Author: admin

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्न मिल्ने गरी नाफा कमाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले सेयरधनीलाई औषतमा ४.२१ प्रतिशतसम्म लाभांश दिनेसक्ने देखिएको हो। बैंकहरुद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार ४ वटा वाणिज्य बैंकको लाभांश क्षमताभने नकारात्मक रहेको छ। गत आवको नाफाबाट कुमारी हिमालयन एनआईसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण गर्न नसक्ने भएका हुन्। यी बैंकहरुको वितरण योग्य नाफा नकरात्मक हुँदा लाभांश क्षमता समेत १०.०५ प्रतिशतदेखि २६.२६ प्रतिशतले नकारात्मक छ। गत आवमा आर्जित मुनाफाबाट १६ वटा वाणिज्य बैंकले १.३० प्रतिशतदेखि २९.८६ प्रतिशतसम्म लाभांश वितरण क्षमता राखेका छन्। जसमा सबैभन्दा बढी एभरेष्ट बैंक…

Read More

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको छ। आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ्न। भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन्। प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै ढाकामा मात्रै होइन विभिन्न जिल्लामा ठूलो प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ। आइतबार आन्दोलित समूह र सुरक्षाकर्मीबीच विभिन्न जिल्लामा भिडन्त समेत भएको थियो। त्यसमध्ये सिराजगन्जमा…

Read More

काठमाडौं- नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिएको छ। रिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।’ च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानूनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए। १ साउन २०८० देखि यो प्रणाली लागु भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार…

Read More

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा नेपालमा संचालित वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांक अनुसार यस अवधिमा उनिहरुले गरेको निक्षेप संकलन अघिल्लाे आर्थिक बर्षकाे तुलनामा १३.१५ प्रतिशतले बढी हो । तथ्यांक अनुसार १ वर्षको अवधिमा बैंकहरुले ४५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो पनि अघिल्लो आवको तुलनामा ५.८६ प्रतिशतले मात्र बढेको हो । निक्षेप संकलन गर्ने बैंकको सूचीको पहिलो स्थानमा ग्लोबल आइएमई बैंक छ । उक्त बैंकले एक बर्षको अवधिमा ५ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब…

Read More

सेयर बजार परिसूचक नेप्से दोस्रो पटक सर्किट ब्रेक लागेर सम्हालिएको छ। पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भएको थियो। यस अवधिमा नेप्से २६२८.०२ विन्दुमा आएको छ। त्यस्तै, २ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो। सोही कारण लगानीकर्ता उत्साहित भएका छन्। Ncell बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले…

Read More

सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। नेप्से २६९७.२१ विन्दुमा आएको छ। त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ। राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो। सोही कारण लगानीकर्ता उत्साहित भएका छन्। बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ।…

Read More

काठमाडौं- सरकारी स्रोतले मात्र विकासको आवश्यकता पूरा गर्न नसक्ने र उपलब्ध निजी स्रोतले पनि माग थेग्न नसक्ने भएपछि सरकारले वैकल्पिक वित्तीय उपकरणमा जोड दिन थालेको छ। वैकल्पिक वित्तीय उपकरणको प्रचलन विकसित अर्थतन्त्रमा धेरै लामो समयदेखि भएपनि नेपालमा पछिल्ला केही वर्षदेखि सरकारले नीतिगत तहबाटै चर्चा गर्न थालेको थियो। निजी लगानी कोषजस्ता उपकरणलाई परिचालन गर्न भन्दै विस्तारै नीतिगत व्यवस्था हुन थालेका छन्। चालु वर्षको बजेटदेखि मौद्रिक नीतिसम्मले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई प्रोत्साहन गर्न भन्दै केही नीतिगत उत्प्रेरणा दिने काम गरेको छ। आर्थिक ऐनबाट आयकर ऐनमा संशोधन गर्दै कम्पनीको क्षमता वृद्धिको रुपमा हुने लगानीमा स्वामित्व हस्तान्तरण कर नलाग्ने व्यवस्था गरिएको छ। निकै…

Read More

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिलाई लिएर विशेषगरी सेयर लगानीकर्ताहरुमाझ विभिन्न खालका राय बाझिन थालेको छ ।केही लगानीकर्ताहरुले सेयरबजार उकास्ने खालको नीति आएको बताएका छन् भने केही लगानीकर्ताहरुले सोचेजस्तो मौद्रिक नीति नआएको भनाई व्यक्त गरिरहेका छन् । समग्रमा चालु आवको मौद्रिक नीतिको विषयमा लगानीकर्ताहरुबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । मौद्रिक नीति २०८१/८२ मा सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरिएको छ । साथै ब्रोकरमार्फत मार्जिन लेन्डिङ गराउने नीति अवलम्ब गरिएको छ । संस्थागततर्फ २० करोडको सीमा खारेजपश्चात् बजारमा ठूलो रकम भित्रिने अनुमान गरिएको छ । साथै बैंकदर ७…

Read More

काठमाडौं । बैंकर मनोज ज्ञवालीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक बर्षको मौद्रिक नीतिले गरेका सहजीकरणका बिषयमा प्रष्ट्याएका छन् । सामाजिक संजाल फेसबुकमा उनले आफ्नो आधिकारिक प्रोफाईलमार्फत विभिन्न १८ बुँदामा मौद्रिक नीतिको चिरफार गरेका हुन् । जसमा उनले आज सार्वजनिक भएको मौद्रिक नीति लचिलोसँगै आर्थिक क्षेत्रको मनोबल उकास्नेगरी आएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नयाँ भवनबाट चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका थिए । यी हुन ज्ञवालीले मौद्रिक नीतिमा औंल्याएका बिषयहरु : नेपाल राष्ट्र बैंक ले बर्ष २०८१-८२ को मौद्रिक निति जारी गरेको छ। मुख्य परिमार्जित ब्यबस्था र असरहरु निम्नानुसार छन। १. ब्याजदर करिडोरको माथिल्लो…

Read More

नेपाल राष्ट्र बैंकले कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २० करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् । नीतिमा भनिएको छ ,’धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थावाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा…

Read More