Author: admin

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेट सुन्दरताको परम्परागत बुझाइ नै बदल्न लागि परेकी पात्र हुन् । ‘प्लस साइज’ शरीरमा निर्धक्क र्‍याम्पमा हिँडेर २३ वर्षीय दीपिकाले सौन्दर्य प्रतियोगिताको कथित मापदण्ड बजारको सौन्दर्यको परिभाषा पनि फेरिदिइन् । ३६–२४–३६ साइजको शरीरलाई मात्र सुन्दर मान्ने मान्यतालाई चुनौती दिँदै मिस युनिभर्सको शीर्ष २० सम्म पुगेकी उनी मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन्।

Read More

काठमाडौँ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (आर्थिक वर्ष २०८१–८२/२०८५–८६)ले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार एक सय तीन खर्ब हाराहारी पुर्याउन करिब एक सय १२ खर्ब लगानी आवश्यक पर्ने देखाएको छ । चालु आव २०८०–८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) उपभोक्ता मूल्यमा ५७ खर्ब पाँच अर्ब पुग्ने अनुमान गरिएको छ । सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले राखेको लक्ष्यअनुसारको वृद्धिदर हासिल भई मुलुकको अर्थतन्त्र विस्तार हुँदा योजनाको अन्तिम वर्ष जिडिपीको आकार एक सय खर्ब नाघ्नेछ । पाँच वर्षपछि अर्थात् आव २०८५–८६ मा जिडिपीको आकार गत आव २०७९–८० को मूल्यमा रु ८० खर्ब १९ अर्ब ७६ करोड र प्रचलित मूल्यमा एक सय…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (आइतबार) भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनको भारत भ्रमण शुक्रबार बसेको मन्त्रिपरिषद बैठक स्वीकृत गरिसकेको छ । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने भ्रमण टोलीको पनि टुंगो लागेको छ । भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।

Read More

काठमाडौं । चरम राजनीतिक दबाबकाबीच काठमाडौं महानगरपालिकाले २८ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा ४० वटा संस्थाको अनुगमन गर्न लागेको महानगरले अहिलेसम्म २८ वटाको अनुगमन गरिसकेको जनाएको छ । २८ वटा संस्था अनुगमन गर्दा २ वटा संस्थाको फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको छ । महानगरले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको फाइल थप अनुसन्धानका लागि सीआईबीमा पठाएको हो । दुबै सहकारीको कारोबार शंकास्पद देखिएपछि फाइल ब्यूरोमा पठाएको महानगरले जनाएको छ । विभिन्न राजनीतिक दलका नेताहरुको दबाबकाबीच पनि २८ वटा संस्थाको अनुमगन…

Read More

काठमाडौं। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडक दुरवस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ। २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे। कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन्। कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दुरवस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाडौं आउँदा पनि १३ घन्टा समय लागेको उल्लेख गर्दै उनले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गरिनुपर्नेमा…

Read More

काठमााडौं । पछिल्लो एक वर्षदेखि नेपालमा इन्टरनेटको व्याण्डविथ आयातको भुक्तानीमा भइरहेको किचलो अन्त्य गर्न सरकारले नयाँ विकल्प खोज्न खोजेको छ । सरकारले बक्यौता राखेका इन्टरनेट सेवाप्रदायकलाई विदेशी मुद्रा भुक्तानीको लागि सिफारिस नदिएका कारण पछिल्लो एक वर्षभन्दा लामो समयदेखि विदेशी मुद्रा सटहिको सुविधा रोकिएको छ । नेपालमा इन्टरनेट सेवाप्रदायकले पछिल्लो एक वर्षमा भारतीय कम्पनीलाई व्याण्डविथ आयात गरेवापतको तिर्न बाँकी पैसा मात्रै ४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । सोही पैसा नतिरेका कारण गत महिना इन्टरनेटका सेवा प्रभावित हुन पुगेको थियो । सरकारलाई तिर्न बाँकी पैसा नतिर्ने सेवाप्रदायकले विदेशी मुद्रा सटहिको सुविधा नपाएकोकै कारण ग्राहकबाट अग्रिम पैसा असुली गरिसकेपछि सेवाप्रदायकले इन्टरनेट कटौती…

Read More

काठमाडौं । दक्षिण भारतको प्रख्यात चलचित्र निर्माता तथा व्यवसायी रामोजी रावको ८७ बर्षको उमेरमा शनिबार बिहानै निधन भएको छ । शनिबार विहान ४ बजेर ५० मिनेटमा उपचारको क्रममा रामोजी ग्रुपको फाउन्डर रावको निधन भएको हो । सिकिस्त विरामी भएका कारण यहि महिनाको ५ तारिखको दिन उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । रावले भारतको हैदराबादमा संसारकै सबैभन्दा ठूलो फिल्मसिटी निर्माण गरेका थिए । उनी भारतको सबैभन्दा ठूलो चलचित्र उद्योगीका साथै सञ्चार उद्यमीको रुपमा चिनिन्छन् । उनको योगदान पत्रकारिता, साहित्य, शिक्षा, चलचित्र उद्यम, पर्यटन उद्यमलगायतका विभिन्न क्षेत्रमा छ । उनको निधनप्रति भारतको कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीसहित, आन्ध्र प्रदेशको मुख्यमन्त्री, चलचित्र…

Read More

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनको प्रसङ्ग फेरि उठाएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौँ अधिवेशनमा ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताए। उनको यो संकेत तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो। उनले संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताए। सो प्रसङ्गमा उनले अगाडि आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरेका थिए। अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन…

Read More

काठमाडौँ– पोखराकी सनिशा भट्टराई मोडलिङ हुँदै फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् । उनी फिल्म ‘बाह्र गाउँ’ बाट रजतपटमा डेब्यू गर्न लागेकी हुन्। विराज भट्टले निर्देशन गर्ने यो फिल्मको रिलिजअघि नै चर्चा छ । फिल्मको चर्चासँगै उनको चर्चा पनि छ । उनी सामाजिक सञ्जालमा समेत सक्रिय छिन् । सामाजिक सञ्जालमा पनि उनको चर्चा निकै नै छ ।

Read More

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन दिएको निर्देशनले नेपाल पुनर्बीमा कम्पनीबाट धमाधम पुराना संस्थापक सेयरधनीहरु बाहिरिएका छन् ।बीमा प्राधिकरणले २०७८ साल चैत मसान्तमा जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो । चुक्तापूँजी बढाउने दौडधुपमा निर्जीवनतर्फ १२ वटा र जीवनतर्फ ९ वटा बीमकले मर्जरको बाटो रोजेका थिए । बाँकी अन्य कम्पनीले भने अरु नै माध्यमबाट पूँजी बढाउन प्रयास गरेका थिए । मर्जरमा नगएका केही निर्जीवन बीमा कम्पनीले भने पूँजी बढाउने प्रयोजनकै लागि आफ्नो नाममा रहेको नेपाल रि इन्स्योरेन्सको सेयर धमाधम बेचेका छन् । तर पूँजी बढाउने अनेकन…

Read More