Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानीले समूहको व्यापार व्यवसाय विस्तार गर्न लागेका छन् । यतिबेला उनको ध्यान समस्याग्रस्त फिनटेक उद्योगमा छ । भारतीय फिनटेक कम्पनी पेटीएमको स्वामित्व किन्ने उनको दाउ रहेको चर्चा चलिरहेको छ । अदानी ग्रुपले पेटीएमको मातृ कम्पनी वनकम्युनिकेशनमा स्वामित्व किन्ने विचार गरेको र यसबारे छलफल जारी रहेको बताइएको छ । विजनेश टुडेमा छापिएको खबरअनुसार पेटीएमका संस्थापक र सीईओ विजय शेखर शर्माले मंगलबार यो सम्झौतालाई अन्तिम रुप दिन अहमदावादमा गौतम अदानीसँग उनको कार्यालयमा भेटेका थिए ।अदानी ग्रुपका अध्यक्ष गौतम अदानी पेटीएमको माउ कम्पनीमा स्वामित्व किन्ने विचार गरिरहेको समाचारमा उल्लेख छ । केही समयअघि पेटएिम बैंक लिमिटेडमाथि भारतीय…
नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राजनीतिमा सक्रिय हुन अनौपचारिक रूपमा निम्तो दिएको छ। नौ वर्षपछि उनलाई एमालेको औपचारिक कार्यक्रममा सहभागी गराएर राजनीतिमा आउन अप्रत्यक्ष निम्तो दिइएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनिन्। भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि र एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ता थिए। एमाले कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेको हो। जनसंगठन समन्वय संयन्त्रको इन्चार्ज भानुभक्त ढकाल छन्। भेलामा भण्डारीले राजनीतिक सम्बोधन भने गरिनन्। उनले पेसा, वर्ग, सामुदायिक मुद्दा र…
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबारअपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीले भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका…
काठमाडौं । बीमा कम्पनी र बीमित बीचको कानूनी सम्बन्ध र करारिय दायीत्व निर्धारण गर्ने महत्वपूर्ण दस्तावेज हो । बीमालेख अन्तर्गत बीमितले बीमा कम्पनी अन्तर्गत पाउने सुविधाहरू र दाबीवापतको रकमबारे बीमालेखमा उल्लेख गरिएको हुन्छ। बीमितले बीमाशुल्क भुक्तानी गरेर नविकरण गर्दा सम्म बीमालेखमा तोकिएको अवधिसम्मका लागि बीमालेखको शर्त मान्य हुन्छ। बीमालेख नविकरण नगरेको अवस्थामा बीमालेख अन्तर्गतको करारिय दायीत्वबाट बीमकले उन्मुक्ति पाउँछ । यी त भए सामान्य अवस्था । तर केही असामान्य अवस्थामा बीमालेखमा उल्लेख नभए पनि बीमकले कानूनी दायीत्व बहन गर्नुपर्छ । सर्वोच्च अदालतले २०६६ असार ३१ गते गरेको ‘लस अफ लाइसेन्स दाबी’ सम्बन्धी मुद्दामा बीमालेख करारको व्याख्या गर्दै बीमालेखमा जेसुकै लेखेको…
काठमाडौं । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट ९७ अर्ब १२ करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले वैशाखसम्म ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ बीमालेख नवीकरणबाट बीमाशुल्क उठाएका हुन्। नवीकरणबाट सबैभन्दा नेपाल लाइफले बीमाशुल्क उठाएको छ। यो कम्पनीले २६ अर्ब ९० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) रहेको छ। एलआईसीले यो १० महिनामा बीमालेख नवीकरणबाट १२ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।नवीकरणबाट तेस्रो सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा हिमालयन…
काठमाडौं- दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको अन्तिम किस्ताको लाइसेन्स नवीकरणका लागि रितपूर्वक निवेदन दिन अटेर गरेको छ। दूरसञ्चार ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रितपूर्वक निवेदन दिनुपर्ने छ। रितपूर्वक निवेदन दिन अटेर गरेका कारण थप जरिबाना तिर्नुपर्ने अवस्था आएको छ। एनसेलले नेपालमा पहिलोपटक २०६१ साल भदौ १६ गते लाइसेन्स लिएको थियो। एनसेलको पछिल्लो नवीकरणको म्याद २०८१ सालको भदौ १५ गतेसम्म रहेको छ। अन्तिम पाँच वर्षको नवीकरणका लागि एनसेलले तीन महिनअघि नै रितपूर्वक निवेदन दिनुपर्ने हुन्छ। जेठ १६ गते (आज) २० अर्ब रुपैयाँ बुझाउनुपर्ने हो। यसअघि नै नवीकरणका लागि ४ अर्ब रुपैयाँ दिएर निवेदन दिएपनि रितपूर्वक बाँकी १६ अर्ब रुपैयाँ नुबझाएका कारणले रित नपुगेको…
काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय अर्बौं रुपैयाँ हिनामिनाका कारण संकट देखिएको सहकारी क्षेत्रको समस्या समाधान हुने बताएका छन् । मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटबारे बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री पुनले सहकारीमा संरचनागत र नीतिगत सुधार गरिने आश्वासन पनि दिएका छन् । ‘सहकारीमा संरचनागत र नीतिगत सुधार गरिन्छ । बचतकर्ताले हराएको भनिएको आफ्नो बचतबारे चिन्ता लिनुपर्दैन’, उनले आश्वस्त पार्दै भने, ‘सहकारीमा हिनामिना भएको बचत फिर्ता आउँछ । हामी यो क्षेत्रको समस्या समाधान गर्छौं ।’ मंगलबार सार्वजनिक बजेट वक्त्वयमा सरकारले सहकारी संस्थाको बचतकर्ताहरूको ५ लाखसम्म रकम सञ्चालकहरुको सम्पत्ति रोक्का राखी फिर्ता गर्ने उल्लेख गरेको थियो…
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले सहकारीका बचतकर्तालाई केही राहत दिने देखिएको छ। सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री, श्रम मन्त्री, प्रतिनिधि सभा सदस्यको समेत नाम मुछिएपछि सहकारी क्षेत्र चर्चामा छ । सहकारीका सञ्चालकले बचतकर्ताको बचत संकलन गरेर घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेपछि बचतकर्ता आन्दोलित बनेका छन् । बचतकर्ता आन्दोलित बनिरहेको बेला सरकारले ल्याएको आगामी वर्षको बजेटले ठूलै राहत दिन धेरैको आंकलन थियो । करिब ५ सय सहकारीका बचतकर्ताको साढे ३ खर्ब बढी बचत अपचलन भएको बताइन्छ । यो अवस्थामा सरकारले सहकारीका बचतकर्तालाई राहत दिने बजेट ल्याउने धेरैको अपेक्षा रहेका थियो ।…
चितवन , जेठ १६ – नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा चुनिएका हुन् । कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत ल्याए । उपाध्यक्षमा श्याम विष्ट विजयी भएका छन् । विष्टले ४०४ मत ल्याउदा उनका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाए ।सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी भएका छन् । ढुंगानाले ४६६ मत प्राप्त गरे भने उनिसँगै चुनाव लडेका पदमपाणी सुवेदीले २२१ मत ल्याए । त्यसैगरी उपसचिव खुल्ला तर्फ मिन बहादुर परियार र…
चितवन, जेठ १५ – चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा र माडी क्षेत्रमा कुनै पनि ठूला योजना तथा कार्यक्रम बजेटमा नआएको भन्दै माडीवासीहरु आक्रोशित भएका छ्न ।संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को बहुप्रतीक्षित बजेटमा माडी क्षेत्र समेटिन नसकेपछि माडीवासी आक्रोशित भएका हुन । देशभरमा बजेट मार्फत कयौं योजना र कार्यक्रमहरु सार्वजनिक भएपनि माडी क्षेत्रले आशा र प्रतीक्षा गरेको चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा वा माडी क्षेत्रका कुनै ठूला योजना तथा कार्यक्रम नसमेटिए पछि प्रधानमन्त्री आफैले बोलेको कुरा पूरा नगरेको समृद्धिका लागि युवा अभियानका अगुवा रामचन्द्र लम्सालले बताउनु भयो । प्रधानमन्त्रीले नै झुठो…
