Author: admin

काठमाडौं- कोभिड १९ र अर्थतन्त्रमा आएको शिथिलताका कारण उत्पादन बन्द गरी सञ्चालनमा नरहेका उद्योगका उद्योगीहरूले राष्ट्र बैंकसमक्ष कर्जा नियमित भुक्तानीको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।निर्माणका काम घटेसँगै पछिल्लो समय सिमेन्ट उद्योगहरूको उत्पादनमा उच्च गिरावट आएको छ। सिमेन्ट उद्योगतर्फ विशेष गरी क्लिंकर खरिद गर्ने र ग्राइन्डिङ गरी सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले उत्पादन बन्द गरेका छन्।खाद्यान्नलगायत विभिन्न उत्पादनमूलक वस्तु उत्पादन गर्ने साना तथा मझौला उद्योगी व्यवसायीहरूले पनि बजारमा माग नभएको भन्दै उद्योग सञ्चालन गर्न छोडेका छन्। केही समयलाई उद्योग बन्द गरेर उत्पादन लागतबाट जोगिन खोजेका उद्योगहरू बैंक वित्तीय संस्थाहरूले बाँकी रहेको कर्जाको साँवाब्याज भुक्तानीका लागि ताकेता गरेपछि भने समस्यामा परेका हुन्। उत्पादन…

Read More

आजमिति २०८१ साल असार ५ गते बुधबार तदअनुसार जुन १९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, विशाखा नक्षत्र, । सिद्द योग । चन्द्र राशि तुला । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला…

Read More

काठमाडौं । आगामी ५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८४/८५ मा नेपालको कुल बार्षिक राजस्व आम्दानी पौने २० खर्ब पुग्ने अनुमान गरिएको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित करण प्रणाली सुधार सम्बन्धि उच्चस्तरीय सुझाव समितिले उक्त प्रक्षेपण गरेको हो । समितिले विभिन्न चरहरुलाई आधार मानी उक्त आर्थिक बर्षमा नेपालको कुल राजस्व आम्दानी १९ खर्ब ८६ अर्ब ६८ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरेको हो । यसरी संकलन हुने राजस्वमा सबैभन्दा ठुलो हिस्सा भने आयकरको रहने अनुमान पनि समितिले गरेको छ । हाल नेपालमा आयात र आधारभूत मूल्यको कुल गार्हस्थ मूल्यको अनुपात हाल ३७ प्रतिशत रहेकोमा यो बढेर ५ बर्षपछि ४१ प्रतिशत…

Read More

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति बन्न एलोन मस्क र जेफ बेजोसबीच रोचक दौड चलिरहेको छ । तीन दिनमा नम्बर वान कुर्सी कहिले मस्क र कहिले बेजोसको कब्जामा गएको छ । मस्क बिहीबार नम्बर एक बने र बेजोस शुक्रबार नम्बर एक भए । नयाँ हप्ताको पहिलो कारोबार दिन अर्थात सोमबार मस्कले फेरि जिते । टेस्लाको सेयरमा ५.३० प्रतिशतको वृद्धिसँगै मस्क फेरि पहिलो नम्बरमा पुगे । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति सोमबार ६.७४ बिलियन डलरले बढेको छ र उनी २१० बिलियन डलरसहित विश्वकै धनी व्यक्ति बनेका छन् । अमेजनका संस्थापक जेफ बेजोस २०७ अर्ब डलरको सम्पत्तिसहित दोस्रो स्थानमा झरेका…

Read More

काठमाडौं । झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ । आयोगका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको आयोगका सदस्य सचिव एवम सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । २०८० चैत १२ मा न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो । गत जेठ १४ मा सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई आदेश दिएको थियो । उक्त…

Read More

काठमाडौं । भैरहवालगायत देशका प्रमुख औद्योगिक करिडोरका उद्योगहरु पर्याप्त र गुणस्तरीय बिजुली नपाउँदा समस्यामा परेका छन् । नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली दिन नसक्दा भैरहवा, विराटनगर, बीरगंजका उद्योगहरु समस्यामा परेका हुन् । भैरहवाका अम्बे स्टिल, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, सिद्धी लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट, समृद्धि मेटालिक्सलगायतका उद्योगहरु समस्यामा परेका छन् भने विराटनगर तथा बीरगंजमा पनि उद्योगहरु विजुली नपाएर डिजेल किनेर उद्योग संचलन गरिरहेका छन् । सिमेन्ट तथा स्टील उद्योगहरु उत्पादनमुलक तथा धेरै बिजुली खपत गर्नेमा पर्छन् । विद्युत प्राधिकरणका भैरहवा कार्यालय प्रमुख सञ्जय कुमार मिश्रले भैरहवाको उद्योगहरुमा बिजुली सप्लाइमा समस्या रहेको स्वीकार गरे । ‘पावर नपुगेर २४ घण्टा उद्योगहरुले पाएका…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् । मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् । जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन । प्रधानमन्त्री प्रचण्डले नाउपा…

Read More

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरेको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ । मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदी ठूलो…

Read More

रामपुर— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्। सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा उनले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्। उनले भने, ‘देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सिप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान सदुपयोग गर्नुहोस्। त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु।’ उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढिरहेको तथा भेटरेनरी…

Read More

सङ्खुवासभा— सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ।  जिल्लाका विभिन्न स्थानमा वर्षेनी विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठूलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको छैन। पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ। विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छभने १९ जना बेपत्ता छन्। बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ। विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन्। विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा…

Read More