Author: admin

काठमाडौं। बजेट पारदर्शिता मापन गर्ने विश्वव्यापी खुला बजेट सर्वेक्षण प्रतिवेदन २०२३ सार्वजनिक भएको छ। सार्वजनिक प्रतिवेदनमा नेपालको बजेट पारदर्शिता अंक ५० देखिएको छ। सर्वेक्षण गरिएका १२५ देशमध्ये नेपाल ५८औं स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय बजेट साझेदारी (आईबीपी) ले मे २९ मा जारी गरेको प्रतिवेदनमा १२५ देशको सन् २०२२ को राष्ट्रिय बजेटका आधारमा गरिएको विश्वव्यापी सर्वेक्षणका नतिजा प्रकाशन गरिएको हो। नेपालले खुला बजेट सर्वेक्षणका मुख्य तीन खम्बामध्ये बजेट पारदर्शिताको अवस्थामा सयमा ५० अंक पाए पनि बजेटको निगरानीमा ४६ अंक र बजेट प्रक्रियामा जनसहभागिताको अवस्थामा ३१ अंक मात्रै प्राप्त गरेको छ। खुला बजेट सर्वेक्षणमा ६१ अंक वा सोभन्दा बढी प्राप्त भए मात्रै सम्बन्धित…

Read More

लक्ष्मण गौतम – चितवन, जेठ १७ – चितवनको माडीमा रहेको एक विद्यालयले विद्यालयको आम्दानीको श्रोत बढाउन र बिद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापको रुपमा श्रमसित जोड्न अदुवा खेती सुरु गरेको छ । माडी ७ मा रहेको बालकल्याण आधारभूत विद्यालय जगन्नाथपुरी (बाबियोडाडा)ले बिद्यालय लाई आर्थिक रुपमा टेवा पुर्याउने उदेश्यले अदुवा खेती सुरु गरेको हो । विद्यालयको आफ्नै जमिन खाली रहेको अबस्थामा शिक्षकहरु र विद्यार्थीहरुको अगुवाइ पहिलो चरणमा करिव ३ कठ्ठा जमिनमा अदुवा खेती सुरु गरिएको हो । खाली जमिनको सदुपयोग र विद्यालयको आयस्तरमा टेवा पुर्याउने उदेश्यले शिक्षक तथा विद्यार्थीहरु संयुक्त अगुवाइमा नमुनाका रुपमा अदुवाखेती लाई अगाडी बढाइएको विद्यालयका प्रधानध्यापक केशवराज अधिकारीले बताउनु भयो ।…

Read More

चितवन, जेठ १७- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाइएका दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ । नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए । होटल सञ्चालक ढकालका श्रीमान भरत भनिने भक्तविलास घिमिरे…

Read More

नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानीले समूहको व्यापार व्यवसाय विस्तार गर्न लागेका छन् । यतिबेला उनको ध्यान समस्याग्रस्त फिनटेक उद्योगमा छ । भारतीय फिनटेक कम्पनी पेटीएमको स्वामित्व किन्ने उनको दाउ रहेको चर्चा चलिरहेको छ । अदानी ग्रुपले पेटीएमको मातृ कम्पनी वनकम्युनिकेशनमा स्वामित्व किन्ने विचार गरेको र यसबारे छलफल जारी रहेको बताइएको छ । विजनेश टुडेमा छापिएको खबरअनुसार पेटीएमका संस्थापक र सीईओ विजय शेखर शर्माले मंगलबार यो सम्झौतालाई अन्तिम रुप दिन अहमदावादमा गौतम अदानीसँग उनको कार्यालयमा भेटेका थिए ।अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पेटीएमको माउ कम्पनीमा स्वामित्व किन्ने विचार गरिरहेको समाचारमा उल्लेख छ । केही समयअघि पेटएिम बैंक लिमिटेडमाथि भारतीय…

Read More

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राजनीतिमा सक्रिय हुन अनौपचारिक रूपमा निम्तो दिएको छ। नौ वर्षपछि उनलाई एमालेको औपचारिक कार्यक्रममा सहभागी गराएर राजनीतिमा आउन अप्रत्यक्ष निम्तो दिइएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन्। भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि र एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ता थिए। एमाले कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेको हो। जनसंगठन समन्वय संयन्त्रको इन्चार्ज भानुभक्त ढकाल छन्। भेलामा भण्डारीले राजनीतिक सम्बोधन भने गरिनन्। उनले पेसा, वर्ग, सामुदायिक मुद्दा र…

Read More

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबारअपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका…

Read More

काठमाडौं । बीमा कम्पनी र बीमित बीचको कानूनी सम्बन्ध र करारिय दायीत्व निर्धारण गर्ने महत्वपूर्ण दस्तावेज हो । बीमालेख अन्तर्गत बीमितले बीमा कम्पनी अन्तर्गत पाउने सुविधाहरू र दाबीवापतको रकमबारे बीमालेखमा उल्लेख गरिएको हुन्छ। बीमितले बीमाशुल्क भुक्तानी गरेर नविकरण गर्दा सम्म बीमालेखमा तोकिएको अवधिसम्मका लागि बीमालेखको शर्त मान्य हुन्छ। बीमालेख नविकरण नगरेको अवस्थामा बीमालेख अन्तर्गतको करारिय दायीत्वबाट बीमकले उन्मुक्ति पाउँछ । यी त भए सामान्य अवस्था । तर केही असामान्य अवस्थामा बीमालेखमा उल्लेख नभए पनि बीमकले कानूनी दायीत्व बहन गर्नुपर्छ । सर्वोच्च अदालतले २०६६ असार ३१ गते गरेको ‘लस अफ लाइसेन्स दाबी’ सम्बन्धी मुद्दामा बीमालेख करारको व्याख्या गर्दै बीमालेखमा जेसुकै लेखेको…

Read More

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट ९७ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले वैशाखसम्म ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ बीमालेख नवीकरणबाट बीमाशुल्क उठाएका हुन्। नवीकरणबाट सबैभन्दा नेपाल लाइफले बीमाशुल्क उठाएको छ। यो कम्पनीले २६ अर्ब ९० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) रहेको छ। एलआईसीले यो १० महिनामा बीमालेख नवीकरणबाट १२ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।नवीकरणबाट तेस्रो सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा हिमालयन…

Read More

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको अन्तिम किस्ताको लाइसेन्स नवीकरणका लागि रितपूर्वक निवेदन दिन अटेर गरेको छ। दूरसञ्चार ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रितपूर्वक निवेदन दिनुपर्ने छ। रितपूर्वक निवेदन दिन अटेर गरेका कारण थप जरिबाना तिर्नुपर्ने अवस्था आएको छ। एनसेलले नेपालमा पहिलोपटक २०६१ साल भदौ १६ गते लाइसेन्स लिएको थियो। एनसेलको पछिल्लो नवीकरणको म्याद २०८१ सालको भदौ १५ गतेसम्म रहेको छ। अन्तिम पाँच वर्षको नवीकरणका लागि एनसेलले तीन महिनअघि नै रितपूर्वक निवेदन दिनुपर्ने हुन्छ। जेठ १६ गते (आज) २० अर्ब रुपैयाँ बुझाउनुपर्ने हो। यसअघि नै नवीकरणका लागि ४ अर्ब रुपैयाँ दिएर निवेदन दिएपनि रितपूर्वक बाँकी १६ अर्ब रुपैयाँ नुबझाएका कारणले रित नपुगेको…

Read More

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् । मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् । ‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।’ मंगलबार सार्वजनिक बजेट वक्त्वयमा सरकारले सहकारी संस्थाको बचतकर्ताहरूको ५ लाखसम्म रकम सञ्चालकहरुको सम्पत्ति रोक्का राखी फिर्ता गर्ने उल्लेख गरेको थियो…

Read More