Author: admin

४ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् । धितोपत्र ऐन अनुसार बोर्ड अध्यक्षले राजीनामा सरकार समक्ष बुझाउनुपर्छ । सोही अनुसार श्रेष्ठले शनिबार अर्थमन्त्री समक्ष राजीनामा दिने जानकारी गराएको धितोपत्र बोर्डका एक सञ्चालकले बताए । शुक्रबारको बोर्ड बैठक सकिएपछि श्रेष्ठले सञ्चालकरूलाई जानकारी दिँदै सरकारलाई सहयोग गर्न आफूले राजीनामा दिन लागेको बताएको ती सञ्चालकको भनाइ छ । श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । साथै, शुक्रबारको बैठकले हिमालयन सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ९६ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पनि…

Read More

२६ चैत, माडी । यात्रुबाहक बसको ठक्करबाट माडी नगरपालिका–८, खरकट्टामा एक युवतीको ज्यान गएको छ। बिहीबार दिउँसो करिब ३ः४५ बजे भरतपुरबाट ठोरीतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०२०४ नम्बरको बसले सडक पार गर्दै गरेकी १८ वर्षीया प्रिति परियारलाई ठक्कर दिएक हो। दुर्घटनामा (मानसिक सन्तुलनमा समस्या रहेकी) परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सोमेश्वरका अनुसार माडी–८ खरकट्टा भालुखोला पुलबाट करिब ८० मिटर पश्चिम हुलाकी राजमार्गमा उक्त दुर्घटना भएको हो। ठक्कर दिने बस र सो बसका चालक माडी–६ कल्याणपुरका ४५ वर्षीय गुप्तबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।

Read More

चितवन । मुनलाइट बोर्डिङ स्कुल बाह्रघरेमा परीक्षा दिन गएका दुई जना विद्यार्थीको नारायणी नदीको भंगालोमा डुबेर ज्यान गएको छ । कक्षा ७ मा पढ्ने वर्ष १३/१४ वर्षका सनम रम्तेल र प्रशान्त क्षेत्री नारायणी नदीको घोल भएको भंगालोमा डुबेर मृत्यु भएका चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । दुवै बालकको भरतपुर १६, बाह्रघरेका हुन् । उनका अनुसार आज परीक्षा चलिरहेको समयमा उनीहरू विद्यालयमा झोला राखी पौडी निस्किएका र स्कुलको सात सय मिटर दुरीमा रहेको नदीको डुबेर बेपत्ता भएको स्थानीयले जानकारी गराएका थिए । त्यसपछि उद्धार गरी भरतपुर अस्पताल ल्याइएको दुबैजनाको साढे २ बजे अस्पतालले मृत घोषणा गरेको एसपी पुरीले…

Read More

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने भएको छ। शनिबार बिहान पक्राउ परेका ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको छ। ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो। अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतले जनाएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ। ओली र लेखकलाई ज्यानसम्बन्धी मुद्दा लगाइएको छ। यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा छ।

Read More

चितवन । राप्ती नगरपालिकामा लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले भावुक स्टाटससहित हाजिर हुन आउन फेसबुकबाट अनुरोध गरेका छन् । मेयरले एक महिनादेखि आफ्नो सम्पर्कमा नरहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोटो र हाजिर हुन फागुन २५ मा गरिएको ताकेताको पत्र सामाजिक सञ्जालमा राख्दै ‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ भनेका हुन् । राप्ती नगरपालिका राजनीतिक खिचातानीका कारण अहिलेको नेतृत्व आएदेखि नै विवादमा परेको स्थानीय तह हो । नियमित नगरसभा, कार्ययपालिका बैठक, नगररपरिषद् समेत गर्न नसक्दा नीति तथा कार्यक्रम कार्यन्वयनमा समेत यो पालिकामा समस्या हुने गरेको छ । यस वर्ष पनि गत पुस ३० गते…

Read More

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । दिउँसो २ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका थिए । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि ललितपुरको एक पाँचतारे होटलमा अभिमुखिकरण भइरहेको हो । समानुपातिक सांसदहरु पनि निर्वाचित भइसकेपछि रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेको छ । रास्वपाको कुल ५७ सिटमध्ये खस–आर्य १७, आदिवासी जनजाति १६, मधेसीमा ९, दलितमा ८, थारु ४ र मुस्लिममा ३ जना समेटिएका छन् । जसमा ४८ जना महिला र ९ जना पुरुष छन् । निर्वाचन आयोगले अन्तिम निर्णय प्रकाशन गर्ने तयारी जुट्दै गर्दा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाह (बालेन) ले राजनीतिक र विज्ञ टोलीसँगको भेटघाट तीव्र पारेका छन्…

Read More

चितवन — सप्तगण्डकी बहुमुखी क्याम्पस, विज्ञान संकायको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा आयोजित जङ्गल हाइकिङ (जंगल वाक) परिक्षण कार्यक्रम मंगलबार (चैत्र, ३) सफलतापूर्वक सम्पन्न भएको छ। करिब १० किलोमिटर लामो वनमार्गमा सञ्चालन गरिएको उक्त कार्यक्रमले पदमार्गको रुपमा परिक्षण तथा विद्यार्थीहरूलाई व्यवहारिक वातावरणीय शिक्षा दिने उद्देश्य राखेको आयोजकले जनाएको छ।चितवनको टिकौली गेटबाट सुरु भएको हाइकिङ रत्न नगर नगरपालिकाको पन्चकन्या सामुदायिक वन, कालिमाटी घोल, जमुना घोल, खगेरी नदी क्षेत्र, मणिखोला पार्क, घाँसे मैदान, बायो ड्याम, भिउ पोईन्ट, मचान, नर्सरी तथा वृक्षारोपण क्षेत्र हुँदै विभिन्न दृश्यावलोकन स्थल पार गर्दै कालिका नगरपालिका स्थित चतुर्मुखी सामुदायिक वन गडुवा तालसम्म पुगेको थियो। प्राकृतिक सौन्दर्यले…

Read More

काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिट जितेका छन्। काठमाडौँ १ मा रास्वपाबाट रञ्जु दर्शना र मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी भएका छन्। अन्य ६ क्षेत्रमा रास्वपा जित नजिक पुग्दा अन्य स्थानमा पनि फराकिलो मतान्तर बनाइरहेको छ। काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये ललितपुर १ बाहेक अन्य सबै स्थानमा रास्वपाको अग्रता छ। तराईँ–मधेश र हाईवे जोडिएका क्षेत्रसहित पहाडी जिल्लाहरूमा पनि रास्वपाप्रति आकर्षण देखिएको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाहका कारण रास्वपाप्रति जनआर्षण बढेको देखिन्छ। बालेनले झापा ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४…

Read More

काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज (बुधबार) सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ। बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए। राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो। बैठकमा अर्थमन्त्री रामेश्वर…

Read More