Author: admin

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज (बिहीबार) दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको…

Read More

सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ। साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो। यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो। त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो। कुल ६ करोड ३…

Read More

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफ्नो कार्यकालमा नाफा कमाउनमा उल्लेख्य सफलता पाएको दाबी गरेका छन् । उनले शुक्रबार अपरान्ह आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् । साथै उनले प्राधिकरणले बंगलादेशमा हाल असहज अवस्था भएको र त्यहाँको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता अगाडि बढ्ने बताए । उनले इक्रा नेपालबाट लगातार डब्बल ए प्ल्स रेटिङ निन्तर पाइरहेकोले पनि प्राधिकरणको वित्तीय अवस्था स्वस्थ रहेको पुष्टि हुने बताए । उनले आईपीओ निष्कासन गर्ने प्रक्रियामा अगाडि बढिसकेको र यसबाट संकलित हुने पूँजी ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने योजना प्राधिकरणले बनाएको पनि बताए…

Read More

काठमाडौं । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । बिहीबार साँझ आफ्नो निवासमा आयोजना गरिएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । ‘नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो’, चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उनले भने । नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न…

Read More

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालको आकाश सुरक्षित नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार मन्त्री गुरुङले यस्तो बताएका हुन्। दुई साताकै बीचमा दुई वटा हवाइ दुर्घटना भएकाले नेपालको आकाश सुरक्षित नभएको देखाएको उनको भनाइ थियो। दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकाेप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन…

Read More

काठमाडौँ– हरितालिका तीज नजिकिँदै गर्दा सार्वजनिक भएका गीतहरुले आम मानिसको ध्यान खिचिरहेको छ । यस्ता गीतहरुमा प्रयोग भएका भद्दा र उच्छृङ्खल शब्द र भाकाले तीजको मौलिक संस्कृति र मर्ममा नै आँच पुगेको भन्दै आलोचना पनि भइरहेको छ । यस्तै आलोचनामा परेपछि शान्ति श्री परियारदेखि प्रीति आलेसम्मका लोक सर्जकहरु विवादमा समेत तानिएका छन् । गायिका परियारले त केही दिनअघि ‘बिस्तराले पोल्यो’ बोलको गीतप्रति माफी समेत मागिन् । यद्यपि केही तीज विशेष केही गीतहरु भने आम/श्रोता दर्शकमाझ लोकप्रिय बनिरहेका छन् । आम श्रोता दर्शकमाझ लोकप्रिय बनेर ट्रेण्डिङमा परेका तिनै तीज गीतहरुबारे हामी चर्चा गर्देछौं । यी हुन् हालै ट्रेण्डिङमा परेका तीज गीत:…

Read More

काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो । विहिबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो…

Read More

विराटनगर । धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखिएको थियो । उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला…

Read More

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो । उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’ बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको झाले बताए ।

Read More

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने बताएका छन्। सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने बताएका हुन्। अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको पनि वाजेदले बताएका छन्। वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत थिए। बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले बताए। उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको पनि वाजेदले बताए। ‘उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब…

Read More