Author: admin

काठमाडौं । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । बिहीबार साँझ आफ्नो निवासमा आयोजना गरिएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए । ‘नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानीको भरपूर उपयोग गरेर मल कारखाना सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । नेपालसँगको सम्बन्ध र यसको उन्नयन हाम्रो प्राथमिकता हो’, चीन सरकारले सधैँ नेपालको सामाजिक–आर्थिक विकासमा सहयोग गर्न चाहेको बताउँदै उनले भने । नेपाल–चीन अन्तर्देशीय प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्न…

Read More

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालको आकाश सुरक्षित नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार मन्त्री गुरुङले यस्तो बताएका हुन्। दुई साताकै बीचमा दुई वटा हवाइ दुर्घटना भएकाले नेपालको आकाश सुरक्षित नभएको देखाएको उनको भनाइ थियो। दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताए। उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकाेप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए। ‘अहिलेसम्म दुर्घटना हुने छानबिन…

Read More

काठमाडौँ– हरितालिका तीज नजिकिँदै गर्दा सार्वजनिक भएका गीतहरुले आम मानिसको ध्यान खिचिरहेको छ । यस्ता गीतहरुमा प्रयोग भएका भद्दा र उच्छृङ्खल शब्द र भाकाले तीजको मौलिक संस्कृति र मर्ममा नै आँच पुगेको भन्दै आलोचना पनि भइरहेको छ । यस्तै आलोचनामा परेपछि शान्ति श्री परियारदेखि प्रीति आलेसम्मका लोक सर्जकहरु विवादमा समेत तानिएका छन् । गायिका परियारले त केही दिनअघि ‘बिस्तराले पोल्यो’ बोलको गीतप्रति माफी समेत मागिन् । यद्यपि केही तीज विशेष केही गीतहरु भने आम/श्रोता दर्शकमाझ लोकप्रिय बनिरहेका छन् । आम श्रोता दर्शकमाझ लोकप्रिय बनेर ट्रेण्डिङमा परेका तिनै तीज गीतहरुबारे हामी चर्चा गर्देछौं । यी हुन् हालै ट्रेण्डिङमा परेका तीज गीत:…

Read More

काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ । बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो । विहिबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो…

Read More

विराटनगर । धरानमा खानेपानीको महसुल तथा विभिन्न दररेट वृद्धिविरुद्धको आन्दोलन चर्किएको छ । धरानमा क्रियाशील १० राजनीतिक दलको नेतृत्वमा आज उपमहानगर कार्यालय घेराउ गरिएको छ । कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारी उपमहानगरभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ । मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्दै पुगेका प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगर भित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले रोकेको छ । मनोमानी शुल्क बढाएको विरोधमा दलहरूले खानेपानी बोर्डको कार्यालय र काउन्टरमा लगाएको ताला खोल्न उच्च अदालतले आदेश दिएपछि उपमहानगरपालिका घेराउको कार्यक्रम राखिएको थियो । उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न आदेश दिएपछि दलहरूले बुधबार ताला…

Read More

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा हेलिकप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र विस्तृत विवरण आउन बाँकी भएको प्रहरीले बतायो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले हेलिकप्टर दुर्घटनामा परेको बताए । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको हो । उनले भने, ‘हामी त्यहाँ जादै छौं । दुर्घटना भएको भनेर जानकारी आएको छ ।’ बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको झाले बताए ।

Read More

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने बताएका छन्। सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै वाजेदले हसिनाको राजनीतिक पुनरागमन नहुने बताएका हुन्। अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको पनि वाजेदले बताएका छन्। वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत थिए। बंगलादेशमा प्रदर्शन बढ्दै गएपछि हसिनाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको उनले बताए। उनको सुरक्षाका लागि परिवारले दबाब दिएपछि देश छाडेको पनि वाजेदले बताए। ‘उनले बंगलादेशलाई परिवर्तन गरेको छ। जब उनले बंगलादेशको सत्ता हातमा लिएकी थिइन्, त्यही बेलादेखि राज्य असफल हुँदै थियो। बंगलादेश एक गरिब…

Read More

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुले सेयरधनीलाई लाभांश वितरण गर्न मिल्ने गरी नाफा कमाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले सेयरधनीलाई औषतमा ४.२१ प्रतिशतसम्म लाभांश दिनेसक्ने देखिएको हो। बैंकहरुद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार ४ वटा वाणिज्य बैंकको लाभांश क्षमताभने नकारात्मक रहेको छ। गत आवको नाफाबाट कुमारी हिमालयन एनआईसी एसिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण गर्न नसक्ने भएका हुन्। यी बैंकहरुको वितरण योग्य नाफा नकरात्मक हुँदा लाभांश क्षमता समेत १०.०५ प्रतिशतदेखि २६.२६ प्रतिशतले नकारात्मक छ। गत आवमा आर्जित मुनाफाबाट १६ वटा वाणिज्य बैंकले १.३० प्रतिशतदेखि २९.८६ प्रतिशतसम्म लाभांश वितरण क्षमता राखेका छन्। जसमा सबैभन्दा बढी एभरेष्ट बैंक…

Read More

बंगलादेशमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन उग्र बन्दै गएको छ। आइतबार एकैदिन बंगलादेशका विभिन्न जिल्लाहरूमा गरी कम्तिमा पनि ९१ जना मारिएका छन्। प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छ्न। भुतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीति विरूद्धको आन्दोलन अब सरकारविरोधी आन्दोलनमा परिणत भएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने भनेका छन्। प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै ढाकामा मात्रै होइन विभिन्न जिल्लामा ठूलो प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ। आइतबार आन्दोलित समूह र सुरक्षाकर्मीबीच विभिन्न जिल्लामा भिडन्त समेत भएको थियो। त्यसमध्ये सिराजगन्जमा…

Read More

काठमाडौं- नेपालमा सञ्चालित भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिएको छ। रिब दुई वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले भने, ‘मुख्यतः भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। १५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुन सकेको छैन।’ च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानूनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको उनले बताए। १ साउन २०८० देखि यो प्रणाली लागु भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार…

Read More