Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- माडीको जनजीवन माविको व्यवस्थापन समिति अध्यक्षमा अधिकारी
- अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, ११ कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
- टिकौलीमा साढे ४२ अर्बको लगानीमा २ किलोमिटरको फ्लाइओभर, ४२ महिनामा सक्ने लक्ष्य
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
Author: admin
कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सीपको विकासले नागरिकहरु आत्मनिर्भर बन्नेहुँदा नगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकतादिँदै आएको बताउनुभयो । नगर सभाको तयारी भैरहेको जानकारी दिँदै नगर प्रमुख रेग्मीले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यृक्रममा पनि यस्ताखालका सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।महिला लक्षित बजेट, कृषि लक्षित बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो । वडा नं. ४ को कार्यालय परिसरमा तालिम आयोजना गरिएको हो । गाउँघरमा सहजै पाइने बाँसबाट मुढा…
काठमाडौं- गएको जेठ महिनामा घरजग्गा कारोबारमा उत्साहजनक सुधार देखिएको छ। आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ। गत वर्ष जेठमा ५५ हजार ६९ लिखत पास भएकोमा यो वर्ष बढेको हो। गएको बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको थियो। बैशाखमा भन्दा जेठमा लिखत पास ११ हजार ३ सय ७८ ले बढी हो। चालु आर्थिक वर्षको ११ महिनामा ४ लाख ९६ हजार ९ सय २३ लिखत पास भएको छ। गतवर्षको ११ महिनामा ४ लाख…
काठमाडौं । नेपाल धितोपत्र बोर्डका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनामध्ये तीनजनाले आगामी बुधबार कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने तय भएको छ । पाँचै जनालाई आज बोलाइएकोमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठमात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं भने आज उपस्थित भएनन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै कार्की, अधिकारी र चापागाईंलाई बुधबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । उनीहरू नेकपा (माओवादी केन्द्र) निकट हुन् ।…
काठमाडौं । प्रभु बैंक लिमिटेडले कालीकोटको मान्मामा ३०५औं शाखा सञ्चालनमा ल्याएको छ। खाडाचक्र नगरपालिका-१ मा बैंकले सेवा प्रारम्भ हुनेगरी शाखा सञ्चालनमा ल्याएको हो। प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालन गरेर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ। मान्मा शाखामार्फत स्थानीय, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गर्ने बैंकको विश्वास छ। ‘बैंक अफ द इयर २०२३’ उपाधिबाट सम्मानित बैंकले देशभर ३०५ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेतृत्व गरेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बाहिरबाट प्रायोजित खाजा ल्याइएपछि हंगामा भएको छ । संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न भन्दै आइतबार बिहान बोलाइएको समिति बैठकमा गैर सरकारी संस्थाले प्रायोजन गरेको खाजा बाँडिएपछि विवाद भएको हो । बैठकको सुरुवात मै कुनै तारे होटलमा झै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, समिति सभापति खतिवडासहित समितिका सदस्यहरु, कर्मचारीलाई नेप्किन, काँटा चम्चासहित विशेष खाजा बाँडिएको थियो । बैठक कक्षमा प्रवेश गर्ने बित्तिकै पाइलट पेन र डायरी पाएका समिति सदस्यहरु फेरि तारे होटलको झल्को…
काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित हुन पुगेको हो । कार्यालिका ससदस्यहरू हिँडिदिएपछि मेयर बालेन्द्र साहले फेरि एक पटक सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । नगरसभा स्थगित भएक आक्रोश उनले ठूला राजनीतिक दलका प्रतिनिधहरूमाथि पोख्न भ्याएका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि गत जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको नगरसभाको बैठक नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेर हिँडेपछि मेयर साह तनावमा परेका हुन् । नगरसभा बैठकअघि मेयर साहले वार्षिक नीति तथा कार्यक्रमबारे बोल्न चाहनेहरूलाई ५ मिनेटभित्र नाम टिपाउन भन्दै समय दिएका थिए। साहको उक्त निर्णयमा…
काठमाडौँ । सात प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । असार १ गते प्रदेश सभामा सातै प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन् । सात प्रदेशमध्ये बागमतीले सबैभन्दा ठुलो र कर्णालीले सबैभन्दा सानो आकारको बजेट ल्याएका छन् । बागमतीले आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ भने कर्णाली प्रदेशले बागमतीको आधाभन्दा कम अर्थात् ३१ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले बागमती प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका…
वीरगन्ज । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब कम बजेट ल्याएको हो । शनिबार प्रदेशका अर्थमन्त्री भरत साहले प्रदेशसभामा आगामी वर्षका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालू खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ । बजेटको पूर्णपाठ :
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । उनले बैठकमा कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । प्रदेश सरकारले कुल विनियोजनको चालूतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ । आगामी आर्थिक वर्षको खर्च…
