Author: admin

काठमाडौं । प्रभु बैंक लिमिटेडले कालीकोटको मान्मामा ३०५औं शाखा सञ्चालनमा ल्याएको छ। खाडाचक्र नगरपालिका-१ मा बैंकले सेवा प्रारम्भ हुनेगरी शाखा सञ्चालनमा ल्याएको हो। प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ। मान्मा शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गर्ने बैंकको विश्वास छ। ‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित बैंकले देशभर ३०५ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

Read More

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेतृत्व गरेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाहिरबाट प्रायोजित खाजा ल्याइएपछि हंगामा भएको छ । संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न भन्दै आइतबार बिहान बोलाइएको समिति बैठकमा गैर सरकारी संस्थाले प्रायोजन गरेको खाजा बाँडिएपछि विवाद भएको हो । बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो । बैठक कक्षमा प्रवेश गर्ने बित्तिकै पाइलट पेन र डायरी पाएका समिति सदस्यहरु फेरि तारे होटलको झल्को…

Read More

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित हुन पुगेको हो । कार्यालिका ससदस्यहरू हिँडिदिएपछि मेयर बालेन्द्र साहले फेरि एक पटक सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । नगरसभा स्थगित भएक आक्रोश उनले ठूला राजनीतिक दलका प्रतिनिधहरूमाथि पोख्न भ्याएका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि गत जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको नगरसभाको बैठक नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेर हिँडेपछि मेयर साह तनावमा परेका हुन् । नगरसभा बैठकअघि मेयर साहले वार्षिक नीति तथा कार्यक्रमबारे बोल्न चाहनेहरूलाई ५ मिनेटभित्र नाम टिपाउन भन्दै समय दिएका थिए। साहको उक्त निर्णयमा…

Read More

काठमाडौँ । सात प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । असार १ गते प्रदेश सभामा सातै प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन् । सात प्रदेशमध्ये बागमतीले सबैभन्दा ठुलो र कर्णालीले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन् । बागमतीले आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ भने कर्णाली प्रदेशले बागमतीको आधाभन्दा कम अर्थात् ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका…

Read More

वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम बजेट ल्याएको हो । शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेशसभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ । बजेटको पूर्णपाठ : 

Read More

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

Read More

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उनले बैठकमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ । आगामी आर्थिक वर्षको खर्च…

Read More

चितवन , असार १ – विश्व रक्तदाता दिवस २०२४ को अवसरमा गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एस.डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त परियोजना “मिसन रेड” र मौलाकाली केवलकार लि को संयुक्त आयोजनामा मौलाकालिका मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।सहयोगी संस्थाहरु Canadian Study centre , जगतपुर ई बजार, ए एन्ड ए ट्रेडर्स , एक्स्पर्ट भिसा सर्भिसेस भरतपुर , नेपाल कल्याण समाज जापान ,धार्मिक सेवा समिती एवं सम्पुर्ण स्वयंसेवि ब्याक्तित्वहरु सहभागी कार्यक्रममा २८ जना महिला र ८८ जना पुरुष गरी जम्मा ११६ जनाले रक्तदान गरेका थिए ।

Read More

काठमाडौं। मिनी विश्वकपको रुपमा लिइने युरोकप फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि जर्मनीमा सुरु भएको छ । १७औं संस्करणको यो खेलमा आयोजक जर्मनी र स्कटल्याण्डबीच पहिलो प्रतिस्पर्धा भएको छ । घरेलु मैदानमा जर्मनीले सुखद् सुरुवात गरेको छ । २४ देशहरु सहभागी भएको युरोकप एक महिनासम्म चल्नेछ । जसमा २४ टिमलाई ४-४ टिमको आधारमा ६ समूहमा विभाजन गरिएको छ । युरोकपको फाइनल खेल भने जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ । सशक्त टिम जर्मनीका लागि यो १४औं युरोकप प्रतिस्पर्धा हो । र तीन पटक उपाधि जितिसकेको छ । जर्मनीकै बराबरीमा अर्को कडा प्रतिस्पर्धी स्पेनले पनि तीन पटक युरोकप जितिसकेको छ । सिँगो…

Read More

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेशसभामा चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजारको बजेट प्रस्तुत गरेका हुन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरेको मन्त्री पालले बताए । प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ९९…

Read More