Author: admin

काठमाडौं । नयाँ मौद्रिक नीतिले निर्माण क्षेत्रलाई राहत प्रदान गरेको छ । निर्माण व्यवसायीलाई अर्को व्यवस्था नभएसम्मका लागि कालो सूचिमा नहालिने भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम हुने भएको छ । कुनै निर्माण व्यवसायी कालोसूचीमा परेमा जेभी भएर काम गरेको अर्को निर्माण कम्पनी कालो सूचिमा नपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्य वृद्धि ५ प्रतिशत राख्ने बताएको छ । भने, निजी क्षेत्रमा जाने कर्जा वृद्धि हुने अनुमान गरिएको छ ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

Read More

सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। सदस्यहरू नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन्। समितिले ४५ दिनमा प्रतिवेदन बुझाउन पर्नेछ। यस्तै, सरकारले भाेलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन- एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो। उक्त जहाजमा पाइलट र को-पाइलट…

Read More

काडमाडौं– आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए । चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९…

Read More

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सका पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । यात्रुहरू भने अधिकांश हताहति भएको स्रोतले बतायो । उद्धार टोलीले मृतक यात्रुहरूको शव दुर्घटनास्थलबाट धमाधम निकालिरहेको छ । कति संख्यामा शव भेटियो भन्ने आधिकारिक जानकारी गराइएको छैन । जहाजमा १९ जना यात्रु सवार थिए । सौर्य एयरलाइन्सका अनुसार पोखरामा मेन्टेनेन्सको कामका लागि कर्मचारीहरू लैजान लागिएको थियो । अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । जहाजमा सर्वसाधारण यात्रु थिएनन् । रन वे ०२ बाट टेक अफ लिने क्रममा पूर्वतर्फ रन वे २० मा जहाज दुर्घटना भएको हो । गृहमन्त्री रमेश…

Read More

काठमाडौँ — त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म आइपुग्दा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादन (जिडीपी) को आधारमा भने ४२.६५ प्रतिशत हो । गत आवको सुरुवात सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको थियो । तर, असार मसान्तसम्ममा आइपुग्दा भने १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थप परिचालन भएको देखिन्छ। गत जेठ…

Read More

काठमाडौँ । माइक्रोसफ्टको कम्प्युटर सफ्टवेयरको अपडेटमा भएको प्राविधिक त्रुटिले विश्वभर हंगामा मच्चाएको छ । लाखौं कम्प्युटरहरू अचानक बन्द भएका छन्, जसको असर हजारौं उडानहरू रद्द वा ढिलाइ भए भने बैंकिङ प्रणाली धराशायी भयो, स्वास्थ्य सेवा प्रभावित भयो, सञ्चारमाध्यमको प्रसारण बन्द भयो, व्यापार जगत समस्यामा पर्यो । अमेरिकामा मात्रै ९११ सेवा अवरुद्ध भएका छन् । १७ घण्टाको समस्यापछि शुक्रबार राति करिब १० बजे माइक्रोसफ्टले समस्या समाधान भएको दाबी गरेको छ । विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टम प्रयोग गर्ने कम्प्युटरमा यस्तो अवस्था आएको हो । समस्या मूलतः कम्प्युटरहरूमा देखा पर्‍यो जसले माइक्रोसफ्टको क्लाउड सेवा प्रयोग गरिरहेको थियो जसमा…

Read More

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको छ । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दिएको जानकारी अनुसार यो साता उक्त रकम बराबरको १४ करोड ४९ लाख ९६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता कारोबार रकम २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ७ करोड ३३ लाख ११ हजारभन्दा बढी भएको हो । गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ७ करोड १६ लाख ८५ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो । यो…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा विद्युत लाइन जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गरेका थिए । सो छलफलमा नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई काटिएका उद्योगमा विद्युत लाइन आजै जोड्न निर्देशन दिएका हुन । आज ऊर्जामन्त्री दीपक खड्का, उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग बालुवाटारमा छलफल गरी प्रधानमन्त्री ओलीले काटिएको विद्युत लाइन जोड्न निर्देशन दिएका हुन् । ‘विद्युतसम्बन्धी समस्या मन्त्रिपरिषद्बाट मिलाउँदै जाउला अहिलेलाई बिजुली जोडिदिन’ भनेर प्रधानमन्त्री ओलीले निर्देशन दिएको छलफलमा सहभागी उद्योगी पशुपति मुरारकाले बताए । उनका…

Read More