Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- स्व. गंगा कँडेलको स्मृतिमा रचनावाचन कार्यक्रम
- भोटेकोशी बाढीमा परेर मृत्यु भएका काफ्लेको सम्झनामा अक्षयकोष स्थापना
- नुवाकोटमा बाढीले पुरिएको ११औ दिनमा महिलाको जिबितै उद्दार
- अँध्यारो सुरुङभित्र सञ्जयको संघर्ष, कहालीलाग्दा १० दिन कसरी बिताए?
- भोटेकोशी बाढीः ६१६ शव फेला
- सिटिजन लिडर्स नाइट २०२६ कार्यक्रम सम्पन्न
- इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०)को नयाँ शाखा चितवनको भरतपुरमा
- आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
Author: admin
काठमाडौ । चालू आर्थिक वर्ष (२०८०/८१) को बजेटमै ‘असार महिनामा रकमान्तर नगर्ने’ शब्द राखिएकाले अहिले रकमान्तर रोकिएको छ । बजेट महाशाखाका प्रमुख रितेश शाक्यले जसका कारण फाइलको चाङ लागेको बताए । रकमान्तर फुकाइदिन विभिन्न मन्त्रालयका अधिकारीहरू धाइरहेका छन् । शाक्यले भने, ‘यस पटक बजेटमा असारमा रकमान्तर नगर्ने भन्ने शब्द राखिएको रहेछ । फुकाउनु कुनै निर्णय गर्नुपर्छ ।’ बजेट समयमै खर्च गर्न नसक्दा कारण आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर बढी हुने गरेको छ । अर्थमन्त्रालयका एक अधिकारी पछिल्लो केही महिनादेखि नै कर्मचारीको तलबभत्ता बाँकी भएकाले रकमान्तर रोकिँदा तलब भत्ता समेत खान नपाउने अवस्था आउन सक्ने बताउँछन् । वर्षभर हुने रकमान्तरमध्ये असारमा…
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।’ सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । ‘यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु’, उनले भने । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने ‘मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईँहरू…
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना) रहमत…
काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ। केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो। २६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो। १७ औँ ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो। १८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक…
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले बंगलादेशलाई १९ दशमलव ३ ओभरमा १०६ रनमै अलआउट बनाएपछि १०७ रनको लक्ष्य पाएको हो ।
काठमाडौँ — नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) विवरणबारे छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ परेको छ । नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित पाँच जना पक्राउ उपसचिव अर्याल स्याङ्जाको चापाकोट-९ फुलबारीका हुन् । सीआईबीले पाल्पा तानसेन नगरपालिका-३ का पदम राज आचार्यलाई पक्राउ गरेको छ । उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन् । त्यस्तै, यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत पाल्पाको तानसेनका सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पक्राउ…
काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले जनही १३ लाख प्रदान गरेको छ। टी-२० विश्वकपका लागि छनोट हुन सफल १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोलाई नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो। मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै १५ जना खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गरेको हो। यस्तै टीम व्यवस्थापक सुमनराज कार्कीलाई १ लाख ९५ हजार, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको हो। नेपाली टोली विश्वकपमा छनोट भएसँगै सरकारले राष्ट्रिय क्रिकेट टीमलाई नगद पुरस्कार…
कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सीपको विकासले नागरिकहरु आत्मनिर्भर बन्नेहुँदा नगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकतादिँदै आएको बताउनुभयो । नगर सभाको तयारी भैरहेको जानकारी दिँदै नगर प्रमुख रेग्मीले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यृक्रममा पनि यस्ताखालका सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।महिला लक्षित बजेट, कृषि लक्षित बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो । वडा नं. ४ को कार्यालय परिसरमा तालिम आयोजना गरिएको हो । गाउँघरमा सहजै पाइने बाँसबाट मुढा…
काठमाडौं- गएको जेठ महिनामा घरजग्गा कारोबारमा उत्साहजनक सुधार देखिएको छ। आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ। गत वर्ष जेठमा ५५ हजार ६९ लिखत पास भएकोमा यो वर्ष बढेको हो। गएको बैशाखमा घरजग्गा कारोबार ४९ हजार ७ सय ८३ लिखत पास भएको थियो। बैशाखमा भन्दा जेठमा लिखत पास ११ हजार ३ सय ७८ ले बढी हो। चालु आर्थिक वर्षको ११ महिनामा ४ लाख ९६ हजार ९ सय २३ लिखत पास भएको छ। गतवर्षको ११ महिनामा ४ लाख…
काठमाडौं । नेपाल धितोपत्र बोर्डका लागि ‘सर्ट लिस्ट’मा परेका पाँच जनामध्ये तीनजनाले आगामी बुधबार कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने तय भएको छ । पाँचै जनालाई आज बोलाइएकोमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठमात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं भने आज उपस्थित भएनन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै कार्की, अधिकारी र चापागाईंलाई बुधबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । उनीहरू नेकपा (माओवादी केन्द्र) निकट हुन् ।…
