Author: admin

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति बन्न एलोन मस्क र जेफ बेजोसबीच रोचक दौड चलिरहेको छ । तीन दिनमा नम्बर वान कुर्सी कहिले मस्क र कहिले बेजोसको कब्जामा गएको छ । मस्क बिहीबार नम्बर एक बने र बेजोस शुक्रबार नम्बर एक भए । नयाँ हप्ताको पहिलो कारोबार दिन अर्थात सोमबार मस्कले फेरि जिते । टेस्लाको सेयरमा ५.३० प्रतिशतको वृद्धिसँगै मस्क फेरि पहिलो नम्बरमा पुगे । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति सोमबार ६.७४ बिलियन डलरले बढेको छ र उनी २१० बिलियन डलरसहित विश्वकै धनी व्यक्ति बनेका छन् । अमेजनका संस्थापक जेफ बेजोस २०७ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा झरेका…

Read More

काठमाडौं । झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । आयोगका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको आयोगका सदस्य सचिव एवम सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । २०८० चैत १२ मा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो । उक्त…

Read More

काठमाडौं । भैरहवालगायत देशका प्रमुख औद्योगिक करिडोरका उद्योगहरु पर्याप्त र गुणस्तरीय बिजुली नपाउँदा समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली दिन नसक्दा भैरहवा, विराटनगर, बीरगंजका उद्योगहरु समस्यामा परेका हुन् । भैरहवाका अम्बे स्टिल, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, सिद्धी लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, समृद्धि मेटालिक्सलगायतका उद्योगहरु समस्यामा परेका छन् भने विराटनगर तथा बीरगंजमा पनि उद्योगहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् । सिमेन्ट तथा स्टील उद्योगहरु उत्पादनमुलक तथा धेरै बिजुली खपत गर्नेमा पर्छन् । विद्युत प्राधिकरणका भैरहवा कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले भैरहवाको उद्योगहरुमा बिजुली सप्लाइमा समस्या रहेको स्वीकार गरे । ‘पावर नपुगेर २४ घण्टा उद्योगहरुले पाएका…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् । मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् । जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन । प्रधानमन्त्री प्रचण्डले नाउपा…

Read More

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ । मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदी ठूलो…

Read More

रामपुर— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्। सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्। उनले भने, ‘देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सिप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान सदुपयोग गर्नुहोस्। त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु।’ उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढिरहेको तथा भेटरेनरी…

Read More

सङ्खुवासभा— सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ।  जिल्लाका विभिन्न स्थानमा वर्षेनी विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको छैन। पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ। विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन्। बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ। विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन्। विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा…

Read More

काठमाडौं । सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलनमा और्लेको नेपाल पेट्रोलियम ट्यांकर संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सहमति भएसँगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा संघमा आवद्ध ट्यांकर चालक र निगम सञ्चालक समितिबीच सहमति भएको हो । यो सहमतिअनुसार नेपाल आयल निगमको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतको अध्यक्षतामा एउटा अध्ययन समिति गठन गरिने र यो समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउने छ । प्रतिवेदनको आधारमा चालकहरुले उठाएको उचित मागहरु निगमले सम्बोधन गर्ने सहमति भएको छ । यो सहमति भएपछि संघमा आवद्ध चालकहरुले आन्दोलन फिर्ता लिएका छन् ।…

Read More

पेट्रोलियम ढुवानी मजदुरले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपछि निजी क्षेत्रका पेट्रोल पम्पले पेट्रोलियम बिक्री वितरण रोकेसँगै सरकारी पम्पमा पेट्रोल भर्नेको भीड लागेको छ। नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पसम्म पुग्न सकेको छैन। ट्यांकर चालकको संघले विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टी बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गरिने जनाएको छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी

Read More

काठमाडौं। कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै महँगो शुल्क लिएर बिक्री गरिँदै आएको श्री केश तेलको मुख्य कार्यालयमा काठमाडौं महानगरले छापा मारेको छ। बिनाअध्ययन जडीबुटीयुक्त तेल उत्पादन गर्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको भन्दै कम्पनीको आलोचना भइरहेका बेला महानगरले कार्यालयमा छापा मारेर तत्कालका लागि बिक्री वितरण बन्द गराएको हो। काठमाडौं महानगर राजस्व विभागका प्रतिनिधि टंकप्रसाद बरालले आइतबारबाटै तेल बिक्री वितरणमा रोक लगाएको बताए। ‘श्री केश तेलको विषयमा जनगुनासो बढेपछि महानगरले अध्ययन गर्दा केही गल्ती भेटिएको छ’, बरालले भने, ‘थप अध्ययनका लागि केही स्याम्पल लिएका छौं। केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छौं।’ दर्ता प्रक्रिया ठिक भए पनि तेलको गुणस्तर कस्तो छ भन्ने…

Read More