Author: admin

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल रूपमा अदालत उपस्थित गराइने भएको छ। शनिबार बिहान पक्राउ परेका ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनको मुटुको चाल अनियमित भएपछि अस्पतालमै राखिएको छ। ओलीलाई अस्पतालबाटै भर्चुअल रूपमा काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको हो। अदालत उपस्थित गराउन खोजे पनि ओलीको उपचारमा संलग्न चिकित्सकहरूले अनुमति नदिएको स्रोतले जनाएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालत उपस्थित गराइसकिएको छ। ओली र लेखकलाई ज्यानसम्बन्धी मुद्दा लगाइएको छ। यो मुद्दा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा छ।

Read More

चितवन । राप्ती नगरपालिकामा लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले भावुक स्टाटससहित हाजिर हुन आउन फेसबुकबाट अनुरोध गरेका छन् । मेयरले एक महिनादेखि आफ्नो सम्पर्कमा नरहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोटो र हाजिर हुन फागुन २५ मा गरिएको ताकेताको पत्र सामाजिक सञ्जालमा राख्दै ‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ भनेका हुन् । राप्ती नगरपालिका राजनीतिक खिचातानीका कारण अहिलेको नेतृत्व आएदेखि नै विवादमा परेको स्थानीय तह हो । नियमित नगरसभा, कार्ययपालिका बैठक, नगररपरिषद् समेत गर्न नसक्दा नीति तथा कार्यक्रम कार्यन्वयनमा समेत यो पालिकामा समस्या हुने गरेको छ । यस वर्ष पनि गत पुस ३० गते…

Read More

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । दिउँसो २ बजे प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका थिए । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । दुई दिनदेखि ललितपुरको एक पाँचतारे होटलमा अभिमुखिकरण भइरहेको हो । समानुपातिक सांसदहरु पनि निर्वाचित भइसकेपछि रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेको छ । रास्वपाको कुल ५७ सिटमध्ये खस–आर्य १७, आदिवासी जनजाति १६, मधेसीमा ९, दलितमा ८, थारु ४ र मुस्लिममा ३ जना समेटिएका छन् । जसमा ४८ जना महिला र ९ जना पुरुष छन् । निर्वाचन आयोगले अन्तिम निर्णय प्रकाशन गर्ने तयारी जुट्दै गर्दा रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उमेदवार बालेन्द्र शाह (बालेन) ले राजनीतिक र विज्ञ टोलीसँगको भेटघाट तीव्र पारेका छन्…

Read More

चितवन — सप्तगण्डकी बहुमुखी क्याम्पस, विज्ञान संकायको आयोजनामा तथा डिभिजन वन कार्यालय चितवनको सहकार्यमा आयोजित जङ्गल हाइकिङ (जंगल वाक) परिक्षण कार्यक्रम मंगलबार (चैत्र, ३) सफलतापूर्वक सम्पन्न भएको छ। करिब १० किलोमिटर लामो वनमार्गमा सञ्चालन गरिएको उक्त कार्यक्रमले पदमार्गको रुपमा परिक्षण तथा विद्यार्थीहरूलाई व्यवहारिक वातावरणीय शिक्षा दिने उद्देश्य राखेको आयोजकले जनाएको छ।चितवनको टिकौली गेटबाट सुरु भएको हाइकिङ रत्न नगर नगरपालिकाको पन्चकन्या सामुदायिक वन, कालिमाटी घोल, जमुना घोल, खगेरी नदी क्षेत्र, मणिखोला पार्क, घाँसे मैदान, बायो ड्याम, भिउ पोईन्ट, मचान, नर्सरी तथा वृक्षारोपण क्षेत्र हुँदै विभिन्न दृश्यावलोकन स्थल पार गर्दै कालिका नगरपालिका स्थित चतुर्मुखी सामुदायिक वन गडुवा तालसम्म पुगेको थियो। प्राकृतिक सौन्दर्यले…

Read More

काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसले एक/एक सिट जितेका छन्। काठमाडौँ १ मा रास्वपाबाट रञ्जु दर्शना र मुस्ताङबाट कांग्रेसका योगेश गौचन विजयी भएका छन्। अन्य ६ क्षेत्रमा रास्वपा जित नजिक पुग्दा अन्य स्थानमा पनि फराकिलो मतान्तर बनाइरहेको छ। काठमाडौँ उपत्यकाका १५ क्षेत्रमध्ये ललितपुर १ बाहेक अन्य सबै स्थानमा रास्वपाको अग्रता छ। तराईँ–मधेश र हाईवे जोडिएका क्षेत्रसहित पहाडी जिल्लाहरूमा पनि रास्वपाप्रति आकर्षण देखिएको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन्द्र शाहका कारण रास्वपाप्रति जनआर्षण बढेको देखिन्छ। बालेनले झापा ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४…

Read More

काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज (बुधबार) सिंहदरबारमा भएको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सुरक्षा व्यवस्था भएको निष्कर्ष निकालेको छ। बैठकले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा परिचालन गर्ने निर्णय गरेको रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए। राष्ट्रिय सुरक्षाका विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय क्षेत्रमा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभावका साथै भावी रणनीतिबारे छलफल भएको थियो। बैठकमा अर्थमन्त्री रामेश्वर…

Read More

काठमाडौँ- फागुन २१ अर्थात् भोलि बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ। निर्वाचनका लाथि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाङ्ने लगायतका कामहरू भएका छन्। बिहीबार बिहान ७ बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्।

Read More

विश्व सिमसार दिवस २०२६ को अवसरमा “सिमसार र परम्परागत ज्ञान: सांस्कृतिक सम्पदाको सम्मान” भन्ने नाराका साथ सिमसार संरक्षण केन्द्रित शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा, क्लब अफ इन्भाइरोन्मेन्टल साइन्सेस (CESS) तथा नवजागृति सामुदायिक वन उपभोक्ता समूह, भरतपुर–११ को सहकार्यमा र विश्वविद्यालय अनुदान आयोग (UGC), नेपाल को सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले मृगकुञ्ज ताल तथा नवजागृति ईको पार्कको अध्ययन अवलोकन भ्रमण गरेका थिए । अवलोकनका क्रममा सिमसारको वर्तमान अवस्था, जैविक विविधता, पानी स्रोतको संरक्षण र समुदायको भूमिकाबारे जानकारी प्रदान गरिएको थियो ।त्यसैगरी, नवजागृति सामुदायिक वनका पदाधिकारीहरूसँग विद्यार्थीहरूको अन्तर्क्रिया कार्यक्रम सञ्चालन…

Read More

प्यानलसहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । पोखरेल अध्यक्षको उम्मेदवार रहेको उक्त समूहले उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा. विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङलाई उपाध्यक्षमा अगाडि सारेको छ । यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार बनेका छन् । यसैगरी, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ । यो समूहले केन्द्रीय सदस्यमा केपी शर्मा ओली (अध्यक्षका प्रत्यासी)देखि शंकर पोखरेल (महासचिवका प्रत्यासी)लाई समेत मत दिनेगरी आफ्नो सूचीमा राखेको…

Read More