मुख तथा सकारात्मक रहेको बताए । ठ्याक्कै नयाँ भएको के हो…

Read More

चितवन, जेठ १४ –नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जारी छ । आगामी नेतृत्व चयनका लागि भोलि बिहानबाट निर्वाचन गर्ने तयारी गरिएको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।७६१ जना प्रतिनिधिहरु अधिवेशनमा उपस्थित छन् । ती प्रतिनिधिले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछन् ।निर्वाचन अधिकृत भण्डारीका अनुसार एमाले चितवनको अध्यक्षमा कमलराज पाठक र घनश्याम कँडेलको उम्मेद्वारी परेको छ । पाठक हालका जिल्ला कमिटी उपाध्यक्ष हुन् भने कँडेल संगठन विभाग प्रमुख थिए ।त्यसैगरी उपाध्यक्षमा श्याम विष्ट र कृष्णकुमार डल्लाकोटीको उम्मेद्वारी परेको छ । सचिवमा प्रकाश ढुङ्गाना र पदमपाणी सुवेदीको उम्मेद्वारी परेको छ । त्यसैगरी उपसचिवहरुमा केशव आचार्य, गोपाल परियार,…

Read More

चितवनको माडीमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन । सोमबार दिउसो भैसी चराउन जंगल गएका माडी नगरपालिका वडा नम्वर ८ का ४५ वर्षीय भक्तबहादुर थापालाई बाघले आक्रमण गरी घाइते बनाएको हो । बाघको आक्रमणबाट घाइते थापाको माडीको बघौडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको छ । माडीमा वन्यजन्तुको आक्रमणबाट बर्षेनी धनजनको क्षति हुने गरेको छ ।

Read More

चितवन , जेष्ठ १४ – मुग्लिन नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा ५ वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ स्थित १७ किलोमा राति १२:३० बजेको समयमा ३ वटा बस र २ वटा ट्रक एक आपसमा ठोक्किएको हो । मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिसाबाट आउदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो । त्यस्तै मुग्लिनबाट जादै…

Read More